काठमाडौं: यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहन मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)का लागि मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका हुन्। रोहनले यसअघि पनि नेपालमा सम्पन्न विभिन्न प्रतियोगिता खेलेका थिए। यूएईका पूर्व कप्तान समेत रहेका ३६ वर्षीय रोहनले ओडीआई र टी–२० आईमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै आएका छन्। बायाँ हाते ब्याटर उनले ५८ टि– २० आईमा १ हजार माथि रन जोड्नुका साथै ६१ विकेट पनि लिएका छन्। एकै ओडीआईमा शतक प्रहार गर्नुका साथै ५ विकेट लिने दुर्लभ कीर्तिमान पनि उनको नाममा छ। रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिम प्रदेशमा दशैं र तिहारकाे अवधिमा जुवातास खेल्ने झण्डै ४०० जनालाई प्रहरीले पक्राउ गरेकाे छ। प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट समेत खटिएको टाेलीले प्रदेशका ६ जिल्लाबाट ३९७ जना जुवाडेलाई २९ लाख रुपैयाँ भन्दा बढी रकमसहित पक्राउ गरेकाे हो। सुदूरपश्चिचम प्रदेश प्रहरी कार्यालय धनगढीकाे तथ्यांकअनुसार सबैभन्दा धेरै कैलालीमा १८४ जना पक्राउ परेका छन्। उनीहरूकाे साथबाट ११ लाख ९ हजार रूपैयाँ नगद बरामद गरिएको छ। यस्तै, कञ्चनपुरबाट ११ लाख ९० हजारसहित एक सय ५९ जना, चार लाख ४१ हजारसहित डडेल्धुराबाट २८ जना, अछामबाट ८६ हजारसहित ९ जना, बझाङबाट ६६ हजारसहित ५ जना र डाेटीबाट १२ हजारसहित १२…
काठमाडौँ: सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजिव गुरुङ अर्थात् दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ। न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो। यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए। उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो। उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ७६ गते धरौटी राखेर उनलाई थुनामुक्त…
धनगढी: कैलालीमा लागुऔषध कारोबारको आरोपमा एक जना औषधि पसल सञ्चालक पक्राउ परेका छन्। जोशीपुर गाउँपालिका-५ घर भई वडा नम्बर ७ को रघुनाथ बहुमुखी क्याम्पस नजिकै प्रतिभा हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका ४० वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनका अनुसार चौधरीको मेडिकलबाट लागुऔषधको रूपमा प्रयोग गरिने पाँच सय स्पास्म ट्याब्लेट र एक हजार ट्याबलेट त्रिगाभा म्यूरिन बरामद गरिएको छ। चौधरीलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने भएको छ। चालु आर्थिक वर्षको विनियोजित बजेटबाट पालिकाभित्र स्थायी बसोबास गर्ने प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनरत विद्यार्थीलाई शैक्षिक ऋण दिन लागेको हो। अध्ययनमा उत्कृष्ट र अति विपन्न परिवारका विद्यार्थीलाई पाँच लाख रुपैयाँ कर्जा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकाले इच्छुक विद्यार्थीलाई आवेदन पेश गर्न आह्वान गरेको छ। पालिकाको शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका, २०८१ बमोजिम योग्यता पुगेका विद्यार्थीले आवश्यक प्रक्रिया पुर्याएर आजदेखि आगामी मंसिर २० गतेसम्म आवेदन फाराम बुझाउन सक्नेछन्। दरखास्तका साथ नागरिकताको प्रमाणित प्रतिलिपि, ऋण लिन चाहेको तहभन्दा एक तहमुनिको सम्पूर्ण शैक्षिक प्रमाणपत्र, परिवारका…
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। सहकारी ठगीको अनुसन्धानका शिलशिलामा कात्तिक २ गते पक्राउ परेका लामिछानेको यसअघि दुई पटक म्याद थप गरिसकिएको छ। यसअघि थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो। तर अदालतले १० दिनको मात्रै दिएको हो। अदालतले थपको १० दिनको म्याद कात्तिक १४ गतेदेखि गणना भएर कात्तिक २३ मा सकिनेछ। सभापति लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित…
काठमाडौं: कैलालीका सुरेशकुमार ओझा युरोपीयन मुलुक पोर्चुगलबाट सम्पर्कविहीन भएका छन्। धनगढी स्थायी घर भएका ओझा पोर्चुगलबाट सम्पर्कविहीन भएका हुन्। ओझालाई पोर्चुलगलमा एक जना एनआरएन सुरज विष्टसँग होस्टेलमा राखिएको थियो। तर, सुरेशकुमार ओझा ७ महिनाअघि नै होस्टेलबाट भागेका थिए। लामो समयदेखि सम्पर्कविहिन भएका ओझाको खोजीकार्यमा सहयोग गरिदिन एनआरएन सुरज विष्टले सबैमा आग्रह गरेका छन्।
काठमाडौं: नेपाल प्रहरीका एआईजीद्वय अवकाशप्राप्त बनेका छन्। एआईजी किरण राणा र रामदत्त जोशी अवकाशमा गएका हुन्। गत साता एआईजी राणा र आइतबार अर्का एआईजी जोशी ५६ वर्षे उमेरहदका कारण अवकाशमा (घर) गएका हुन्। उनीहरू अवकाशमा गएसँगै उक्त रिक्त पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरेको छ। अब उनीहरू मन्त्रीपरिषद निर्णयबाट नियुक्त हुनेछन् र पदस्थापन हुने छ।
बैतडीः बैतडीमा बोकाले हान्दा एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको आज (सोमवार) दिउँसो स्थानीय दोसिर भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। खर काट्न गएकी पार्वती छिमेकीको बोका खरबारीमा आएपछि धपाउने क्रममा बोकाले हान्दा लडेर करिब ५ सय मिटर तल भिरमा खसेकी थिइन्। बोकाले हानेर ५ सय मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको सोहि वडाका वडा अध्यक्ष शम्भुप्रसाद भट्टले बताए। यस्तै बैतडीमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भएर आगो लाग्दा एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–९ चौखामका ४० वर्षीय सुरेन्द्र धामी गम्भीर घाइते भएका हुन्। आइतवार बिहान स्थानीय शिक्षक समेत…
धनगढी : सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ। सोमबार धनगढीमा निर्देशक पन्तले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल र भारतका लोकप्रिय कलाकारहरूले अभिनय गरेको फरक कथावस्तुका साथ चलचित्र ह्रस्व दीर्घ प्रदर्शनमा आउन लागेको बताए। ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको चलचित्र नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली,हिन्दी र अन्य भाषामा पनि प्रदर्शन हुने निर्देशक पन्तले जानकारी गराएका हुन्। अभिनेता तथा नेपाली चलचित्र इतिहासमै फरक कथावस्तु समेटेर तयार गरिएको चलचित्रले नेपाली समाजको वास्तविकता झल्काउने निर्देशक पन्तको भनाई छ। अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्ममार्फत् फेरि…