धनगढी : कैलालीमा साढे चार किलो चरेससहित एक जना पक्राउ परेका छन् । शनिबार धनगढी उपमहानगरपालिका ८, क्याम्पस चोकनजिकबाट साढे चार किलो चरेससहित बझाङको केदारस्युँ गाउँपालिका ७ का ४२ वर्षीय जनक धामी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोली धामीलाई पक्राउ गरेको हो । धामी सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा रहेको साढे चार किलो चरेस र उनको साथबाट नगद ७५ हजर बरामद गरिएको छ । धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको भइरहेको डीएसपी…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: ३० वर्षे सेवाहदसम्बन्धि भदौ ६ गतेको अन्तरिम आदेश खारेज भएसँगै शनिबारदेखि नेपाल प्रहरीका करिब एक सय अधिकृतले अवकाश पाउने भएका छन्। शुक्रबार सर्वोच्च न्यायाधीशद्वय विनोद शर्मा र शारङगा सुवेदीको इजलाशले यसअघिको अन्तरिम आदेश खारेज गरेको हो। न्यायधीश हरि फुयालको इजलाशले सेवाहदबाट तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएकोमा त्यसविरुद्ध सरकारले पुनरावलोकन गरेको हो। शुक्रबारको फैसलासँगै डिआइजीसहितका अधिकारीले अवकाश पाउने निश्चित भएको हो । क–कसले अवकाश पाउँदैछन् ? डिआइजीः विष्णु कुमार केसी एसएसपीहरुः जीवन कुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रवि कुमार पौडेल, वीर बहादुर ओली, चन्द्रदेव राई, रबिन्द्र रेग्मी। एसपीहरुः कृष्ण…
काठमाडौं: सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिसम्बन्धी विवादमा यसअघि दिएको अन्तरिम आदेश उल्टाइदिएको छ। सरकारले दायर गरेको भ्याकेट निवेदनमाथि सुुनुवाई गर्दै न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासले यसअघिको अन्तरिम आदेश उल्टाएर सरकारको मागबमोजिम हुने आदेश गरेको हो। सरकारको तर्फबाट गृहसचिवले अन्तरिम आदेश बदरका लागि दायर गरेको निवेदनमाथि शीघ्र सुनुवाईका लागि हिजो न्यायाधीश नहकुल सुवेदी र विनोद शर्माको इजलासले आदेश दिएपछि आज इजलास नम्बर १० मा पेसीमा चढेको थियो। यसअघि विभिन्न दर्जाका २१ जना प्रहरी अधिकारीले दायर गरेको रिटमा भदौ ६ गते सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सरकार भ्याकेटमा…
बाजुरा : नेकपा एमाले बाजुराले पार्टी कमिटीको कार्यविभाजन गरेको छ । मार्तडीमा बसेको बैठकले ६ वटा विभाग, जनसंगठन मोर्चा र वडा कमिटीको जिम्मेवारी बारे नेताहरुको कार्यविभाजन गरेको हो । पार्टी पदाधिकारीबीचको छलफलबाट तय गरिएको कार्यविभाजनको खाका जिल्ला कमिटीले अनुमोदन गरेको छ । पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले तीन वर्षे योजना सहीत बार्षिक कार्ययोजना पारित गरेको छ । भने ६९ वटा वडा र विभागको कार्यजिम्मेवारीको विभाजन गरिएको सचिव काशी विकले जानकारी दिएका छन् । बैठकले संगठन विभाग प्रमुखमा अमर खड्का, स्कुल विभाग प्रमुखमा जनक कुमार बोहरा, आर्थिक विभाग प्रमुखमा काशी विक, स्थानीय तह समन्वय विभागमा रामबहादुर बानीया प्रचार विभागमा…
धनगढी : बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया खुडकी ऐरीको भिरबाट लडेर मृत्यु भएको हो । आज (शुक्रबार) घाँस काटने क्रममा भिरबाट लडेर ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटिएर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस्तै कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दोधारा–चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित सडक छेउमा एक जना मृत अवस्थामा फेला परेका हुन् । कञ्चभोजका २६ वर्षीय अर्जुन सुनार आज (शुक्रबार) मृत…
काठमाडौँ : भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था समितिको बैठकबाट शुक्रबार उक्त हदम्यादको प्रावधान हटाउने निर्णय भएको हो। बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्यादसम्बन्धी प्रावधान नराख्न सरकार तयार रहेको जानकारी गराएका थिए। लगत्तै भएको छलफलका क्रममा सांसदहरुले पनि हदम्याद राख्ने विषय उचित नभएको र हटाउनुपर्ने बताए। त्यसपछि समितिका सभापति खतिवडाले उक्त व्यवस्था हटाउने प्रस्ताव प्रस्तुत गरेका थिए। जुन प्रस्ताव समितिबाट पारित भएको छ। भ्रष्टाचारको हदम्यादसम्बन्धी प्रस्ताव राखेकोमा चौतर्फी विरोध भइरहेको थियो। प्रमुख प्रतिपक्षी दलका सांसदहरूले पटकपटक प्रश्न उठाएका थिए।
धनगढी : धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले शुल्क तिर्न ढिलाई भएपछि विद्यार्थीलाई कक्षाबाटै लखेट्ने गरेको छ । समाजिक सञ्जालमा आचाकाली प्रचार गरेर विद्यार्थी बटुल्ने एसपीएले शुल्क तिर्न ढिलाई गरे कक्षाबाटै लखेट्ने गरेको घटना बाहिरिएको हो । शुक्रबार मात्रै एसपीए कलेजले स्नातक बीएचएम दोस्रो सेमिस्टरमा अध्ययनरत तीन विद्यार्थीलाई कक्षाबाट निकालेको छ । उनीहरुले समयमै शुल्क तिर्न नसकेको कारण एसपीए कक्षाबाट निकालेको हो । ‘दोस्रो सेमिस्टरको प्रयोगात्मक कक्षा भइरहेको थियो। कलेजमा अध्ययनरत एक विद्यार्थीले भनिन् ‘पैसा नतिर्नेहरू बाहिर जानू भन्दै हामीलाई सरले कक्षाबाट निकालिदिनु भयो, पहिलो सेमिस्टरमा दुई लाख बुझाउनुपर्ने थियो, दोस्रो सेमिस्टरको शुल्क एक लाख ३० हजार हो। तर पैसा नबुझाउँदा…
काठमाडौँ: प्रहरी र सशस्त्रको सरुवा स्वाभाविक भएको बताउँदै गृहमन्त्री रमेश लेखकले त्यसमा आफ्नो ध्यान नभएको दाबी गरेका छन्। शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै लेखकले भने, ‘सरुवाको नाममा अवाञ्छित काम गरिने छैन, सरुवा हिजो हुन्थ्यो भोली पनि हुन्छ।’ सुरक्षा निकायलाई सक्षम बनाउने कानुन निर्माणमा आफ्नो ध्यान भएको उल्लेख गर्दै उनले भने, ‘सरुवामा मेरो ध्यान छैन।’ भदौ ६ मा सर्वोच्च अदालतले ‘३० वर्षे सेवा अवधि लागू नगर्न अन्तरिम आदेश’ गरेको विषय सैद्धान्तिक रूपले मेल नखाएको लेखकले बताए। उनले भने, ‘सैद्धान्तिक रूपमा मेल नखाएको लागेर भ्याकेट निवेदन दर्ता गराएका हौँ।’ यस्तै लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका…
धनगढी: बैतडीमा गौरा पर्वको मेलामा दुईपक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा दोगडाकेदार गाउँपालिका-४ श्रीकेदार घर भइ नेपाली सेनाको गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना रहेका छन्। बिहिवार दोगडाकेदार गाउँपालिका–४ लटैनाथ मन्दिरमा लागेको गौरा पर्वको मेलामा झडप भएकाे थियाे। झडपमा परेर बिष्टको टाउकोमा चोट लागेको छ। उनको टाउको ११ टाँका लागेको वडाध्यक्ष तर्कराज भट्टले बताए। यस्तै सुरजको मुखमा चोट लागेको छ। दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी पठाइएकाे वडा अध्यक्ष भट्टले जानकारी दिए। घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ…
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त भएलगत्तै सो पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन पनि बर्खास्त भएका छन्। रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जानकारी गराएका हुन्। उनलाई बिहीबार पदमुक्त गरिएको हो। बाहुनले नेतृत्वलाई असफल बनाउन भूमिका खेलेको भन्दै पदमुक्त गरिएको सभापति विष्टले जानकारी दिए। ‘यहाँले पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई असहज : असफल बनाउने विविध क्रियाकलापहरू गर्नु भएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८…