तेह्रथुम – जिल्ला प्रशासन कार्यालय तेह्रथुमले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । सार्वजानिक सूचना जारी गर्दै जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएकाे हाे । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको बताए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैतभित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरिएकाे छ । गृहमन्त्री बालकृष्ण खाणकाे अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयानुसार तोकिएको समय अनुसार हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही हुने…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – इजरायलमा फेरि अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ। तेल अभिभमा मङ्गलवार गोली काण्ड भएको हो। हप्ता दिनभित्र इजरायलमा तेस्रो पटक अन्धाधुन्ध गोली काण्ड भएको हो। अति–रूढिवादी यहुदीहरूको बसोबास रहेको तेल अभिभको बेनी ब्राकमा गोली काण्ड भएको हो। जहाँ प्रहरीले प्रहार गरेको गोली लागेर ५ बन्दुकधारीको मृत्यु भएको छ। यसअघि इजरायली अरब समूहले मङ्गलवार र आइतबार गरेको आक्रमणबाट ६ जनाको ज्यान गएको थियो। बन्दुकधारीले आफ्नो अटोमेटिक हतियार निकालेर सर्वसाधारणमाथि गोली हानेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनापछि तेल अभिभको सुरक्षा व्यवस्था कडा पारिएको छ।
काठमाडौं-त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ।शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो। पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ। नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ। पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो। तालिकामा दुबै टोलीको दुई अंक छ।
काठमाडौं-निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि स्थापना गरेको ‘कल सेन्टर’ मङ्गलवारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ। चुनावका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न यो कल सेन्टर सञ्चालनमा ल्याइएको हो। विगतमा ११ अंक नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अंकको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनालाई खटाइएको छ । आउँदो स्थानीय तहको चुनावसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ। निःशुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत…
काठमाडौं-राजधानी काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा फाटफुट वर्षा भइरहेको छ। ‘धादिङ सोलुखुम्बु, काठमाडौंतिर पनि वर्षा भइरहेको छ’, मौसमविद् मानन्धरले बुधबार बिहान नेपालखबरसँग भनिन्। तर वर्षा एकदमै सीमित स्थानमा हल्का, फाटफुट मात्र भइरहेको उनले बताइन्। ‘आज दिनैभरि मौसम बदली हुने र यस्तै क्षणिक, हल्का खालको वर्षा हुन सम्भावना छ’, उनले भनिन्। तर ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको उनले बताइन्। मौसमविद् मानन्धरका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज दिनभर मौसम बदली हुने र देशका बाँकी स्थानमा सामान्यतया मौसम…
काठमाडौं-बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीको कुल सार्वजनिक निष्कासनमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ। बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गतेसम्म भर्न सकिनेछ। न्यूनतम १०…
बागलुङ -बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो। दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष थिए। दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको थियो।
काठमाडौं-प्रहरीले बैकिङ कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४० लाख जरिवाना गरेपछि फरार रहेका स्याङ्जाको आधिखोला गाउँपालिका–४ का ५२ वर्षीय काजी गुरुङलाई सोमबार सामाखुशीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ फागुन १ गतेको फैसलाअनुसार ६ दिन कैद सजाय र रु ४० लाख जरिवाना गरेपछि फरार गुरुङलाई पक्राउ गरिएको जानकारी दिए पक्राउ गुरुङले एभरेष्ट बैंक लिमिटेड गोङ्गबु शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै चेक दिएर बंैकिङ कसुरजन्य अपराध गरेका थिए। अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४…
काठमाडौं-कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए। गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको हो। गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ। पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ। बैठकका निर्णयहरू १. नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २४ (२) बमोजिम २०७८ फाल्गुण ३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय…
काठमाडाैं – युनेस्कोको आयोजनामा फ्रान्सको पेरिसमा हालै सम्पन्न उच्चस्तरीय नीति सम्मेलनमा नेपाली युवा अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त भएको छ । कोभिड–१९ महामारीले युवामा पारेको असरबारे नेपाली युवा अनुसन्धानकर्ता आर्या मानन्धरले विभिन्न मुलुकका मन्त्रीहरु बीच अध्ययनबारे प्रस्तुतीकरण दिँदै कोरोनाको प्रभाव कम गर्न दृष्टिकोण आदानप्रदान गर्ने अवसर प्रदान तथा स्रोतमा पहुँच पुर्याउनुका साथै मनोसामाजिक परामर्शको आवश्यकतामा जोड दिएकी छन् । अनुसन्धानमा दक्षिण एसियाका अन्य अनुसन्धानकर्ता रहे पनि युनेस्कोले प्रस्तुतीकरणमा नेपाली अनुसन्धानकर्ता मानन्धरलाई क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता गराएको थियो । उनले भनिन्, ‘दक्षिण एसियाको प्रतिनिधित्व गरेर सहभागी हुनु नेपालीकै लागि गर्वको कुरा हो, अझ विभिन्न मञ्चमा मन्त्रीहरूको भाषण…