Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस आजको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो। आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।

Read More

अछामः चट्याङ लागेर अछाममा एक बालक घाईते भएका छन्। जिल्लाको कमलबजार नगरपालिका-९  मष्टाबण्डाली  बिष्णुप्रशाद जैशीको घरमा चट्याङ लागेर उनकै ११ वर्षीय छोरा नारायण जैशी घाइते भएका छन्। उनको स्थानिय मष्टाबण्डाली स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।   चट्याङ लागेर घर गोठमा बाधेका १ ओटा भैसी २ ओटा बाख्रासमेत मरेका छन्। २ ओटा बाख्रा घाईते भएका छन्। आइतवार राति १०ः४५ बजेको समयमा जैशीको घरमा चट्याङ लागेको अछाम प्रहरीले जनाएको छ।

Read More

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारवाहीको सिफारिस गरिएको छ । एउटा सरकारी निकायले भण्डारीसमाथि गुपचुप कारवाहीको सिफारिससहितको प्रतिवेदन अख्तियारलाई बुझाएको छ ।  सम्पत्ति विवरण नबुझाएको भन्दै प्रधानमन्त्रीको सोझै मातहत रहने राष्ट्रिय सतर्कता केन्द्रले यस्तो सिफारिश गरेको हो । सार्वजनिक पदमा रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१) बमोजिम पद धारण गरेको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र कानुनबमोजिम सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको र तोकिएको म्यादभित्र विवरण पेश नगर्ने व्यक्तिलाई भ्रष्टाचार निवारण ऐनको दफा ५०(३) अनुसार पाँच हजारसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ । शीतलनिवासका…

Read More

काठमाडौँ : आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ ।   त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक १२: १५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।

Read More

काठमाडौंः आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छन्। प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो। बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ। व्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ। ‘विद्युतीय माध्यममा गैरकानुनी कुरा प्रकाशन गर्ने’ शीर्षकको यो दफामा विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता अनि शिष्टाचारविरुद्धका, कसैप्रति घृणा वा द्वेष फैलाउने, जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्रीहरू प्रकाशन–प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्ष कैद वा दुवै…

Read More

काठमाडौँ : सर्वोच्च अदालतले पनि पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतकै फैसला सदर हुने निर्णय सुनाएको छ। सावित्रीलाई विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले ०६९ मंसिर १२ गते भ्रष्टाचारमा दोषी ठहर गरेको थियो। विशेष अदालतले पूर्वसहसचिव राजभण्डारीलाई भ्रष्टाचारी ठहर गर्दै १ वर्ष कैद सजाय सुनाएको थियो। साथै २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ बिगो र त्यति नै जरिवाना असुल हुने फैसला विशेषले गरेको थियो। २०२२ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी राजभण्डारी अवकाश पाउने समयमा भौतिक योजना तथा…

Read More

काठमाडौं : दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आत्मसमर्पण गरेका छन् । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि आइतबार दिल्लीको तिहाड जेल पुगेर उनले आत्मसमर्पण गरेका हुन् । ‘चुनाव लोकतन्त्रको जग हो। लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत दिएको थियो। अदालत र संविधानको सम्मान गर्दै केजरीवालले निर्धारित मितिमा आत्मसमर्पण गर्नु भएको छ,’ दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भनिन् । दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो ।

Read More

काठमाडौं: नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी नायव महानिरीक्षक कार्कीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत रहँदा समेत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए।

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित एक क्यासिनोबाट जितेर लगेको रकम भारतीय प्रहरीले जफत गरेको छ। हिजो (शनिबार) बेलुका महेन्द्रनगरबाट गएका २ जनालाई रकमसहित समातेको हो। भारतीय प्रहरीले ६४ हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ। प्रहरीले नाका नजिकैको क्षेत्रमा बाजपुर उधम सिंह नगर नं २ का रुपेश कुमार जिन्दलका छोरा अशोक कुमार जिन्दल र विपिन कुमारका छोरा हंसराजबाट उक्त रकम जफत गरेको जनाएको छ। महेन्द्रनगरमा ओपेरा र डायमण्ड होटलको गरी २ क्यासिनो छन्।

Read More

काठमाडौं : सिक्किमको राज्यस्तरीय चुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)को शानदार विजय भएको छ । भारतीय अखबार हिन्दूका अनुसार ३२ सीट भएको सिक्किमको विधानसभामा प्रेमसिंह तामाङ गोलेको दल एक्लैले ३१ सीट ल्याएको छ । सिक्किममात्रै होइन भारतभरका राज्यहरुमा सबैभन्दा लामो समय २५ वर्ष मुख्यमन्त्री भएका पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)को पार्टीले भने एक सीटमात्रै जितेको छ । सन् २०१९ को चुनावमा १७ सीट ल्याएर सामान्य बहुमत ल्याएको गोलेको दल एसकेएमले यो चुनावमा भव्य जनमत पाएर सत्ता जोगाएको छ । पवन चाम्लिङको दल एक सीट भएको प्रतिपक्षीको रुपमा अहिलेसम्मकै सबैभन्दा सानो आकारमा आएको छ । सन् २०२३ नोभेम्बरमा चर्चित सिक्किमे…

Read More