तम्घास: गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् ।साेमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन् । उनीहरु सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आएका थिए । न्यायाधीशले हिजाे आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए । कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छभने दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताए । हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आंशिकदेखि…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्नेछ। बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल हुने उनले बताए। गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदैकांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ। अघिल्लो अधिवेशनमा सदनमा अवरोध गर्दै आएको उसले समिति नबने बजेट यो अधिवेशन पनि चल्न नदिने बताएको छ। यही सेरोफेरोमा आगामी रणनीति तय गर्न संसदीय दलको बैठक…
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुदूरपश्चिमकै पहिलो एपीएफ स्कुलको उद्घाटन गरेका छन्। आज (सोमबार) एक कार्यक्रमका बीच अर्यालले कञ्चनपुरको झलारीस्थित उक्त स्कुलको विधिवत रुपमा उद्घाटन गरेका हुन्। हालै सशस्त्र प्रहरीले नेपालकै कान्छो स्कुलको रुपमा शुक्लाफाँटा नगरपालिका–५ मा उक्त स्कुल सञ्चालनमा ल्याएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले स्कुलको उद्घाटन गर्दै सो स्कुलले एपीएफ र सर्वसाधारणसमेतका विद्यार्थीलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिए। उनले सेवामूलक भावले कञ्चनपुरमा पहिलोपटक एपीएफ स्कुल सञ्चालनमा आएको बताए। उनले भने, ‘यो स्कुलले गुणस्तरीय शिक्षाको पहुँचलाई सुनिश्चित हुने विश्वास लिएको छुँ। हामी मुलुकको माटो सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीलाई अनुशरण गर्दै रोजगारमुलक,…
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनले जग्गा नामसारी गर्ने गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
डडेल्धुरा : डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते भएका छन्। आज (सोमबार) बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। स्थानीय बिष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ।
कञ्चनपुर : कञ्चनपुरमा जग्गा अतिक्रमण मुद्धामा फरार रहेकी एक महिला पक्राउ परेकी छन्। जिल्लाको बेदकोट नगरपालिका– ७ की ३० वर्षीया भागरथी विष्ट सोमवार पक्राउ परेकी हुन्। उनलाई अदालतले जग्गा अतिक्रमण मुद्दामा ३ हजार जरिवाना तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेकी विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै कुटपिट मुद्दाका अर्का फरार दोषी पक्राउ परेका छन्। बेलडाँडी गाउँपालिका–३ खैरीघाटबाट गणेश पौडेल पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा यही बैशाख १४ गते दोषी ठहर गरेको थियो। र उनी फरार भएका थिए। इलाका प्रहरी कार्यालय बेल्डाडीले सोमबार नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइएकोमा अदालतले पौडेललाइ कारागार चलान गरेको…
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०र८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनले यस्तो बताएका हुन् । आईजीपी कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए । वार्षिक लक्ष्य हासिल गर्न कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेकोमा उनले जोड दिए । कार्ययोजनाअन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउदै उनले वार्षिक लक्ष्यअनुसार मातहत…
धनगढी : धनगढी विमानस्थलमा कुकुर पसेपछि काठमाडौंबाट उडेको जहाज ढिला अवतरण भएको छ। गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको टोली सवार जहाज ढिलोगरी अवतरण भएको हो। करिव ७ बजेको समयमा विमानस्थलको रनवेमा कुकुर पसेपछि जहाज ढिलोगरी अवतरण गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सो जहाजले करिब ७ मिनेट आकाशमा फन्को मारेको थियो। सो जहाजमा नेपाल प्रहरीका प्रमुख आइजीपी वसन्त बहादुर कुँवर, नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका आइजीपी हुतराज थापासमेतको टोली सुदूरपश्चिम आएको थियो। सो टोली आज धनगढीस्थित एक होटलमा बसेको र भोलि सुदूर पहाडको भ्रमणमा निस्किने जनाइएको छ। यस अगाडि सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्याल भने हिजै…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयका मातहातमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले अध्ययन, असाधारण, घर बिदा , बिरामी बिदा, भैपरी आउने र पर्वजस्ता बिदा लिएर निजी तथा गैरसरकारी संस्था काम गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि मन्त्रालयले कारबाही थालेको हो । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पाताल र केन्द्रलाई निर्देशन जारी गर्दै गैरजिम्मेवारीपूर्ण काम गर्ने जो–कोहीलाई कानुन बमोजिम हैदसम्म कारबाही गरिने चेतावनी दिएका छन् । ‘केही कर्मचारीले विदेशमा समेत गएर काम गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय…