Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयाघातको कारण नर्भिक अस्पताल पुर्याइएका उनको उपचारक्रममा हिजो साँझ देहावसान भएको हो। २०६५ माघ ९ देखि २०७० चैत ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीश रहेका उनी न्याय क्षेत्रका थोरै इमान्दार र कर्मठमध्येमा पर्दछन्। सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहेको बेला  वस्ती कानुनी सल्लाहकार थिए। सर्वोच्चमा छोटो समय रहँदा पनि छिटो र सबैभन्दा धेरै मुद्दा छिनोफानो गर्ने न्यायाधीशको रुपमा चर्चित थिए। प्रधानन्यायाधीश हुने प्रष्ट रोलक्रमका उनलाई अस्थायी न्यायाधीशकै म्याद नथपेर घर पठाई गोपाल पराजुली र चोलेन्द्र समशेरहरुलाई रोलक्रममा चढाइएको थियो। मृतक वस्तीका छोरा विदेशमा रहेकाले भोलि मात्रै पशुपति आर्यघाटमा दाहसंस्कार…

Read More

अछाम: निर्माण सुरु भएको तीन दशकपछि अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान हुँदै छ। आज दिउसो ११ बजे तारा एयरको जहाज कमलबजार विमानस्थलमा परीक्षण उडान गर्ने भएको हो।  परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायतको टोली काठमाडौंबाट नेपालगन्ज उडेको छ। परीक्षण उडानका लागी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक बाबुराम पौडेल पनि आउने बताइएको छ। निर्माण सुरु भएको लामो समय सम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान हुन लागेको हो। २०४९ सालदेखि कमलबजार विमानस्थलको निर्माण सुरु भएको थियो। निर्माण सम्पन्न भएर सञ्चालनको तयारी हुँदा तत्कालीन माओवादीले…

Read More

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना भयो। दुर्घटनामा बाजुराका एक स्वास्थ्यकर्मीले अकालमै ज्यन गुमाए। उनी बाजुराबाट सेवाकालिन तालिमको सिलसिलामा धनगढी झरेका थिए। तर तालिमकै दौरान धनगढीमा दुर्घटना भयो र उनी अकालमै बिते। धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै बिहीबार ६ लेन सडकखण्डमा दुर्घटना भएको थियो। सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिदा बाजुराको बडिमालिका नगरपालिका–७ का ३० वर्षीय धर्म खत्रीको मृत्यु भएको हो। खत्री सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकलमा सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए। गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको…

Read More

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवन्ध शाखामा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंमाथि गोली प्रहार गरेपछि घाइते भएकोमा कोहलपुर पठाइएको छ। शुक्रबार साँझ शाखामा कोही नभएको समयमा उनले सरकारी पेस्तोल प्रयोग गरी आफैंलाई गोली हानेका थिए। गोली निधारको साइडबाट छिरेर हड्डीमा अड्किएको बताइएको छ। प्रारम्भिक उपचारका लागि उनलाई धनगढीस्थित नवजिवन अस्पताल लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ। कञ्चनपुर प्रहरीका अनुसार जवान न्यौपानेले किन यस्तो कदम उठाए भन्नेबारे अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक जानकारीअनुसार घटना भएको समयमा शाखामा कोही पनि थिएनन्। गोली लागेर उनको निधारभित्र रगत जमेको छ भने अवस्था चिन्ताजनक छ।…

Read More

महेन्द्रनगर: कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंलाई गोली हानी गम्भीर घाइते भएका छन्। शुक्रबार बेलुकी साढे ६ बजे कार्यालयको हतियार राख्ने कोठाभित्र उनले पेस्तोल प्रयोग गरी आफूमाथि गोली चलाएका थिए। प्रहरीका अनुसार, गोली उनको निधारमा लागेको छ। घाइते न्यौपानेलाई तत्काल महाकाली अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि अहिले धनगढी रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार, न्यौपाने फाइरिङ तालिममा संलग्न थिए। हातहतियार मिलाउने र रेकर्ड राख्ने जिम्मा उनीमाथि थियो। घटना कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। न्यौपाने अछाम जिल्लाका स्थायी बासिन्दा…

Read More

धनगढी: कञ्चनपुरमा एक प्रहरीले आफैंले आफैंलाई बन्दुकको गोली हानेर घाइते भएका छन्। आज शुक्रबार जिल्ला प्रहरी कार्यालयको प्रवन्ध शाखामा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैंलाई गोली हानेर घाइते भएका हुन्। गोली लागेपछि गम्भीर घाइते भएका न्यौपानेलाई अहिले तत्कालै महाकाली अस्पतालमा उपचारका लागि लगिएको डीएसपी उमेशराज जोशीले जानकारी दिए। उनका अनुसार अहिले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। आज प्रहरी कार्यालयमा फायरिङ तालिम संचालन गरिएको थियो। ती गोली हान्ने जवान प्रवन्ध शाखामा हतियार मिलाउने, सफा गर्ने र रेकर्ड राख्ने जिम्मेवारीमा थिए। उनले हतियार राख्ने क्रममा एक्लै भएका बेला आफैंले आफैंलाई टाउकोमा पेस्तोलको गोली हानेको बुझिएको छ। अहिले घटना कसरी र…

Read More

धनगढी: राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सुदूरपश्चिमकी छात्रा आयुषा खडायत प्रथम भएकी छिन्। काठमाडाैंमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा आयुषा खडायत प्रथम भएकी हुन्। बाल विकास एनसिएमएएस प्राइभेट लिमिटेडले आयोजना गरेको प्रतियोगितामा शैल्यशिखर नगरपालिका–१, दार्चुलाकी खडायत प्रथम भएको आयोजकले जनाएको छ। देशभरबाट पाँच हजारभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भएको आयोजकले घोषणा गर्दै बिहीबार काठमाडौंमा पुरस्कार वितरण गरेको हो। आयुषा महेन्द्रनगरस्थित सार्क एजुकेसनको कक्षा ९ मा अध्ययनरत छिन्।

Read More

टीकापुर: निर्माण सामग्री अभावमा  सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लिन सकेको छैन। आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन्। नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ। जानकी गाउँपालिकाले ठेक्का लगाएको भए पनि पर्याप्त सामग्री नपाइएको निर्माण व्यवसायीको गुनासो छ। नदीजन्य पदार्थ नपाउँदा क्रसर उद्योग पनि प्रभावित भएका छन्। हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक निर्भय रिजालले मूल्य बढेका कारण सिमेन्ट र सरिया पाउन समस्या छ भने अर्कोतर्फ नदीजन्य पदार्थ रकम दिँदा पनि समयमै पाउन नसकिएको बताए। उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिन हुने बताए।  “नदीजन्य पदार्थका सवालमा सरकारले सहजीकरण गरिदिनुपर्छ,…

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली नेतृत्वको सरकार फेर्न नेपाली कांग्रेसका नेताहरुले प्रस्ताव ल्याइरहेको खुलासा गरेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिकामा पार्टीको अधिवेशन उद्घाटन गर्दै उनले सरकारप्रति जनतामा घृणा बढ्दै गएकाले कांग्रेस नेताहरुले विकल्पमा प्रस्ताव ल्याएको बताएका हुन्। एमालेका नेताहरु पनि माओवादीसँग सहकार्यका लागि छलफलमा रहेको पुनले दावी गरे।   ‘एमालेका नेताहरु आएर बीआरआई पनि भयो अव कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ’, उनले भने, ‘कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ।’ तर, माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने पुनले…

Read More

धनगढी: परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा आज कैलालीको धनगढी पुगेकी छन्। डा. राणा देउवा कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यासका लागि आज धनगढी पुगेकी हुन्। झण्डै सात अर्ब खर्च अनुमान गरिएको उक्त केबलकारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको मुख्य लगानी छ। ढकालले यसअघि काठमाडौंको चन्द्रागिरी, गैंडाकोट र बुटवलमा केबलकार सञ्चालनमा ल्याइसकेका छन्। चिसापानीको परियोजनामा भने जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको पनि लगानी रहेको बताइन्छ। परियोजना एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस्तै आजै नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल पनि आज सुदूरपश्चिम पुगेको खबर छ।…

Read More