धनगढी: कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ। बिहीबार दिउँसो दिउँसो करिब १ बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै गम्भीर अवस्थामा उनी फेला परेका थिए। सल्फास नामक विषादीको खाली डब्बा र एउटा डायरी सँगै रहेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो। घरबाट करिब ९ः३० बजे निस्किएका शाहले केही व्यक्तिलाई ‘अब यो संसारमा म रहन्न’ भनेका थिए। ती व्यक्तिले नै प्रहरीलाई उनी जङ्गलतर्फ लागेको सूचना दिए। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसतर्फ गएको थियो। ‘सूचना पाएलगत्तै हामी त्यहाँ लाग्यौँ,’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले भने,…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ परेका छन्। त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन्। एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन्। खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन्। बढुवा सूचीको चौथो नम्बरमा रहेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रिय…
धनगढी: चर्को आलोचना र विरोध भएपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले कानुन विपरीत प्रयोग गर्दैै आएको सरकारी गाडी फिर्ता गरेका छन्। पूर्वमुख्यमन्त्री समेत रहेका रावलले बुधबार आफूले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकारलाई नै फिर्ता गरेको बताएका हुन्। उनी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ०१–००१ झ ३१८ नम्बरको उक्त गाडी प्रयोग गरिरहेका थिए। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ मा मुख्यमन्त्रीलाई दुई, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री एक/एकवटा सवारीसाधन उपलब्ध गराउने व्यवस्था छ। यस्तै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी पहिलो संशोधन ऐन २०७९ मा सभामुख, उपसभामुख, विषयगत समितिका सभापति,…
काठमाडौं: सिरियामा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाका २८ सैनिक पक्राउ परेका छन्। उनीहरूलाई स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिइ सैनिक प्रहरीमार्फत विभिन्न ब्यारेकमा थुनिएको छ। २०७ जनाको टोली (डफ्फा) मध्ये २८ जना सैनिकलाई गत मंसिर २२ गते सिरियामा भएको हतियार लुटिएको घटनामा संलग्न देखिएको भन्दै सेनाले अनुशासन उल्लंघनको आरोपमा कोर्ट मार्शलको प्रक्रिया थालेको हो। पक्राउ पर्नेमा क्याप्टेन आर्यजुन श्रेष्ठ र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) दिनेशकुमार खड्का पनि छन्। सिरियास्थित हदार क्षेत्रमा रहेको ‘१० ए’ नामक सुरक्षापोष्टमा मंसिर २२ गते साँझ हायात तहरिर अल साम नामक विद्रोही समूहले आक्रमण गरी ४८ थान एम-१६ र ११ हजार गोली लुटेको…
धनगढी: दार्चुलाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी पाएका अनिल पौडेल सीमावर्ती क्षेत्रमा भारतीय पक्षबाट भइरहेको तटबन्ध निर्माणको चुनौतीसँगै कार्यभार सम्हाल्न पुगेका छन्। गृह मन्त्रालयको सरुवापछि पौडेलले चैत २८ गतेदेखि दार्चुलाको जिम्मेवारी सम्हालेका हुन्। दार्चुला सदरमुकाम नपुग्दै पौडेल ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको अतिथिगृहमा बसेका थिए। त्यसको भोलिपल्ट गल्फ क्षेत्रको महाकाली पारि भारतले गरिरहेको तटबन्ध निर्माणको विषय सार्वजनिक भयो। यसअघि नै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढका डीएम र धारचुलाका एसडीएमलाई पत्राचार गरी तटबन्ध निर्माण रोक्न आग्रह गरिसकेको थियो। तर, नेपाली पक्षको आग्रहलाई भारतले बेवास्ता गरेको छ। प्रजिअ पौडेललाई कार्यभार सम्हाल्ने दिन बिहानै सहायक सिडिओ मोहनसिंह धामी र सुरक्षा…
धनगढी: सुदूरपश्चिम विश्वविद्यालयमा कार्यकाल सकिनै लागेका रजिष्ट्रार यज्ञराज पाठकले जथाभावी गर्न खोजेको भन्दै तालाबन्दी गरिएको छ। कार्यकाल सकिन केही घण्टा बाँकी रहेका बेला रजिष्ट्रार पाठकले कानुन विपरीत समयमै निर्माण कार्य नसक्ने निर्माण व्यवसायीलाई गैरकानुनी रुपमा पूर्ण भुक्तानी दिएर पदको दुरुपयोग गरेको आरोप छ। सोही आरोप लगाउँदै अनेरास्ववियु, राप्रवि संघ र अखिल क्रान्तिकारी बहुमतले विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।
धनगढी: अछाममा १२ वर्षीया बलात्कृत बालिकाले छोरी जन्माएकी छिन्। जिल्लाको चौरपाटीकी १२ वर्षीया बालिकाले छोरी जन्माएकी हुन् । भारतको सुरतमा एकै घरको अर्को कोठामा बस्ने मामा पर्ने पुरुषले आफूलाई पटकपटक बलात्कार गरेको ती बालिकाले प्रहरीलाई बयान दिएकी थिइन्। बालिका सुरतमा मजदुरी गरिरहेका बाबुआमासँग बस्थिन्। बालिकाको भनाइका आधारमा ४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो। आरोपित भारतमा भएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ।
धनगढी: धनगढीमा एसईई परीक्षाका बेला शिक्षकले गोप्य अंग छोएको भन्दै प्रहरीमा उजुरी परेको छ। परीक्षामा चिट चेकिङको बाहाना बनाएर धनगढीको पञ्चोदय माध्यमिक विद्यालय केन्द्रमा आफूसहित अन्य केटी साथीहरुको गोप्य अंग छोएर यौन दुव्र्यवहार गरेको भन्दै एक किशोरीले उजुरी दिएकी हुन्। किशोरीले अनलाइनमार्फत प्रहरी प्रधान कार्यालयमा उजुरी गरेकोमा बुुधबार मात्र कैलाली प्रहरीसम्म उक्त उजुरी आइपुगेको छ। जिल्ला प्रहरी कार्यालयले उक्त उजुरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। प्रहरीले विद्यालयका शिक्षक र एसईईका बेला उक्त परीक्षा केन्द्रमा खटिएकाहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ।
धनगढी: कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या घटनामा नयाँ ट्वीस्ट आएको छ। हिजोसम्म अभियुक्त भनेकालाई छोडेर प्रहरीले नयाँ सक्कली अभियुक्तलाई समातेको जनाएको हो। डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनीको हत्यामा संलग्न भएको आरोपमा हिजोमात्र हेमन्त बोहरा नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि बोहराले हत्या स्वीकार गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार बोहरा कैनीसँगै सडकपेटीमा बस्दै आएका थिए। यस अगाडि कैनीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माओवादीका पूर्व लडाकु समेत रहेका लामा थरमा पुरुषसहित तीन जना सडक पेटीमा बस्दै आएकाहरुलाई पक्राउ गरेको थियो। उनीहरु मध्ये शारीरीक अपांगता समेत रहेका लामाले आफूले कैनीको हत्या…
धनगढी: सुदूरपश्चिम प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले आगलागीबाट क्षतिग्रस्त अछामकाे जयगढ बजारका संरचनाकाे निरीक्षण गरेका छन्। जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित मन्त्री पाल बुधबार आगलागीबाट क्षतिग्रस्त बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजार पुगेका थिए। त्यहाँ क्षतिग्रस्त संरचनाको निरीक्षण र प्रभावितहरूसँग भेटेका मन्त्री पालले पहिलो चरणमा प्रदेश सरकारले राहत स्वरूप ५० लाख दिने निर्णय गरिसकेको बताए। थप आवश्यक राहत तथा सहयाेगका लागि पहल गरेर व्यवस्थापन गर्ने बताए।मन्त्री पालसँगै एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी समेत प्रभावित क्षेत्र पुगेका थिए। उनीहरूले त्यहाँ गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल समेत गरेका थिए। यस्तै, मन्त्री पालले बुधबार नै मेल्लेख गाउँपालिका-६ काे नन्देश्वरी माध्यमिक विद्यालयले…