Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको गोदावरी नगरपालिकाको खैराना खोलामा धमाधम अवैध रुपमा उत्खनन भैरहेकोमा जफत गरिएका मेसिनहरु निशर्त छोडिएको छ। अस्ति आइतबार जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ गोगन बहादुर हमालसहितको टोलीले प्रहरी लगाई जफत गरेका मेसिनहरु छाडिएको हो। हमालसहितको टोलीले अनुगमन गर्दा अवैध उत्खनन भैरहेको भेटिएकोमा केही मेसिन र मानिस नियन्त्रणमा लिइएको थियो। तर ठेकेदार, क्रसर र मेयर वीरेन्द्र भट्टको मिलेमतोमा कारबाही (जरिवाना) नै नगरी प्रहरी कार्यालयबाट मेसिनहरु छुटाइएको हो। नियन्त्रणमा लिइएका मापदण्डविपरीत उत्खनन गर्दै रोयल्टी उठाउणे जेसिबी र टिप्परलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट मेयरको निर्देशनमा छाडिएको हो। मेयरले जरिवाना नै नगरी जेसिबी र टिप्पर छोड्न पत्र लेखी पठाएपछि छाडिएको त्यहाँका प्रहरी प्रमुख…

Read More

काठमाडौं: ‘एटी अलर्ट’ मार्फत फिसिङ लिङ्क पठाई ४ हजार ग्राहकको एक करोडभन्दा बढी रकम चोरी भएको पाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सो कार्यमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौँको अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार राहुलले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत ‘द अलर्ट, एटी अलर्ट’ जस्ता फिसिङ लिङ्क पठाई तपाईंको खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिंक खोल्न लगाएर इसेवामा अनाधिकृत पहुँच पुर्‍याउने गरेका थिए। यसरी उनले चार हजारभन्दा बढी व्यक्तिको इसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इन्नोभेसन प्राइभेट लिमिटेडको मर्चेन्ट खाताहरूमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर…

Read More

धनगढी: कैलालीको अत्तरियामा रहेकोे दुर्गा मन्दिरमा भएको हत्या प्रकरणको अनुसन्धान अझै जारी छ। प्रहरीले आरोपित समातेको भनेपनी थप अनुसन्धान जारी नै रहेको जनाएको छ। चैत २७ गते मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थथियो। उनीहरूमध्ये एक जनाले आरोप स्वीकार गरेको पनि बताइन्छ। तर पनि प्रहरी स्रोतले घटनाक्रम र अनुसन्धानका क्रममा प्रमाणहरु दुरुस्तै म्याच नभएको जनाएको छ। सोही कारण हत्याकाण्डको अनुसन्धानमा अझै उल्झन रहेको बताइएको हो। अत्तरियास्थित सडक पेटीमा बस्दै आएका कैनीलाई अत्तरियामै सडक पेटीमा बस्दै आएका एक अपाङ्गता भएका ब्यक्तिले हत्या गरेको स्वीकारेका हुन्। एक खुट्टा नभएका ती अपाङ्गता भएका ब्यक्ति श्रीमतीसहित अत्तरियामा…

Read More

धनगढी: कैलालीमा झन्डै ६ ग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी र गाेदावरीबाट पाँच ग्राम ९३० मिलिग्राम लागुऔषध खैराे हेराेईनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई चार ग्राम छ सय मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ। यस्तै, गोदावरी नगरपालिका-४ बसन्तपुर बस्ने १८ वर्षीय योगेश जोशीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट एक ग्राम ३३० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका पुरूषलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरी जिम्मेवारीबाट हटाइएका छन्। विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएको एसएसपी शेखर खनालले जानकारी दिए। उनले तीन जनाको जिम्मेवारी खोसेर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको जनाएको छ। युएईबाट फर्किएका मोरङका सञ्जय ओझामाथि विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो।

Read More

काठमाडौं: पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि धनगढी विमानस्थल विस्तारको नाममा करोडौं रुपैयाँ अपचलन र अनियमितता गरेको आरोप लागेको छ। सोही आरोपको उजुरीपश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंले अनुसन्धान थालेको छ। उजुरीमा आलेले तत्कालीन समयमा मन्त्री पदको दुरुपयोग गरी निजी स्वार्थमा सरकारी बजेट दुरुपयोग गरेको उल्लेख छ। दर्ता नम्बर ८१८२ सी-०५५९०९ रहेको उजुरीका अनुसार, मन्त्री हुँदा आलेले नागरिक उड्डयन प्राधिकरणको खाताबाट १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गराई उक्त बैंकसँग मिलेमतो गरी सोही रकम धितोमा राखेर पुनः १ अर्ब ऋण लिएका थिए। सो ऋणको रकमबाट उनले धनगढी विमानस्थल आसपासको क्षेत्रमा ७५ करोड बराबरको ३० बिघा जग्गा खरिद गरेको…

Read More

काठमाडौं: मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजमाथि ‘महिला काण्ड’ को आरोप लागेको छ। नेपाल प्रहरीको काठमाडौं परिसरस्थित महिला सेलले उनीमाथि लागेको आरोपउपर अनुसन्धान गरिरहेको बताइन्छ। स्रोत भन्छ, ‘गम्भीर अनुसन्धान भइरहेको छ। परिसरको महिला सेलकी महिला इन्सपेक्टरले अनुसन्धान थालेकी छन्। सम्भवतः वाह्य सम्बन्धको परिणाम जस्तो बुझिन्छ।’ अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

Read More

कैलाली: कैलालीको धनगढी भएको राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि राष्ट्रिय युवा सङ्घ डोटीले जितेको छ। आज भएको फाइनल खेलमा टिम मालिकार्जुनलाई हराउँदै राष्ट्रिय युवा सङ्घ डोटी विजयी भएको हो। विजेता टिमले दुई लाख २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता बनेको टिम मालिकार्जुनले एक लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। तेस्रो भएको राना थारु आदर्श युवा क्लबले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको थियो। हिजो भएको खेलमा शाह पोल्ट्री फर्मलाई हराउँदै राना थारु आदर्श युवा क्लबले तेस्रो स्थान हासिल गरेको…

Read More

काठमाडौं: सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम आज मंगलबारदेखि अवकाशप्राप्त भएका छन्।  उनलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले मंगलबार नै विदाइ गरेको छ। सीमा सुरक्षा विभागमा कार्यरत गौतम सशस्त्रमा कायम ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन्। ३० वर्षे हटाएर आफ्नो कार्यकाल लम्ब्याउन एक महिनायता कार्यालय नै नगई प्रयास गरे पनि सम्भव नभएपछि गौतमको सेवा अवधि टुंगिएको हो।  २०५२ वैशाख ३ गते नेपाली सेनामा भर्ना भएका गौतम क्याप्टेन हुँदा सशस्त्र प्रहरीमा सरेका थिए। २०७५ पुस १३ गते डीआईजीमा बढुवा भएका गौतम २०७९ जेठ २३ गते एआईजी बनेका थिए।  उनी अवकाशप्राप्त भएसँगै सशस्त्र प्रहरीमा एक जना एआईजीको दरबन्दी खाली…

Read More

काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देलले महोत्तरीस्थित श्री मध्यपूर्वी पृतना हेडक्वार्टर र सुनसरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले उक्त पृतनाहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका नेपाली सेनाले जनाएको छ।

Read More