धनगढी: डडेल्धुरामा श्रीमतीको हत्या गरेका आरोपमा एक श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर रहेका छन्। डम्बरले घरायसी विवाद हुँदा आज (सोमबार) बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमती बीच दैनिक झैझगडा भइरहने गरेको थियो। डम्बरले रक्सी सेवन गरि गोली हानेको बताइन्छ। श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको मुख्य गेटमा रहेको डिजिटल बोर्ड ह्याक भएको छ। ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्। प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई अनुशासनहीनता र गैरजिम्मेवारीपूर्ण भन्दै आलोचना गरेका छन्। यसअघि पनि विभिन्न स्थानमा डिजिटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए। तर, प्रहरी कार्यालयजस्तो संवेदनशील संस्थाको बोर्ड ह्याक हुनु भने दुर्लभ र गम्भीर…
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले २४ ओटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ। डोटीको डोटीबहुमुखी क्याम्पससहित २४ ओटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरिएको हो। त्रिविका प्रवक्ता यमनसिंह बोहराका अनुसार त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको हो। क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन आह्वान गरिएको थियो। छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको प्रवक्ता बोहराले बताए।
धनगढी: बाजुरामा भिरबाट लडेर घाइते भएकी किशोरीको मृत्यु भएको छ। शनिबार साँझ घर नजिकैको भिरबाट लडेर गम्भीर घाइते भएकी गौमुल गाउँपालिका-५ की १४ वर्षीया विषु रोकायाको उपचारका क्रममा मृत्यु भएको हो। रोकायाको उपचारकै क्रममा स्थानीय घट्मुना आधारभूत अस्पतालमा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बैतडी: बैतडीमा एक वडा सदस्य पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार जिल्लाको पाटन नगरपालिकामा एक वडा सदस्य पद रिक्त भएको हो। नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित रमेशराम कोली अन्य दलमा प्रवेश गरेको र उनलाई पार्टीले कारबाही गरेकाले उनको पद रिक्त भएको आयोगले सोमबार सूचना सार्वजनिक गरी जानकारी दिएको छ। कांग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएको थियो। सोही कागजातको आधारमा आयोगको यही पुस २३ गते बसेको बैठकले उनी निर्वाचित भएको दलित वा अल्पसंख्यक कोटाको सदस्य पद स्वतः रिक्त भएको निर्णय गरेको थियो।
धनगढी: सरकारले ५८ जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष नियुक्त गरेको छ। जसमा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र बझाङबाहेक अन्य ७ जिल्लामा पनि अध्यक्षको नियुक्ति भएको छ। कैलालीमा भूमि समस्या समाधान आयोगको अध्यक्षमा यज्ञराज उपाध्याय नियुक्त भएका छन्। त्यस्तै, डडेल्धुरामा परशुराम नगरपालिका–३ का कैलाश कुमार पाण्डेय, बैतडीमा रमेश दत्त पाण्डेय, दार्चुलामा लालसिंह धामी, अछाममा राम आउजी, डोटीमा डम्बर बहादुर ओली र बाजुरामा जनक बहादुर रोकाया नियुक्त भएका छन्। सुदूरपश्चिमका कञ्चनपुर र बझाङमा भने गठबन्धन दलहरूबीच आन्तरिक सहमति बाँकी रहेको भन्दै अध्यक्ष पद खाली राखिएको बताइएको छ। नवनियुक्त अध्यक्षहरूले भूमिहीन, सुकुम्बासी र समस्या ग्रस्त क्षेत्रका नागरिकहरूको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा…
काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले इजरायलबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको बताएकी छन्। उनले जोशी सकुशल फर्केर आउनेमा आफू ढुक्क रहेको बताईन्। आज सिंहदरबारस्थित संसद सचिवालयमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ। उहाँ फर्केर आउनुहुन्छ भन्नेमा म ढुक्क छु।’ त्यसका लागि कतारस्थित नेपाली राजदूतले त्यहाँका विदेशमन्त्रीसँग कुराकानी गर्ने उनको भनाई छ। कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन्। उनी इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए। उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।…
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्। समारोहमा दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी छन्। समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले पदोन्नति प्राप्त प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले पदोन्नतिसँगै जिम्मेवारी र जवाफदेहीता थपिएको महसुस गर्दै कार्यसम्पादनमा निखरता र तल्लीनता देखाउन निर्देशन दिए। आईजीपी कुँवरले संगठनको सुदृढिकरण र सुधारका लागि…
धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन्। २७ र २८ पुसमा धनगढीमा बसेकाे रास्वपाकाे पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार सहमहामन्त्रीमा कठरीयालाई सर्वसम्मत रूपले चयन गरेकाे हाे। उनी यसअघि रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी(नाउपा) को केन्द्रीय सहसचिव थिइन्। तर कठरिया पछिल्लो १० महिनादेखि भने रास्वपामा आवद्ध रहेकाे उक्त पार्टीले जनाएको छ। रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले सहमहामन्त्री चयन भएकी कठरियाकाे राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको बताए।
धनगढी: धनगढीमा पोटली नामको रेष्टुरेन्ट सञ्चालनमा आउने लागेको छ। धनगढीस्थित तारानगर क्षेत्रमा भोलीदेखि पोटलीको सुभारम्भ हुन लागेको हो। भोलि सो रेस्टुरेन्टको उद्घाटन हुन लागेको सञ्चालकले बताएका छन्। नयाँ स्वरुपमा खुल्न लागेको सो रेस्टुरेन्टमा अत्याधुनिक सेवा सुविधा रहेको बताइन्छ। जसमा चिया कफी लगायत खाना तथा बारको समेत सुविधा हुने छ।