Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्र रहेका व्यवसायीहरूले स्थानीय सरकारको विभेदपूर्ण निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन्। नेपाल बाल संगठन बालमन्दिर र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा व्यवसाय गर्दै आएका १६८ व्यवसायीहरूले आफ्नो संरचनाहरू हटाउने सरकारी निर्णयलाई समर्थन गर्दै संरचना खाली गरिसकेका थिए। तर, पहुँचवाला व्यवसायीहरूलाई मात्र पुनः व्यवस्थापन गरिएको भन्दै उनीहरूले सामाजिक न्यायको अपमान भएको आरोप लगाएका छन्। यस्तै व्यवसायीहरूले बालमन्दिरका ४६ र खाद्य कम्पनीका १२२ व्यवसायीहरूको उचित व्यवस्थापन नगरिएको र केही विशेष व्यक्तिहरूलाई मात्र प्राथमिकता दिइएको बताएका छन्। उनीहरूको भनाइमा, नक्कली सम्झौताका आधारमा केही व्यक्तिहरूले फाइदा लिएका छन्, जसले बाँकी व्यवसायीहरूको अधिकार कुण्ठित गरेको…

Read More

काठमाडौँ: नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समिति संयोजकमा सांसद दिलेन्द्र बडूलाई नियुक्त गरेको छ। बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गर्दै संयोजक दिलेन्द्रप्रसाद बडूलाई तोकेको हो।  संसदीय समितिमा १/१ जना संयोजक तोक्ने संसदीय दलको विधानको व्यवस्था अनुसार रिक्त भएका ठाउँमा पदपूर्ति गरिएको छ। अर्थ समितिमा डा. प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा नियुक्त गरेको छ। 

Read More

काठमाडौं: पोखरा, महेन्द्र पुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा राष्ट्रप्रेमी युवा पोखराले “पृथ्वी हाम्रो घर हो” भन्ने मूल नाराका साथ विश्व शान्तिको कामना गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। युवाहरूले दीप प्रज्वलन गर्दै प्राकृतिक विपदबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणको कामना गरेका छन्। कार्यक्रममा विपदबाट ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विस्थापित, अङ्गभङ्ग भएका तथा क्षति व्यहोरेका व्यक्तिहरूप्रति सहानुभूति प्रकट गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि अभियान सदस्य उत्तम प्रसाद पौडेलले शोक मन्तव्य व्यक्त गर्दै प्राकृतिक विपद र युद्धबाट हुने क्षतिहरूलाई रोक्न विश्वव्यापी सचेतना आवश्यक रहेको धारणा राखे। राष्ट्रप्रेमी युवाका संयोजक देवेन्द्रराज सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा सहसंयोजक सुदिप शर्मा पौडेल र…

Read More

महेन्द्रनगर: कञ्चनपुर उद्योग वाणिज्य संघले भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा महोत्सव आयोजना गर्ने भएको छ। अहिले त्यहाँ लाग्ने अन्तर्राष्ट्रिय व्यापार मेला र पर्यटन महोत्सवको तयारीलाई तीव्र बनाइएको छ। संघका अध्यक्ष पिताम्बर जोशीको नेतृत्वमा गएको प्रतिनिधि टोलीले २०८१ माघ ३ गते देहरादुनमा विभिन्न संस्थाहरूसँग बैठक तथा अन्तरक्रिया गरेको छ। उक्त अन्तरक्रियामा आगामी मेलामा भारतीय उद्योगी व्यवसायीहरूको सहभागीता सुनिश्चित गर्न आग्रह गरिएको थियो। संघका अध्यक्ष जोशीका अनुसार, व्यापार मेला र पर्यटन महोत्सवले दुई देशका उद्योग, व्यापार, र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रममा नेपाली र भारतीय उद्योगी व्यवसायीहरूको सशक्त सहभागिता गराउने उद्देश्यले तयारीलाई तीव्र बनाइएको बताइएको छ। यो…

Read More

काठमाडौं: नेपाल प्रहरीका उच्च अधिकारीहरुको नाम र दर्जा दुरुपयोग गरेर चेतावनीयुक्त इमेल पठाउने गरिएको तथ्य खुलेको छ। प्रहरीका उच्च अधिकारीहरुको नाम तथा दर्जासहित विशिष्टीकृत कार्यालयको नाममा विभिन्न व्यक्तिलाई चेतावनीयुक्त इमेल पठाएको पाइएपछि गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। प्रहरीको साइबर ब्युरोले त्यस्ता इमेलहरुको प्रतिक्रिया नदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ। साइबर ब्युरोलगायत प्रहरीका अन्य कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरु होक्स (झुटा) भएकाले विश्वास नगर्न र कुनै जवाफ नलेख्न भनिएको छ। जारी विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल प्रहरी साइबर ब्युरोलगायत अन्य प्रहरी कार्यालयहरुबाट पठाइएका भनिएका यस्ता इमेलहरु होक्स भएकाले यस प्रकृतिका मेलहरुको विश्वास नगर्न हुन साथै कुनै जवाफ नदिनुहोला।’ त्यस्ता इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान…

Read More

धनगढी : नेकपा एमालेबाट निकालिएपछि गैरकम्युनिष्ट पार्टी खोल्ने तरखरमा रहेको भनिएका डाक्टर भीमबहादुर रावल यतिबेला देश दौडाहामा छन्। कोशी प्रदेशबाट ‘मातृभूमि जागरण अभियान’ शुरु गरेका उनी भोलि गृहप्रदेश सुदूरपश्चिम आउने तयारी छ। स्रोतका अनुसार रावल भोलि माघ ४ गते बिहान ८:३० बजे धनगढी आउने कार्यक्रम रहेको छ। उनका समर्थक तथा शुभचिन्तकहरूलाई यो अवसरमा सहभागी हुन आग्रह गरिएको छ। डा. रावलको आगमनले स्थानीय तहमा देशभक्तिप्रति जागरुकता अभिवृद्धि हुने विश्वास गरिएको छ। धनगढीस्थित कार्यक्रम स्थलमा उनलाई स्वागत गर्नका लागि विभिन्न तयारीहरू भइरहेको जनाइएको छ। उक्त अवसरमा राष्ट्रिय चासोका विषयमा डा. रावलले आफ्ना धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। जस क्रममा नेतृत्वसँग असन्तुष्ट…

Read More

बाजुरा: बाजुरामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ। बुढीगङ्गा नगरपालिका–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर घटनास्थलमै मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताए।  मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन्।

Read More

धनगढी: कैलालीको धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ गतृसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा अर्जुन ट्रफी आयोजना हुन लागेको हो। आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिइएको छ। गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीका अनुसार यसवर्षदेखि नेपाल क्रिकेट संघको क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागिएको हो। फाप्ला मैदानमा हुने प्रतियोगिताका हेर्नका लागि दर्शकहरुलाई बस्न कृक्रिम प्याराफिट पनि जडान गरिसकिएको अध्यक्ष शाहीले बताए। ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख…

Read More

धनगढी: नेपाल आयल निगमले सुदूरपश्चिममा इन्धन वितरण गर्ने धनगढीस्थित प्रादेशिक कार्यालय स्थानान्तरण प्रक्रिया सुरु गरेको छ। डिपोलाई नयाँ ठाउँमा सार्नका लागि जग्गा प्राप्ति प्रक्रिया थालिएको हो। निगमको भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख प्रदीप यादवले सरकारी जग्गा खोजी गरे पनि नपाएपछि निजी जग्गा किन्न लागेको जानकारी दिए। उनका अनुसार नयाँ डिपोका लागि २० बिघाभन्दा बढी जग्गा आवश्यक छ। पत्रकार सम्मेलनमा उनले भने, ‘कैलालीको गोदावरी नगरपालिका– ८, अत्तरिया क्षेत्रमा जग्गा पनि भेटिएको छ। खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउन लागिएको छ।’ प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जग्गा प्राप्तिसम्बन्धी समितिमार्फत खरिद गर्न लागिएको र विवाद नहुने गरी काम गर्ने यादवले बताए। ‘निगम सञ्चालक समिति…

Read More

काठमाडौं: नेपाल प्रहरीले काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखसहित केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवाको तयारी गरेको छ। गृह मन्त्रालयले लामो समयदेखि यथावत रहेका एसएसपीहरूको जिम्मेवारी हेरफेर गर्न लागेको हो। गृह मन्त्रालयका अनुसार काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरे र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईलाई सरुवा गर्ने तयारी गरिएको छ। यी दुईलाई गएको वैशाखमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले नियुक्त गरेका थिए। लामिछानेविरुद्धको मुद्दा चलिरहेको अवस्थामा रजौरेलाई जिम्मेवारीमा राखिएको थियो। सूत्रका अनुसार, काठमाडौँ प्रहरी प्रमुखमा प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारी र भैरहवा विमानस्थल सुरक्षा प्रमुख रमेश बस्नेतमध्ये एकलाई नियुक्त गरिने सम्भावना छ। तीमध्ये एकलाई उपत्यका…

Read More