Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो। त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतम बताउँछन्। वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ…

Read More

काठमाडौं: सुरक्षण मुद्रण घोटाला प्रकरणका आरोपित निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालले सफाइ पाएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई आज ‘क्लिन चिट’ दिएको हो।  अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर गरेको मुद्दामा विशेषले अर्याललाई ५० हजार रूपैयाँ धरौटीमा छाडेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष रहेका उनको संलग्नता र अगुवाइमा भ्रष्टाचार भएको अख्तियारको दाबीलाई अदालतले अस्वीकार गरेको हो। यस प्रकरणमा अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी…

Read More

काठमाडौं: नेपाल प्रहरीका डीआईजीद्वय बुद्दिराज गुरुङ र केदार ढकाल एआईजीमा बढुवा सिफारिस भएका छन्। आज (बुधबार) गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले उनीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन्। यो सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गरेपछि उनीहरु एआईजीमा बढुवा हुनेछन्। यस अगाडि डीआईजी दुर्गा सिंह चन्दलाई बढुवा गर्ने तयारी भएपनि राजनैनिक चलखेलका आधारमा ढकाललाई बढुवा सिफारिस गरिएको हो। सिफारिसमा परेका ढकाल ‘जन्मजात कांग्रेस’ भनेर चिनिन्छन्। यस अगाडि बढुवा भएकी एआइजी किरण राणा कार्तिक १५ मा (भोलि) र रामदत्त जोशी कार्तिक १७ मा अवकाशमा जाँदैछन्। उनीहरुको अवकाशसँगै रिक्त हुन…

Read More

धनगढी: कञ्चनपुरमा प्रहरीले हालसम्मकै ठूलो जुवाखालमा छापा हानेर १३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार १३ जनालाई समातेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रविन्द्र केसीले जानकारी दिए। उनका अनुसार भीमदत्त नगरपालिका वडा न.१ रौटेलाबाट उनीहरू समातिएका हुन्। उनीहरूबाट ४ लाख ७४ हजार ९८ रुपैयाँ नगद बरामद गरिएको जनाइएको छ। यस्तै आजै उता बेदकोट नगरपालिका-७ सुडाबाट पनि ४ जना जुवाडे समातिएका छन्। उनीहरूबाट २६ हजार २५० रुपैयाँ बरामद गरिएको छ।

Read More

काठमाडौं: फाइनलमा नेपाललाई २-१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि बङ्लादेशले जितेको छ। बङ्लादेशले लगातार दोस्रो पटक साफको उपाधि जितेको हो।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बङ्लादेशलाई जित दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन्। नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन्। तीनै गोल दोस्रो हाफमा भएको हो।  खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बङ्लादेशलाई अग्रतामा राखेकी थिइन्। कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तिको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिदै मोनिकाले गोल गरेकी थिईन्। तर नेपालले चार मिनेटमै गोल फर्कायो। नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन्। प्रीति…

Read More

काठमाडौं: साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध फेरि अग्रता लिएको छ। १-१ को बराबरीमा रहेको खेलमा बंगलादेशले ८१ औं मिनेटमा गोल गरेको हो। बंगलादेशका खेलाडीले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो।

Read More

काठमाडौं: दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ। बंगलादेशले अग्रता लिएको ४ मिनेटमै नेपालले बराबरी गोल फर्काएको हो। नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन्। यसअघि बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।

Read More

काठमाडौं: नेपाली सेनाले नौ महिने आधारभूत सैन्य तालिम पुरा गरेका १०५ सैन्यलाई सिपाहीमा दीक्षित गरेको छ। श्री देवीदल गण तेघरी कैलालीमा आयोजित सैन्य आधार तामिल दिक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन्। गणमा सञ्चालित सिसं ५ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सुदूरपश्चिमका पृतनापती उपरथी प्रकाश देउजाले उनीहरूलाई दीक्षित गरेका हुन्। दीक्षित भएका सैन्यहरूले देश र जनताका नाममा सपथ लिएका थिए। दिक्षान्त समारोहमा बोल्दै पृतनापती देउजाले सैन्यहरुलाई विधिवद्रुपमा नेपाली सेनामा स्वागत गर्दै कर्तव्यनिष्ट रहेर देशको सेवामा खटिन निर्देशन दिए। यस्तै उनले दृढ संकल्पका साथ राष्ट्र सेवामा समर्पित हुन आग्रह गरे। उक्त समारोहमा तालिमका क्रममा उत्कृष्टता हासिल गरेका ७ सैन्यलाई पुरस्कृतसमेत…

Read More

काठमाडौं: अस्ति आइतबार नेपाल प्रहरीको डीआईजीबाट एआईजी पदमा बढुवा भएकी किरण राणा भोलिबाट अनिवार्य अवकाशमा जान लागेकी छन्। उमेर हदका कारण उनी १५ कात्तिकमा अवकाशमा जान लागेकि हुन्। उसो त उनी राजनैनिक पहुँचका भरमा अस्ति बढुवा भएर हिजो (मङ्गलबार) मात्र दर्ज्यानी चिन्हबाट सुशोभित भएकी थिइन्। हिजो उनी र अर्का बढुवा भएका एआईजी डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १३ गतेको निर्णयअनुसार उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। राजनैनिक पहुँचका भरमा बढुवा पाएको भन्दै…

Read More

धनगढी: कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानुन विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने उल्लेख गरिएको छ। प्रशासनले पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार नगर्नु नगराउनु पनि आग्रह गरेको छ। प्रशासनले तोकेको समय भन्दा बढि…

Read More