Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: कञ्चनपुरको महेन्द्रनगर पुर्ख्यौली घर भएर ललितपुर बस्दै आएका सुशील चटौट जेलमुक्त भएका छन्। बलात्कार आरोपमा १४ महिनाअघि जिल्ला अदालतबाट दोषी ठहर भएर जेल गएका चटौत रिहा भएका हुन्। चटौतलाई उच्च अदालत पाटनले यहीँ जेठ १ मा सफाई दिने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन्। त्यस अगाडि जिल्ला अदालत ललितपुरले बलात्कारको अभियोगमा चटौतलाई १८ वर्ष एक महिना जेल सजाय तोकेको थियो। आफ्नै घरमा घरायसी काम गर्ने १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको खुलेपछि उनलाई जिल्ला अदालत ललितपुरले सजाय तोकेको थियो। १५ चैत २०७९ चैतमा जिल्ला अदालत ललितपुरले उनलाई १८ वर्ष एक महिना जेल सजाय र पीडित नाबालिगलाई आठ लाख रुपैयाँ क्षतिपूर्ति…

Read More

धनगढी: डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ। शुक्रबार जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोलीको कालाखोला भन्ने स्थानमा नदीमा डुबेर ज्यान गएको हो। उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए। शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण आफ्ना थप ५ जना साथीहरूसँग नदीमा नुहाउन गएका थिए। अहिले उनको शव निकालिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टले अनुगमन एवं निरीक्षण गरेका छन्। आज (शुक्रबार) बिष्टले जिल्ला प्रहरी कार्यालयको अनुगमन गरेका हुन्। उनले त्यहाँक प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन पनि दिएका छन्। बिष्टले अपराध अनुसन्धानमा केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका थिए। यस्तै उनले दैनिक काम कारबाहीलाई चुस्त दुरुस्त बनाई आ-आफ्नो जिम्मेवार वडा एरियाहरुमा शान्ति सुरक्षा,अपराध नियन्त्रण र खुल्ला सिमानाकाहरुबाट हुने अपराधिक गतिविधि, अवैध चोरी तस्करीलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा ब्यापक रुपमा प्रहरी परिचालन गरि कडाईका साथ चेक जाँच गर्न निर्देशन दिए। त्यस्तै…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीले दार्चुलामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । व्याँस गाउँपालिकाको सहयोगमा “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत २३ गते वडा नम्बर ४ सुन्सेरामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, नसासम्बन्धी समस्या, दन्त रोग, स्त्रीरोग, रक्तचाप र मधुमेह जस्ता रोगहरूको निःशुल्क जाँच, औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका निमित्त कार्यालय प्रमुख प्रा. प्रहरी नायव उपरीक्षक डा. नविन लागेजुको कमाण्डमा शाखा अस्पताल धनगढीबाट खटिएको चिकित्सक टोलीले उक्त सेवा प्रदान गरेका थिए। शिबिरमा सर्वसाधारण पुरुष १५२ जना र महिलाहरू २४७ जना गरी जम्मा ३९९ जनाले…

Read More

काठमाडौं : दाङमा हत्या गरिएकी ३१ वर्षीया टीका रावत र उनको हत्यामा संलग्न  ३६ वर्षीय शालिकराम बुढाथोकीबीच दस दिनअघि मात्रै सम्बन्ध बिच्छेद भएको खुलेको छ।  तुलसीपुर उपमहानगरपालिका- ६ राप्ती टोलमा डेरा गरी बसेकी ३१ वर्षीया टीका रावतको शुक्रबार बिहान ८:४० बजे डेरानजिककै अर्को घरमा हत्या भएको थियो।  प्रत्यक्षदर्शीहरूको सूचनाको आधारमा प्रहरीले एक घन्टामै मृतककी श्रीमान् भनिएका ३६ वर्षीय शालिकराम बुढाथोकीलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरुको दस दिनअघि सम्बन्धबिच्छेद भएको खुलेको हो।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार बुढाथोकी नेपाली सेनाका अमलदार हुन्। उनी ज्वालादल गण बारामा कार्यरत छन्। उनी एक महिनाअघि मात्रै शान्ति मिसनबाट फर्किएका थिए।  जिल्ला अदालत सल्यानबाट जेठ १४ गते शालिकराम…

Read More

काठमाडौं: काठमाडौंबाट धनगढीका लागि शुक्रबार १२:२५ मा उड्ने भनिएको श्री एयरलाइन्सको जहाज अहिलेसम्म उड्न सकेको छैन। स्रोतका अनुसार श्री एयरलाइन्सको सा २२५ नम्बरको जहाज उड्न नसकेको हो। मौसम खराबीको कारण झण्डै आधा घण्टा बढी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको जनाइएको छ। मौसम क्लियर हुने बित्तिकै जहाज उड्ने बताइएको छ। करिब १० मिनेटमा उड्ने एयरलाइन्सको दाबी छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त प्रमुखमा वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनार जिम्मेवारी पाएका छन् । सामाजिक विकास मन्त्रालय सचिवस्तरीय निर्णय गरी मन्त्रालयको जनस्वास्थ्य महाशाखामा कार्यरत सुनारलाई सो जिम्मेवारी दिएको हो । निमित्त प्रमुखको जिम्मेवारी पाएका सुनारले बिहिबार नै पदभार ग्रहण गरेका छन् ।

Read More

धनगढी : कैलालीमा एक लाख बढिको अवैध सामान बरामद गरिएको छ । बिहीबार जिल्लाको धनगढी उपमहानगरपालिका—२ ट्राफिक चौराहा र पुरानो भन्सार रोड नजिक धनगढी—७ मनेहरा पेट्रोल पम्प नजिक र धनगढी—१० सिमल घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७ हजार ६ सय मुल्यको अवैध सामान बरामद गरिएको हो । उक्त मुल्य बराबरको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

काठमाडौं : मकवानपुरमा ‘चेकिङ’मा रहेका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् । बकैया गाउँपालिका–४, गोठखोलामा बिहीबार अपराह्न उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । मकवानपुरकै गरगरेबाट छतिवनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००४ प ४४५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । चेकिङमा रहेका अस्थायी ट्राफिक प्रहरी पोस्ट हात्तीसुँडेमा कार्यरत ३२ वर्षीय ट्राफिक प्रहरी जवान पदम रानामगर ठक्करबाट घाइते भएका हुन् । उपचारका निम्ति उनलाई हेटौँडा अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका निम्ति ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा ल्याइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । मोटरसाइकलका चालक बकैया–७ का ३९ वर्षीय उमेश लामिछाने र त्यसमा पछाडि सवार…

Read More

धनगढीः दाङको तुलसीपुरमा नेपाली सेनाका जवान शालिकराम बुढाथोकीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार बुढाथोकीले तुलसीपुर ६ डुम्रीगाउँमा बस्दै आएकी श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ। शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। शालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन्। थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्था पनि…

Read More