काठमाडौं: गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउटपोस्ट (बीओपी) हरुको स्थापना गर्न लागिएको बताए। ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ। यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरुको स्थापना, मौज्दुता बीओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ’, उनले भने। हाल स्थापनारत बिओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्री लेखकले दीक्षित प्रहरी निरीक्षकहरुलाई आफ्नो वौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र…
Author: महेन्द्रनगर पोष्ट
बझाङः बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेकामध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन्। तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिए। उनका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेको उनले बताए। “जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उनले भने, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहनुभएको छ…
काठमाडौंः सर्वोच्च अदालतले सशस्त्र प्रहरीको अवकाशसम्बन्धी व्यवस्थालाई यही आर्थिक वर्षभित्र ऐनमा समावेश गर्न आदेश दिएको छ। सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्रीसहितका अधिकारीहरुले ३० वर्षे सेवा अवधिविरुद्ध दिएको रिटमा न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले पटकपटक निर्देशात्मक आदेश जारी भएकामा हालसम्म ऐनमा समावेश गरेको नदेखिएको भनेको छ। ‘अनिवार्य अवकाश लगायतका सारभूत व्यवस्थाहरु ऐनमा समावेश गरिएको नदेखिएको हुँदा यसै आर्थिक वर्षभित्र अनिवार्य अवकाश सम्बन्धी व्यवस्था ऐनमा समावेश गर्ने व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ’, आदेशमा भनिएको छ। सशस्त्र प्रहरीको नियमावलीमा ३० वर्षे सेवा अवधिको व्यवस्था छ। नेपाल प्रहरीमा पनि नियमावलीमा भएको व्यवस्था अनुसार अधिकृतहरु ३०…
धनगढीः कैलालीबाट बिना इजाजत वन पैदावार ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका(३ बस्ने ६० वर्षीय कर्ण कुँवर रहेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धि मुद्दामा ३ महिना कैद सजाय तोकिएपछि उनी फरार रहेका थिए। कुँवरलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित भएको छ। समितिका सभापति नहुँदा लेखा समितिमा छलफल हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफलसमेत हुन सकेको छैन। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत विधेयकमाथिको छलफल पनि अघि बढ्न नसकेको प्रदेशसभा सदस्यले बताएका छन्। प्रदेश तहमा कानुन निर्माणको भूमिकादेखि आवश्यक कामकारबाहीमा निगरानी राख्ने अधिकार रहेको विषयगत समितिलाई ‘मिनी’ संसद्का रुपमा लिइन्छ। समिति नेतृत्वविहीन हुँदा विकासलगायत कामको समेत अनुगमन गर्ने काम प्रभावित बनिरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य घनश्याम चौधरी बताउँछन्। स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशी समिति सभापति निर्वाचित हुँदा काममा दबाब पर्छ भन्ने मनसाय देखिएकाले सभापति चयनमा सत्ता पक्षले बेवास्ता गरिरहेको बताउँछन्। …
बझाङ: बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ। जिल्लाको साइपाल गाउँपालिका – २ का ७ वर्षीय अस्मिन धामीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो। आइतबार घर नजिकै रहेको खेतबारीमा साथीसँग खेल्ने क्रममा अरिङ्गालले टोक्दा उनी गम्भिर घाइते भएका थिए। स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई आइतबार राति नै जिल्ला अस्पताल बझाङ रेफर गरिएको थियोे। उनको उपचारको क्रममा सोमबार बिहान ७ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अर्का घाइते बालक ५ वर्षीय शितल धामीलाई भने स्वास्थ्य चौकीमा उपचारपछि निको भइसकेको प्रहरीले जनाएको छ।
धनगढी: कैलालीमा ३३ ग्राम बढी लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट ३३ ग्राम दुई सय ७० मिलिग्राम खैरी हेरोइनसहित ५ जनालाई पक्राउ गरिएको हो। धनगढी उपमहानगरपालिका-१ साथी होटल पछाडीको गल्लीबाट वडा नम्बर २ बस्ने २४ वर्षीय उमेश चौधरी र लखिमपुर पलिया भारत बस्ने २५ वर्षीय प्रदिप मौरेलाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट १० ग्राम लागूऔषध बरामद गरिएको छ। अछाम चौरपाटी गाउँपालिका-१ स्थायी घर भई कैलालीको धनगढी उपमहानगरपालिका-४ बस्ने प्रियंका होटेल संचालक ३६ वर्षीय बिजय साउँदलाई पनि पक्राउ गरिएको छ। उनलाई तीन ग्राम तीन सय ८० खैरो हेरोइनसहित पक्राउ गरिएको हो। यस्तै कैलाली टिकापुर नगरपालिका-९ खग्रौला चेक पोष्ट…
धनगढी: २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुरमा परीक्षण उडान गरेको हाे। नेपाल एयरलाइन्सको परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टीकापुर विमानस्थलमा अवतरण भएका छन्। पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन्। टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए। समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा…
काठमाडौं: प्रहरी परिसर काठमाडौंले ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ गरेको छ। स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत रमेश खटिकलाई काठमाडौं प्रहरी परिसरको टोलीले समातेको हो। उनीहरू यही मंसिर १० गते करिब चार ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्। तर अहिले घटना गुपचुप राखिएको छ। उनीहरू दुवैजना नेपाल प्रहरीका सहायक हवल्दार हुन्। खटिकलाई ब्राउनसुगर बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो। उनले बयानको क्रममा कलिमले आफूलाई बेच्न लगाएको बताएपछि कलिम पनि पक्राउ परेका हुन्। उनीहरू दुवैजना प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। दुवैजनाको मोबाइल जफत गरेर उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरी स्रोत बताउँछ। पक्राउ…
धनगढी: नेकपा (एमाले)का पूर्वउपाध्यक्ष भीमबहादुर रावलले ‘केन्द्रको ओलीशैली’ तल्लो तहकै कमिटीसम्म फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका आफूनिकट सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने काम भइरहेको जनाएका छन्। रावलले फेसबुकमा लेखेका छन्— ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरूपयोग गर्दै सुप प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ।’