Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए। त्यसपछि उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए। उनीविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो। विष्टको पुर्ख्यौली घर दार्चुला हुती हो। उच्च शिक्षा अध्ययनपछि उनी महेन्द्रनगर झरेका थिए। र, कानुनी क्षेत्रमा हात हालेका थिए। विष्ट कञ्चनपुर जिल्ला अदालतमा काम गर्थे। त्यतिबेला पनि वकिलसँग…

Read More

धनगढी: सुदूरपश्चिमका विभिन्न जिल्ला प्रहरी कार्यालय एवं युनिटबाट सादा पोसाकमा खटिने ‘घुमुवा प्रहरी’ विरुद्ध धमाधम उजुरी परेका छन्। विशेषगरी जिल्ला प्रहरी कार्यालय कैलाली, प्रदेश प्रहरी कार्यालय लगायत मातहत युनिटमा खटिने घुमुवाले आचरणविपरीत कार्य गरेको लगायत आर्थिक पाटोको विषयवस्तु समेटेर घुमुवा इन्चार्जसहितका कर्मचारीविरुद्ध उजुरी परेका हुन्। विभिन्न अडियो, भिडिओ लगायतका सामग्री समावेश गरेर घुमुवा प्रहरीविरुद्ध उजुरीहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालय नक्सालसम्मै उजुरीहरु परेको स्रोतले जानकारी दिएको छ। स्रोतले दिएको जानकारी अनुसार त्यसको छानबिन पनि थालिएको छ। यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी डम्बर बिश्वकर्माले पनि सो किसिमका कार्य गैरकानुनी भएको भन्दै छानबिन गर्दै कारबाही गरिने बताए।…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पद रिक्त छ। रिक्त भएको समय निकै पुग्दा पनि बढुवा प्रक्रिया अझै अगाडि बढेको छैन। एआइजी चन्द्रप्रकाश गौतम अवकाशमा गएपछि पद रिक्त भएको हो। उनलाई सीमा विभाग हेर्ने जिम्मेवारी दिइएको थियो। त्यसपछि डिआइजी कमल गिरीलाई निमित्तको जिम्मेवारी दिइएको थियो। उनी पनि लामो समय बिदा बसिदिए र त्यो विभाग अहिले एआईजी नारायणदत्त पौडेलले हेरिरहेका छन्। यसैक्रममा सशस्त्र प्रहरी स्रोतका अनुसार एआईजी बढुवामा निकै राजनैतिक दौडधुप चलिरहेको छ। त्यसका बाबजुद संगठन प्रमुखले भने नियमित प्रक्रिया अनुसार बढुवा हुने अडान लिएको बताइन्छ। एआईजी बढुवामा फर्म भर्ने नौ जना डिआइजीमध्ये वरिष्ठताका आधारमा बढुवाको प्रतिस्पर्धामा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्य चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन्। रेशमलाल चौधरी संरक्षक रहेको नाउपाको प्रदेश संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत ३१ वैशाखमा चौधरीको नाम मन्त्रीका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस गरेको थियो। अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दल र मुख्यमन्त्री शाहलाई सिफारिस पत्र पठाएकी थिइन्।  तर, संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो। १६ चैतदेखि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन,…

Read More

अछाम: अछाम जिल्लाको चौरपाटी गाउँपालिका–१ का एक पुरुषलाई जबरजस्ती करणी (ज.ज.क.) को आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार परिवर्तित नाम ६९ मंगलसैन ११७ ले मंगलसैनमा बसोबास गर्ने एक महिलामाथि विगत एक वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए। उनले मिति २०८२ साल वैशाख २८ गते बिहान करिब ११:३० बजे ती महिलालाई कुटपिट गरी डरधम्की देखाउँदै घरभित्र पसेर समेत जबरजस्ती करणी गरेको आरोप लागेको छ। पीडित महिलाले वैशाख अन्तिममा जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीको टोलीले जेठ ३ गते अभियुक्तलाई पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। हाल…

Read More

धनगढी: कञ्चनपुरमा होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रमा रहेको पर्बत होटलमा जुवातास भइ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। प्रहरी टोलीले होटल सञ्चालक ४० वर्षीय केशव राज जोशीसहित ८ जनालाई २३ हजार ८३५ नगदसहित पक्राउ गरेको जनाएको छ। उक्त छापा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले गरेको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे समझदारी भएको छ। सहमतीसँगै स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगीत गरेका छन्। प्रदेश सरकारले मन्त्रीपरिषद्बाट स्वीकृत भएर प्रदेश सभामा पेश भइसकेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक अबिलम्ब जारी गर्ने प्रतिबद्धता जनाएको छ। सरकारकातर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका वार्ता समिति संयोजक सुरेन्द्र बहादुर पाल र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका तर्फबाट संयोजक झलकबहादुर दौल्याल समेतका प्रतिनिधिबीच पाँच बुँदे सहमती भएको छ। सरकारले ११ जेठमा बस्ने प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा पहिलो प्रस्ताव सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको…

Read More

धनगढी: भारतको दिल्लीमा भएको ठूलो चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन्। जसमध्ये एकजना हाजिरजमानीमा छुटेका हुन् भने सात जना धरौटीमा रिहा भएका हुन्। प्रहरी स्रोतले दिएको जानकारी अनुसार घटनाको थप अनुसन्धान भने जारी छ। अहिले कैलालीको अत्तरिया, सुखड र धनगढीक्षेत्र भ्याएर लम्कीतिर अनुसन्धान सोझिएको छ। नयाँ तथ्य र मानिस नसमातिएको अवस्थामा जिल्ला अदालत कैलालीले बिहीबार भएको थुनछेक बहसपछि धनगढीको रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिजापतीसहितका सात जनालाई धरौटीमा छाडेको थियो। सिजापती र गोदावरीका मिनबहादुर गुरुङ १२/१२ हजार धरौटी बुझाएर थुनामुक्त भएका हुन् भने धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप अछामको मेल्लेख…

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिमभित्र दुई नेताको विषय निकै चर्चाको विषय बनेको छ। विषय हो, एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य एवं वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीचको मतभेद। उसो त जानकारहरुले थापा र भण्डारीको समधुर सम्बन्ध पहिल्यैदेखि नभएको बताउँदै आएका छन्। तथापी केही समय अगाडि त्यो पुष्टि नै भएको छ। थापाले आफ्नै गृहजिल्ला बाजुराबाट भण्डारीमाथि आर्थिक अपचलनको आरोप लगाएपछि भण्डारीका समर्थकले पनि थापाविरुद्ध आगो ओकलेला छन् भने सामाजिक संजालमा चर्काचर्की परेको देखिन्छ। सोही क्रममा भण्डारीका समर्थकविरुद्ध थापापुत्र नरेन्द्र थापाले पनि आलोचनात्मक विषयवस्तु उठाएका छन्। त्यसो त अचेल थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको…

Read More

बैतडी: बैतडीमा युवकद्वारा गरिएको खुकुरी प्रहारबाट दुई महिला घाइते भएका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–६, रपनाका २० वर्षीय धनवीर धानुकले शनिबार (जेठ ३) बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं इन्स्पेक्टर बलदेव बडूले जानकारी दिए। धनवीरले दुवैजनालाई खुकुरी प्रहार गरी घाइते बनाएका उनले बताए। घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ। दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवैजनालाई उपचारनिम्ति डडेलधुरा अस्पताल पठाइएको बैतडी प्रहरी प्रवक्ता बडूले जानकारी दिए। खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनका अनुसार, बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको…

Read More