काठमाडौं: नेपाल प्रहरीको डिआइजीमा बढुवा सिफारिस भएका दीपक रेग्मीविरुद्ध गृह मन्त्रालयमा गम्भीर आरोपसहित उजुरी परेको छ। उजुरीमा रेग्मीले पदको दुरुपयोग गर्दै अनैतिक र अमर्यादित क्रियाकलापमा संलग्न भएको दाबी गरिएको छ। सिन्धुलीका युवराज सफलले सोमबार गृह मन्त्रालयमा दर्ता गराएको उजुरीमा रेग्मीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत रहँदा पोखरामा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको र ती महिलाको निर्दोष श्रीमानलाई झुठो वैवाहिक बलात्कारको मुद्दा हाल्न लगाएको उल्लेख गरिएको छ। “एसपीको रूपमा कार्यरत रहँदा रेग्मीले चरित्रहीन र विधि विपरीतका कार्यमा संलग्न भई पदीय मर्यादा उल्लंघन गरेका छन्,” उजुरीमा भनिएको छ। उजुरीमा ती महिलाको श्रीमान् दीपक थापामाथि झुठो मुद्दा चलाउन लगाएको र थापाकी आमासँग लाखौंको…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीमा सशस्त्र प्रहरीले थप एक बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। धनगढी उपमहानगरपालिका– २ स्थित नल्का घाट बेसलाई स्तरोन्नति गर्दै बीओपी स्थापना गरिएको हो। आज बुधबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उद्घाटन गरे। उद्घाटन गर्दै उनले सीमा सुरक्षासगैं चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि बीओपीले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। यो सँगै कैलालीमा जम्मा बीओपीको सँख्या १९ पुगेको छ।
धनगढी: कैलालीको गाेदावरी नगरपालिका-१ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेकाे अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयाेग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जनिनेगरि पुरस्कृत गरेकाे हाे। कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन्।राणाले प्रहरी चाैकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेकाे अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए। देउवाले मंगलबार गाेदावरी नगरपालिका-१ काे बसन्तपुरमा सडकमा छटपटाइरहेकाे अवस्थामा भेटिएकी बझाङकाे थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन्। देउवाकै सहयोगमा उनलाई…
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालय संकटमा परेको छ। शैक्षिक सत्र २०८२ मा विद्यालयमा जम्मा चार जना मात्र विद्यार्थी भर्ना भएका छन्। बालविकासदेखि कक्षा ३ सम्म पठनपाठन हुने यो विद्यालयमा हाल कक्षा १ मा दुई जना र कक्षा ३ मा दुई जना छात्र मात्र रहेका छन्। बाँकी कक्षामा विद्यार्थी शून्य रहेको विद्यालयका प्रधानाध्यापक रासबहादुर बुढाले जानकारी दिए। उनका अनुसार गत चैत महिनादेखि शिक्षक आन्दोलन चलिरहेकाले “अब विद्यालय नै बन्द हुने” भन्ने अफवाह गाउँमा फैलियो। यसकै कारण अभिभावकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाएको बुढाको भनाइ छ। उनले भने, ‘विद्यार्थी भर्ना गर्ने बेला आन्दोलन चलिरहेको थियो, विद्यालय पनि…
काठमाडौं: सुदूरपश्चिम घर भएका एसएसपी दिलीपसिंह देउवासहित नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुने एसएसपीहरूमा सुदर्शन कोइराला, बिनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी,माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा रहेका छन्। यसैगरी, दीपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ पनि डीआईजी बढुवा सिफारिस भएका छन्। यस्तै मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी सिद्धिविक्रम शाहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो। त्यससँगै प्रहरीमा रिक्त हुन आउने ११ डीआईजी पदका लागि…
काठमाडौं: नेपाल प्रहरीको एआईजीमा डीआईजी सिद्धिविक्रम शाह सिफारिस भएका छन्। मंगलबार बसेको सिफारिस समितिको बैठकले उनको नाम सिफारिस गरेको हो। आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसात अघि नै शाहलाई सिफारिस गरिएको ग्रहमन्त्रालय स्रोतले जानकारी दिएको छ। शाह हाल नेपाल प्रहरीको विशेष ब्युरो प्रमुख छन्। यसअघि ४ वैशाखमा भएको एआईजी बढुवामा उनीसहित राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली छुटेको थियो। शाहलाई एआईजीमा बढुवा गर्न सत्तारुढ नेपाली कांग्रेसको तीव्र दबाब थियो। तर, बालुवाटारले २०५४ सालमा भर्ना भएका राजन अधिकारी र डा. मनोज केसीलाई समेट्ने अडान राखेपछि केही समय बढुवा सिफारिस रोकिएको थियो। अन्तिममा उनी बढुवाबाट छुटेका…
धनगढी: दिल्ली र नेपालको सुदूरपश्चिम जोडिएको सुन तथा धनमाल चोरीको प्रकरण नसेलाउँदै पुनः नयाँ प्रकरण सतहमा आएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीले भारतको दिल्लीबाट चोरी भएको प्रकरण अनुसन्धान गरिरहेकै बेला फेरि अर्को घटना आएको हो। प्रहरी स्रोतका अनुसार भारतको राजस्थानस्थित जयपुरका एक भारतीय काँग्रेस नेताको घरमा चोरी भएको घटना सार्वजनिक भएको हो। स्रोतले दिएको जानकारी अनुसार ती नेताको घरमा एक साता अगाडि १ करोड भन्दा बढी मूल्यको धनमाल तथा सुन चोरी भएको हो। चोरीमा नेपाली नागरिक (सुदूरपश्चिम) जोडिएको भन्दै नेपाल प्रहरीलाई सहयोगका लागि आग्रह गरिएको छ। जस अनुसार नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयको टोलीले अनुसन्धान थालेको छ। जसमा एकजना शंकास्पद व्यक्तिलाई…
धनगढी: धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडिमालिकामा नेपाली सेनाले मन्दिर निर्माण गर्न लागेको छ। बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण सुरु गरिएको मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिए । २०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि विभिन्न समस्याले निर्माण हुन सकेको थिएन। अहिले भने नेपाली सेना आफैंले मन्दिर निर्माण सुरु गरेको पाध्यायले बताए। विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भए पनि निर्माण हुन सकेको थिएन। ‘सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो। तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण हुन सकेको थिएन। यो पटक भने सेनाको सक्रियतामा निर्माण सुरु भएको…
धनगढी: कञ्चनपुरमा सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १८ वटा बीओपी पुगेका छन्। बडुवाल टोलमा बीओपी स्थापना भएसँगै संख्या १८ पुगेको हो। जहाँ नेपाल-भारत १२९.५ किलोमिटर सीमा क्षेत्र छ। बडुवाल टोलको बीओपीमा सई करन धामीको नेतृत्वमा २० जना सशस्त्र प्रहरी खटिएका छन्। यो बीओपीले दोधारा चाँदनी ३ को कञ्जुघाटदेखि जिरो प्वाइन्ट नयाँ बस्तीसम्मको ५ किलोमिटर क्षेत्र हेर्ने छ। महाकालीपारि पनि जोगबुढा नदीले टाढा बनाएको बडुवाल टोल पश्चिमी सीमाको बिरानो बस्ती हो। बडुवाल टोलमा जंगली जनावरको आतंक रहेकाले दोधाराचाँदनीका उपप्रमुख गंगादेवी जोशीले नागरिकलाई सुरक्षित राख्न सहज हुने बताइन्। बडुवाल टोलमा स्थापना गरिएको बीओपीले तस्करी नियन्त्रणमा पनि भूमिका खेल्ने जनाइएको छ। सशस्त्र प्रहरीले सीमित स्रोत-साधनका बीच…
धनगढी: कैलालीको मोहन्याल गाउँपालिकाले आफ्ना एक कर्मचारीलाई सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण सेवाबाट हटाएको छ। कार्यालय सहयोगी अशोक थापामाथि गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बरालका अनुसार थापाले वैशाख २४ गते फेसबुकमा अध्यक्ष उपाध्यायबारे आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै जेठ ४ गतेको निर्णयअनुसार उनलाई सेवाबाट अवकाश दिइएको हो। बरालका अनुसार सो प्रकरणबारे थापासँग लिखित स्पष्टीकरण मागिएको थियो तर उनले कुनै जवाफ नदिएकोले सेवा समाप्तिको निर्णय गरिएको हो। तर, उनले के लेखेका थिए भन्ने विषयमा गाउँपालिकाले सार्वजनिक रूपमा जानकारी दिएको छैन।