काठमाडौं: सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि नै सरकारले हटाउनुभन्दा अगाडि तीनपटक स्पष्टीकरण सोधेको थियो। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। विगतमा पनि सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। पछि उनलाई हटाएर फेरि कुलमानलाई नै ल्याइयो। घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: बझाङका मकरबहादुर धामी। जो पूर्व पत्रकारसमेत हुन्। अहिले उनै धामीको जीन्दगीमा दुर्लभ संयोग जुरेको छ। बझाङको बुंगल नगरपालिका–२ का घर भएका धामी दम्पतीको जीन्दगीमा रोचक संयोग मिलेको हो। यानिकी धामीले आफ्नै पत्नी प्रधानाध्यापक रहेको विद्यालयमा अध्यापन गर्ने मौका पाएका हुन्। उनकी श्रीमती ज्ञानु कुमारी भट्ट धामी २०७९ सालमा खोटाङबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षक रूपमा सिफारिस भई श्री पिपलडाँडा आधारभूत विद्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुईपामा प्रधानाध्यापक थिइन्। त्यस्तै, उनका श्रीमान् धामीले गत वर्ष २०८० मा सर्लाहीबाट अन्तर्वार्तामा असफल भए पनि यस वर्ष पुनः परीक्षामा सफल भई खोटाङबाट प्राथमिक तह तृतीय श्रेणी शिक्षक रूपमा सिफारिस भई श्रीमतीकै विद्यालयमा पदस्थापन…
काठमाडौं: देशकै प्रमुख तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्। छलफलमा तीननेतासँगै गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादीका उपमहासचिव शक्ति बस्नेत र नेता खिमलाल देवकोटा सहभागी छन्। त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रचण्ड शीतल निवास पुगेका थिए। करिब ४० मिनेटको भेटमा प्रचण्डले राष्ट्रपतिसमक्ष सरकारकै असफलताको कारण नागरिकमा निराशा छाएको र प्रतिगामी शक्तिहरुको गतिविधि बढेको…
धनगढी: भारतीय नागरिक आदित्य कुमार अग्रवालले नेपाली नागरिकता पनि लिएको खुलेको छ। सोही आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमामा जाहेरी पनि परेको बताइएको छ। भारतीय मूलका नागरिक अग्रवाल पहिले धनगढीस्थित एलएनचोक बस्थे भने अहिले नेपालगन्जमा बस्छन्। अग्रवाल भारत उत्तर प्रदेश, गौतम बुद्ध नगरका स्थायी बासिन्दा हुन्। उनी हाल नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा बस्दै आएका छन्। जाहेरीमा उल्लेख भएअनुसार, अग्रवालले भारतीय आधार कार्ड लिइसकेको प्रमाण भए पनि उनले नेपालमा नागरिकता लिई औषधि लगायतका व्यवसाय सञ्चालन गरिरहेका छन्। साथै, उनले नेपाल र भारत दुवै देशको सेवा–सुविधा लिएको दाबी गरिएको छ।
धनगढी: धनगढीमा आइतबार ट्याङकरले ठक्कर दिदा घाइते भएकी युवतीको मृत्यु भएको छ। आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र०१००१ प २२११ नम्बरको ट्याङ्करले साइकल यात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो। ट्याङकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै मायामेट्रो अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए। उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने उनले बताए । डीएसपी बोहराकाअनुसार ट्याङकर र चालक कञ्चनपुरको वेदकोट नगरपालिका–१ बस्ने ४९ वर्षीय प्रकाशदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा बसिरहेका विदेशी नागरिकले अझै जङ्गल छोडेका छैनन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सिडिओ गोगन हमालले बिहीबार २४ घण्टाभित्रै जङ्गल छाड्न निर्देशन दिएका थिए। तर उनको निर्देशन नाकाम बनेको देखिएको छ। निर्देशनपछि १३५ जनामध्ये ४५ जनाले जङ्गल छाडेर गएपनी अझै ९० जना विदेशी पर्यटक त्यहीँ बसिरहेका छन्। निर्देशनको अटेरी गरेपछि प्रहरीको एक टोली उनीहरू बसेको ठाउँमा गएको थियो। तर उनीहरूले ठाउँ नछाडेको बताइएको छ। स्थानीयका अनुसार १८ देशका उनीहरू त्यहाँ अर्धनग्न भएर विभिन्न किसिमको गतिविधि गर्दै आएका छन्। सन् १९८० र ९० को दशकमा अमेरिकाबाहिर युरोप, ल्याटिन अमेरिका र एसियामा पनि यस्ता जमघट हुन थालेको…
धनगढी: अस्ति शनिबार नेकपा एमाले कञ्चनपुरकी अध्यक्षसमेत रहेकी लक्ष्मी बूढाको घरमा प्रहरी इन्स्पेक्टर योगेश खत्रीले खानतलासी गरेका छन्। धनगढीस्थित वडा प्रहरी कार्यालयका प्रमुखसमेत रहेका खत्रीले शनिबार बेलुका बूढाको घरमा खानतलासी गरेका हुन्। दिउँसोतिर उनका छोरा धनगढी उपमहानगरपालिका–१३ मोहनपुर २८ वर्षीय रबिन्द्र बूढालाई धनगढी चौराहनजिक रहेको पुलिस स्कुल क्षेत्रमा व्युरोको टोलीले लागूऔषधसहित प्रहरीले फेला पारेको थियो। मोटरसाइकलमा सवार उनीसँग २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको थियो। त्यसपछि उनको घरमा पनि लागूऔषध हुनसक्ने भन्दै लागूऔषध व्युरोको टोलीले खानतलासी गर्न खोजेको थियो। तर बूढाकी आमाले व्युरोलाई अवरोध गरेपछि इन्स्पेक्टर गएर खानतलासी लिएपनी लागूऔषध भने भेटिएन। बूढाको धनगढी मोहनपुर…
काठमाडौं: नेपाली फुटबल टोली एएफसी छनौट प्रतियोगिता खेल्न तयारी अवस्थामा रगेको छ। टोली छनौट चरणकै लागि एक साता अगाडि टिम सिङ्गापुर हुँदै मलेसिया पुगेको हो। एएफसी छनौट खेल खेल्नु अघि नेपालले सिङ्गापुरलाई १-० शून्य गोलले हराएको थियो। फ्रेन्डसिफ म्याचमा नेपालले सिङ्गापुरलाई हराएको यो पहिलो हो। २१ मार्चमा सिङ्गापुरमा सो खेलमा नेपालले विजय हात पारेसँगै टोली मलेसिया पुगेको हो। नेपाली टोली लिएर म्यानेजर रमेश कार्की सिङ्गापुर हुँदै मलेसिया गएका छन्। कार्कीका अनुसार एएफसी छनौटका लागि टिम मलेसिया पुगिसकेको र खेलाडीका सम्पूर्ण आवश्यकता पूरा गर्दै नेपाली टोलीले सुरुवाती खेल जित्ने अपेक्षा गरिएको छ। जसमा कप्तानमा किरण कुमार लिम्बू र हेड कोचको रुपमा…
धनगढी: राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत १९ गतेदेखि २३ गतेसम्म धनगढीमा राष्ट्रिय युवा संघ कप–२०८१ भलिबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ। प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरका अनुसार प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ। खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको यस प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा विजयी हुने टिमहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। जसमा पहिलो स्थान: रु. २ लाख २५ हजार, दोस्रो स्थान: रु. १ लाख २५ हजार, तेस्रो स्थान: रु. ७५ हजार पुरस्कार राखिएको छ। युवा संघले…
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बरेली टोलस्थित भित्री सडक खण्डमा स्कुटर ट्याक्टरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। शनिबार भएको दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०२–००३ प ६७३२ नम्बरको स्कुटर सोही दिशातर्फ गइरहेको म १ त १०२० नम्बरको ट्याक्टरको पछाडि ठोक्किँदा स्कुटर पछाडि सवार भीमदत्त नगरपालिका–११ का ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्कुटर चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।