काठमाडौं: माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कमिटी चयन गरेको हो। अध्यक्षमा चयन भएका खड्कासहित विभिन्न पदाधिकारीहरू पनि निर्वाचित भएका छन्। खड्का नेतृत्वको कमिटी धन बहादुर बोहरा र शिव बहादुर कुँवरलाई उपाध्यक्षमा चयन गरिएको छ। यस्तै सचिवमा सुरेन्द्रमान कार्की चयन भएका छन् भने उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष खड्काले पार्टीको संगठन सुदृढीकरण र सुदूरपश्चिम प्रदेशको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिलबहादुर छत्याल चयन भएका छन्। विराटनगरमा यही चैत्र ११ गते सम्पन्न १०औं महाधिवेशनबाट छत्याल प्रदेशको इन्चार्जमा सर्वसम्मत चयन भएका हुन्। दुई दशक बढी समयदेखि पत्रकारीतामा सक्रिय उनी प्रेस चौतारीका केन्द्रीय सदस्य थिए। सुदूरपश्चिमको इन्चार्ज भईसकेपछि अब प्रदेशमा छत्यालले चौतारीलाई सशक्त रूपमा अगाढी बढाउने विश्वास लिइएको छ। २०५६ सालदेखी चौतारीमा आबद्ध छत्याल २०६८ सालमा चौतारीबाट टिकट पाएर सुदूरपश्चिमबाट पत्रकार महासङ्घको केन्द्रीय चुनावमा सदस्यमा निर्वाचित भएका थिए। उनी चौतारीको दुई कार्यकाल केन्द्रीय सदस्य रहे। २०६४ सालमा पत्रकार महासङ्घ डोटी शाखाको अध्यक्षमा निर्वाचित भएका उनी नेपाल भारत पत्रकार संघका अध्यक्ष समेत हुन्।
काठमाडौं: अस्ति काठमाडौंस्थित तिनकुनेमा भएको हिंसात्मक आन्दोलनका आन्दोलनकारीलाई प्रहरीले धमाधम समातिरहेको छ। २ जनाको ज्यानै गएको गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक घटनामा प्रहरीले हालसम्म डेढ सय जनालाई पक्राउ गरेको छ। कार्यक्रमको कमान्डर तोकिएका दुर्गा प्रसाईंलाई प्रहरीले भगौडाको सूचीमा राख्दा राजसंस्था पुर्नस्थापनका लागि संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी घरमै प्रहरी घेरामा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणसहित ४१ जनाविरुद्ध मुद्दा दर्ता गर्न प्रहरीले प्रतिवेदन तयार पार्दैछ। आज फेरि प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। तर, उक्त दिन भीडलाई उक्साउन मुख्य भूमिका खेलेका नाइके एवम् जनकमाण्डर भनिएका प्रसाई अझै बेपत्ता छन्। प्रहरी स्रोत भन्छ,…
काठमाडौं: नेपाल प्रहरीले स्टाफ कलेज अध्ययनका लागि खुलाएको मास्टर्स इन पोलिटिकर साइन्स (एमपीएस) परिक्षाको नतिजा सार्वजनिक गरेको छ। परिक्षामा सहभागी भएकामध्ये १७ जना उत्तीर्ण भएकाे प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको सिम्याटका लागि नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) सहभागी भएको उक्त परिक्षामा १७ जना उत्तीर्ण भएका हुन्। ४० जनाको कोटा रहेकोमा १७ जनामात्र उत्तीर्ण भएका हुन्। स्टाफ कलेजको प्रवेश परीक्षा एक सय ३० जनाले दिएका थिए। मंगलबार नजिता सार्वजनिक गरिएको हो। नेपाल प्रहरीमा पहिलोपटक स्टाफ कलेज सुरु हुन लागेको हो। २०७० सालमा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु हुन लागेको हो । सो ब्याचका…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ। (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए। उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ। डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो। आइतवार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो। बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो। डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए।
धनगढी: डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ । सिलगढी नगरपालिका–१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। बोहरा सोही जीपका धनी हुन्। आदर्श गाउँपालिका–२ को कुचेडा बस्ने उनी जीप पछाडी ढालामा बसेको अवस्थामा सडकमा खसेका थिए। घाईते भएका उनलाई उपचारका लागी शैलेश्वरी अस्पताल लगिएको थियो तर बोहराको उपचारकै क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ। जीप र चालक आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय बिराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकीस्थित भीमदत्त नगरपालिका–११ मा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई हेरोइन बरामद गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय करन पन्त र २६ वर्षीय अमित पन्त रहेका छन्। करन पन्त भारतको उत्तराखण्ड राज्यको उधमसिंहनगरका बासिन्दा हुन् भने अमित पन्त कञ्चनपुरको भीमदत्त नगरपालिका–५, सुखासालका स्थानीय हुन्। प्रहरी टोलीले विशेष सूचनाका आधारमा सेतो रङको युके ०६ डीबी ८३८९ नम्बरको टीभीएस १२५ सीसी मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गड्डाचौकीमा रोकी जाँच गर्दा मोटरसाइकलको साइड प्यानलभित्र खुकुरीको डिब्बामा सेतो प्लास्टिकमा बेरिएको अवस्थामा १.७९…
धनगढी: बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ चितुवाको आक्रमणमा परी ८ वर्षीय विजय रावतको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार रावत घर नजिकै आँगनमा खेलिरहेको समयमा चितुवाले अचानक आक्रमण गरेको थियो। घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ। घटना पश्चात् स्थानीयमा त्रास फैलिएको छ। प्रहरी तथा वन विभागको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं: कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाट गरेको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ। हिजो छ र आज तीन जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरुको साथबाट लुटपाट गरिएको सामानसमेत बरामद गरिएको एसपी अंगुर जिसीले जानकारी दिए। आज पक्राउ परेकामा धनुषाका आशिष सिंह, सर्लाही घर भएका प्रेमकुमार महतो र भारतीय राज्य बिहारका रविरञ्जन कुमार हुन्। हिजो नुवाकोटका सुशिला कुमाल, धरानकी एलिसा राई, सिन्धुपाल्चोककी निर्मला कार्की, बालकुमारी कार्की, चित्रमाया बस्नेत र सुशिला बराल पक्राउ परेका थिए। उनीहरुको साथबाट मदिराका बोटल (ब्ल्याक लेबल, ज्याक डेनियल्स, यर्सागुम्बा, बियर), कपडा (हाफ पाइन्ट, ट्राउजर), अण्डाको क्यारेट, फलफूल र कस्मेटिकका सामान (लिपिस्टिक, ऐना, गाजल)…