Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: एक वरिष्ठ अधिवक्तामाथि ठगी र बैंकिङ कसूरमा मुद्दा दायर भएको छ। बैतडी घर भई काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बस्दै आएका वरिष्ठ अधिवक्ता त्रिलोकबहादुर चन्दविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। जबरजस्ती करणीको मुद्दामा मिलापत्र गराइदिन्छु भन्दै चन्दले गिरी थरका व्यक्तिबाट १४ लाख रुपैयाँ लिएको आरोप छ। चन्दले विपक्षी वकिल र न्यायाधीशलाई पैसा खुवाउनुपर्छ भन्दै लाखौं रुपैयाँ लिएका थिए। तर, मुद्दा उल्टो बिगारेपछि पीडितले पैसा फिर्ताका लागि पटक–पटक दबाब दिएका थिए। यस क्रममा चन्दले गत असार २४ गते एनएमबी बैंक, पुतलीसडक शाखाको चेक दिए पनि सो चेक बाउन्स भएको थियो। चेक बाउन्स भएपछि पीडितले चन्दविरुद्ध बैंकिङ कसूरमा मुद्दा दायर…

Read More

काठमाडौँ: मित्रराष्ट्र म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयअनुसार मेडिकल राहत सहित नेपाली सेनाको टोली आज मिति २०८१ चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको छ। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको CN-235 CASA विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो। विभिन्न प्रकारका आवश्यक औषधि तथा उपकरणसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका छन्। नेपाली सेनाको उक्त टोलीले करिब एक साता म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा रही घाइतेहरूको स्वास्थ्य उपचारमा खटिनेछ। नेपाल…

Read More

एजेन्सी: थाइल्याण्ड भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका प्रधानमन्त्री पाएतोङतारन शिनवात्रासँग औपचारिक भेट गरेका छन्। ५० जनाको जम्बो टोलीसहित हिजो बैंकक पुगेका प्रधानमन्त्रीको उपस्थितिमा दुई मुलुकबीच आठवटा सम्झौता तथा सहमतिहरु भएका छन्। भोलिदेखि शुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नै त्यहाँ पुग्ने कार्यक्रम छ। पर्सि सम्मेलनमा उपस्थित भएर औपचारिक समापन अगावै उनी श्रीलंकाको तीन दिने भ्रमणका लागि उतैबाट कोलम्बो प्रस्थान गर्ने बताइएको छ।  टाइम्स अफ इण्डियाका अनुसार नेपाली अधिकारीहरुले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच साइडलाइन भेटवार्ताको लागि पहल गरेका छन्। तर, भारतीय पक्षबाट त्यसबारे ठ्याक्कै नभनेकाले भेटवार्ता अझै अनिश्चित देखिएको छ।

Read More

काठमाडौं: माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कमिटी चयन गरेको हो। अध्यक्षमा चयन भएका खड्कासहित विभिन्न पदाधिकारीहरू पनि निर्वाचित भएका छन्। खड्का नेतृत्वको कमिटी धन बहादुर बोहरा र शिव बहादुर कुँवरलाई उपाध्यक्षमा चयन गरिएको छ। यस्तै सचिवमा सुरेन्द्रमान कार्की चयन भएका छन् भने उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष खड्काले पार्टीको संगठन सुदृढीकरण र सुदूरपश्चिम प्रदेशको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Read More

धनगढी: प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिलबहादुर छत्याल चयन भएका छन्। विराटनगरमा यही चैत्र ११ गते सम्पन्न १०औं महाधिवेशनबाट छत्याल प्रदेशको इन्चार्जमा सर्वसम्मत चयन भएका हुन्। दुई दशक बढी समयदेखि पत्रकारीतामा सक्रिय उनी प्रेस चौतारीका केन्द्रीय सदस्य थिए। सुदूरपश्चिमको इन्चार्ज भईसकेपछि अब प्रदेशमा छत्यालले चौतारीलाई सशक्त रूपमा अगाढी बढाउने विश्वास लिइएको छ। २०५६ सालदेखी चौतारीमा आबद्ध छत्याल २०६८ सालमा चौतारीबाट टिकट पाएर सुदूरपश्चिमबाट पत्रकार महासङ्घको केन्द्रीय चुनावमा सदस्यमा निर्वाचित भएका थिए। उनी चौतारीको दुई कार्यकाल केन्द्रीय सदस्य रहे। २०६४ सालमा पत्रकार महासङ्घ डोटी शाखाको अध्यक्षमा निर्वाचित भएका उनी नेपाल भारत पत्रकार संघका अध्यक्ष समेत हुन्।

Read More

काठमाडौं: अस्ति काठमाडौंस्थित तिनकुनेमा भएको हिंसात्मक आन्दोलनका आन्दोलनकारीलाई प्रहरीले धमाधम समातिरहेको छ। २ जनाको ज्यानै गएको गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक घटनामा प्रहरीले हालसम्म डेढ सय जनालाई पक्राउ गरेको छ। कार्यक्रमको कमान्डर तोकिएका दुर्गा प्रसाईंलाई प्रहरीले भगौडाको सूचीमा राख्दा राजसंस्था पुर्नस्थापनका लागि संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी घरमै प्रहरी घेरामा छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणसहित ४१ जनाविरुद्ध मुद्दा दर्ता गर्न प्रहरीले प्रतिवेदन तयार पार्दैछ। आज फेरि प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। तर, उक्त दिन भीडलाई उक्साउन मुख्य भूमिका खेलेका नाइके एवम् जनकमाण्डर भनिएका प्रसाई अझै बेपत्ता छन्। प्रहरी स्रोत भन्छ,…

Read More

काठमाडौं: नेपाल प्रहरीले स्टाफ कलेज अध्ययनका लागि खुलाएको मास्टर्स इन पोलिटिकर साइन्स (एमपीएस) परिक्षाको नतिजा सार्वजनिक गरेको छ। परिक्षामा सहभागी भएकामध्ये १७ जना उत्तीर्ण भएकाे प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको सिम्याटका लागि नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) सहभागी भएको उक्त परिक्षामा १७ जना उत्तीर्ण भएका हुन्। ४० जनाको कोटा रहेकोमा १७ जनामात्र उत्तीर्ण भएका हुन्। स्टाफ कलेजको प्रवेश परीक्षा एक सय ३० जनाले दिएका थिए। मंगलबार नजिता सार्वजनिक गरिएको हो। नेपाल प्रहरीमा पहिलोपटक स्टाफ कलेज सुरु हुन लागेको हो। २०७० सालमा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु हुन लागेको हो । सो ब्याचका…

Read More

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ। (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए। उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।

Read More

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ। डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो। आइतवार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो। बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो।  डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए। 

Read More

धनगढी: डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ । सिलगढी नगरपालिका–१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। बोहरा सोही जीपका धनी हुन्। आदर्श गाउँपालिका–२ को कुचेडा बस्ने उनी जीप पछाडी ढालामा बसेको अवस्थामा सडकमा खसेका थिए। घाईते भएका उनलाई उपचारका लागी शैलेश्वरी अस्पताल लगिएको थियो तर बोहराको उपचारकै क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ। जीप र चालक आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय बिराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

Read More