काठमाडौँ- नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । police_saruwaDownload
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – नेपाल प्रहरीका १२१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षकको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 6448_dsp_saruwa_20820110Download
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् । ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्य मन्त्री तामाङगँग रिसाएका थिए । नेपाली कांग्रेसका नेता तामाङलाई गत २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनाइएको थियो । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् र २०७८ मा रामेछाप सभापति तथा २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं- सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेका छन् । उनको स्थानमा प्रधानमन्त्री ओलीले एमाले नेता एवम् समानुपातिक सांसद रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । उनले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शीतल निवासमा फोन गरेर शपथको तयारी गरिदिन भनेको छ । प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय भएको छ । उनको शपथ बिहीबार गराउने तयारी भएको बजगाईंले बताए ।
काठमाडौं – दुई नेपाली भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको शिकार बनेका छन् । घटनामा रुपन्देहीको बुटवलका युवा सुदीप न्यौपानेले ज्यान गुमाए भने रेणु पाण्डे घाइते भएकी छिन् । रेणुको ठेगाना खुलाइएको छैन । सुदीप आमा र बहिनीलाई लिएर पहलगाम घुम्न गएका थिए । आमा र बहिनी भने सकुशल रहेको बताइएको छ । पहलगाममा मङ्गलबार साँझ भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा २६ जनाको ज्यान गएको छ ।यस्तै १७ जना घाइते भएका छन् । त्यहाँ आतङ्कवादीले नाम सोधेर हिन्दू समुदायका पर्यटकमाथि आक्रमण गरेका थिए ।
धनगढी- कैलालीस्थित गेटा अस्पताल चालु आर्थिक वर्षको करिब दुई महिना प्रमुखविहीन रह्यो। अस्पतालमा निर्देशकका रूपमा पठाइएका डा. अशोक श्रीपालीले माघ ६ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएपछि नेतृत्वविहीन अवस्था सिर्जना भएको थियो। अस्पताल प्रमुख नियुक्तिको विषय निकै पेचिलो बन्दै गएको बेला आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा डा. प्रमोद यादवलाई अस्पतालको निर्देशकको जिम्मेवारी दिइयो। यादवले चैत्र पहिलो साता पदभार ग्रहण गरे पनि कार्यालयमा हाजिर एक सातापछि मात्रै भए। पदभार ग्रहणलगत्तै उनले अस्पतालमा संचालित सेवा सुधारको प्रतिबद्धता जनाए पनि व्यवहारमा भने खरिद प्रक्रियामा सेटीङ भएको देखिएको छ। अस्पतालले चैत्र ३१ गते एक सूचना र वैशाख २ गते दुई सूचना प्रकाशित…
धनगढी – धनगढी विमानस्थलको नाममा करोडौं रुपैयाँको अपचलन र अनियमितता भएको आरोपमा मुछिएका पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समूहविरुद्ध सार्वजनिक लेखा समितिले औपचारिक रूपमा छानबिन प्रक्रिया सुरु गरेको छ। समितिले सोमबार पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सात दिनभित्र सबै विवरणसहित प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो। गत वैशाख ४ गते आलेविरुद्ध सार्वजनिक लेखा समितिमा उजुरी दर्ता भएपछि यो प्रकरण संसदसम्म पुगेको हो। उजुरीमा धनगढी विमानस्थलको विस्तारका लागि विनियोजित बजेटमा व्यापक भ्रष्टाचार र पदको दुरुपयोग गर्दै निजी कम्पनीमार्फत जग्गा खरिदमा अनियमितता गरिएको उल्लेख छ। उक्त उजुरीमा उल्लेख भएअनुसार, मन्त्री रहेका बेला आलेले नेपाल नागरिक…
कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला परेको छ । बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट रोडनजिकै मंगलबार बिहान शव फेला परेको हो । बेल्डाँडी गाउँपालिका–३, कमरीका ५० वर्षीय हरिकिसन रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी चक्रराज जोशीले जानकारी दिए । सडकछेउको भुससँगै मोटरसाइकलसहित जलेको अवस्थामा शव फेला परेको हो । तोरी चुटेको भुसमा आगोले बलिरहेको मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको उनले बताए । जलेको शवसँगै उनको मोबाइल, पर्स र बेल्ट थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।
धनगढी – सार्वजनिक लेखा समितिका सदस्य र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि धनगढी विमानस्थल विस्तारको नाममा करोडौं रुपैयाँको अपचलन र भ्रष्टाचार गरेको आरोप लागेको छ । समितिमै परेकाे गरिएको उजुरीमा मन्त्री आलेले पदको दुरुपयोग गर्दै निजी फाइदाका लागि सरकारी बजेट प्रयोग गरेको उल्लेख छ । उजुरी अनुसार, आलेले आफ्नो कार्यकालमा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको मुद्दती खाताबाट १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गराई सोही रकम धितोमा राखेर पुनः ऋण लिएको आरोप लागेको छ । सो ऋणको प्रयोग गरी उनले धनगढी विमानस्थल वरपरका क्षेत्रहरूमा ७५ करोड रुपैयाँ बराबरको ३० बिघा जग्गा खरिद गरेको उल्लेख छ । उक्त प्रक्रिया…