काठमाडौं- सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेका छन् ।
उनको स्थानमा प्रधानमन्त्री ओलीले एमाले नेता एवम् समानुपातिक सांसद रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् ।
उनले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शीतल निवासमा फोन गरेर शपथको तयारी गरिदिन भनेको छ । प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय भएको छ । उनको शपथ बिहीबार गराउने तयारी भएको बजगाईंले बताए ।
Facebook Comments Box