धनगढी: धनगढीस्थित विमानस्थलमा एकजना कर्मचारीसँग साढे ८ लाख रकम फेला परेको छ। धनगढी विमानस्थल हुँदै काठमाडौं जाने क्रममा चेकजाँच गर्दा जनताको तटबन्ध कार्यक्रम महेन्द्रनगरका प्रमुख समेत रहेका श्री प्रसाद शाहसँग सो रकम भेटिएको हो। बुधबार प्रहरीले एक्सरे मेसिनमा चेकजाँच गर्दा सो रकम फेला पारेको थियो। त्यसपछि घटनाबारे एयरपोर्ट प्रहरीले माथिल्लो कार्यालयलाई रिपोर्ट गरेकोमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय हुँदै प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापासम्मै कुरा पुगेको थियो। तर लाखौं रकम फेला परेका शाहलाई भने प्रहरीले छाडेको छ। अन्य नागरिकको हकमा नियन्त्रणमा लिने प्रहरीले सो रकमको स्रोत खुलेको भन्दै छाडिएको जनाएको छ। यद्यपि स्रोतका अनुसार शाहलाई गृह मन्त्रालयको दबाबमा छाडेको बुझिएको छ।…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: प्रहरी र अदालतलाई नै गुमराहमा राख्दै सर्वाेच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले एक पत्र बनाए। उनले बनाएको त्यो पत्र आफैंले काठमाडौं प्रहरी परिसरमा बुझाए। सो पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी बुधबार केही घण्टा जेलमा परे। चौधरी अहिले भने रिहा भैसकेका छन्। सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका चौधरीलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो। प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो। त्यसपछि कारागार पुर्याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो। सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो। सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक…
काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर,काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो। जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको लागि राजधानीको कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पुगेका रेशमलाई आज दिउँसो सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका थिए। पक्राउलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो। रेशम पक्राउ परेपछि सर्वोच्च अदालतको मुद्दा शाखाले प्रहरीलाई पठाएको पत्र सार्वजनिक भयो। सो पत्र आउनासाथ खैलाबैला मच्चियो। सर्वोच्चबाट भएको फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयले सम्बन्धित निकायमा पत्राचार गर्नुपर्ने हो। तर,मुद्दा शाखाले प्रहरीलाई पत्र पठाएपछि त्यहीँ शंका उब्जियो। अदालतमा मुद्दा विचाराधीन हुँदा कहिलेको आदेशले उनलाई…
काठमाडौं: कैलाली घर भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकता घोषणा सभाका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका उनलाई प्रहरीले त्यहीबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले चौधरी पक्राउ परेको पुष्टि गरे। उनका अनुसार सर्वोच्च अदालतको फैसला कार्यन्वयनका लागि चौधरीलाई डिल्लीबजार कारागार पठाइएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकताको गर्ने कार्यक्रममा पुगेका चौधरी त्यहीँ समातिएको बताइएको छ। सर्वोच्च अदालतले टीकापुर घटनामा थुनामा राख्न आदेश गरेकोमा उनी समातिएका हुन्। बुधवार दिउँसो नागरिक उन्मुक्तिसँग जनमतको एकता कार्यक्रम तय भएको थियो। एकता कार्यक्रममा सहभागी हुन दुवै पार्टीका कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भइसकेका छन्।…
धनगढी: कञ्चनपुरको लालझाडी एक युवक मृत फेला परेका छन्। बुधबार बिहान लालझाडी गाँउपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन्। राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेकोे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार साइकलसहित राना मृत भेटिएका छन्। मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन्। मंगलबार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए। मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरिरको कपडा थिएन। अहिले मृतकको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पठाइएको…
अछामः नेकपा एमाले अछामको अध्यक्षमा शिव प्रसाद उपाध्याय चयन भएका छन्। ९औं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो। यस्तै अधिवेशनबाट तिलक कुवर उपाध्यक्ष, हिरण्ड भट्टराई सचिव, टोपबहादुर शाही र गौमती शाही उपसचिव चयन भए। अन्य ३१ जना सदस्यमा चयन भएका छन्। गत शनिबार पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले ९औं अधिवेशनको उद्घाटन गरेका थिए।
डोटी: डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका-२ मेलखोला स्थित भीमदत्त राजमार्गमा मंगलबार राति दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नु पूर्व नै मृत घोषणा गरेका हुन्। बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम…
काठमाडौं: नेपाल सरकारले नेपाल प्रहरीका ६ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)हरूको नयाँ पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयले सोमबार पदस्थापनको पत्र प्राप्त गरेको हो। नयाँ पदस्थापनअनुसार एआईजी चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा खटाइएको छ भने लालमणि आचार्य कार्य विभागको जिम्मेवारीमा पुगेका छन्। त्यसैगरी, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ। यस्तै, एआईजी दान बहादुर कार्की मानव स्रोत विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान विभाग र मनोज केसीलाई प्रदेश समन्वय विभागमा जिम्मेवारी दिइएको छ।
काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले कमाण्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरूलाई तत्काल परिणाममूखि काम गर्न नसके जुनसुकै बेला कमाण्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन्। ‘सशस्त्र प्रहरीको बर्दी चम्काउने की यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईंहरूको हातमा छ त्यसैले संवेदनशिल भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजश्व संकलनका लागि २४ घण्टा सक्रिय रहनु,’ उनले भने। त्यस्तै आइजिपी अर्यालले लोभलालचमा नफसी संगठनको नीति नियम अनुसार काम गर्न पनि निर्देशन दिए। ‘देश र समाजको लागि गौरव गर्न लायक काम गर्न सक्नुभएन भने र व्यक्तिगत लोभलालचमा फस्नु भयो भने तपाईलाई कुनै शक्तिले…
धनगढी: कैलालीमा सरकारी वकिलको कार्यालयबाट फरार भएकी महिलालाई भारतबाट पक्राउ गरेको भन्दै चार जना प्रहरीलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक(सई) गजेन्द्र बहादुर चन्दसहित चार जना प्रहरीलाई रेकर्डमा जनिनेगरि नगदसहित पुुरस्कृत गरेको जनाएको छ। पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी सहायक हवल्दारद्धय रविन्द्र शाही र सन्तोश महरा तथा प्रहरी जवान महेश ओझा रहेका छन्। उनीहरुलाई कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले पुरस्कृत गरेका हुन्। मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि ल्याएका बेला आइतबार दिउँसो धनगढीस्थित जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित भागेकी थिइन्।…