काठमाडौं : नेपाल प्रहरीका इन्सपेक्टर तिलकबहादुर बमविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गरेको आरोपमा उनीमाथि कारबाही माग गरिएको छ । गत शनिबार नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको पक्षमा माइतीघरमा भएको आन्दोलनमा इन्सपेक्टर बमले केही अभियान्ताहरुमाथि बल प्रयोग गरेका थिए । सोम शर्मा लगायत केहीलाई भुईमा लडाएर मुक्काले हानेको भिडियो भाइरल भएको छ । भिड नियन्त्रणमा न्यूनतम बल प्रयोग गर्नुपर्नेमा नियन्त्रणमा लिएर कुटपिट भएपछि प्रहरी विवादमा परेको हो ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएपछि सोहीअनुसार आयोगले काम अगाडि बढाउने भएको छ । छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू सहभागी थिए । सुदूरपश्चिममा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद खाली छ । त्यस्तै दार्चुलाको दुहुँ गाउँपालिका ५, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६का वडाध्यक्ष पद पनि खाली छ । सुदूरपश्चिममा उपाध्यक्षसहित ५…
धनगढी: सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा गितादेवी माललाई नियुक्त गरिएको छ। संसदीय दलका नेता मानबहादुर धामी (सन्तोष) ले माललाई नियुक्त गरिएको जानकारी दिए। उनका अनुसार यस अगाडि प्रमुख सचेतक नियुक्त गरिएकोमा अहिले उनलाई नियुक्त गरिएको हो। माल पूर्वमन्त्री समेत हुन्। उनी तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बनेकी थिइन्। उनी डडेल्धुराकी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य हुन्।
धनगढी : सेती प्रादेशिक अस्पतालको क्यान्टिनमा अखाद्य खाना फेला परेको छ । धनगढी उपमहानगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समिति, वडा प्रहरी कार्यालय र खाद्य व्यवस्था तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमनका क्रममा अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु भेटिएको हो । अस्पताल परिसरमा रहेको क्यान्टिनको एउटै फ्रिजभित्र मासु र दुध राखेको पाइएको छ । दुध र मासु एउटै ठाउँमा खुल्ला रुपमा राखिँदा रिएक्सन हुने जोखिम रहेको अनुगमन समितिका सदस्य रमेश मल्लले जानकारी दिए । सो क्यान्टिनबाट ३ प्लेट नपकाएको मःमः, ३ किलो कलर हालेको अचार, ३ किलो कुखुराको मासु र १० लिटर दुध बरामद गरी नस्ट गरिएको छ । अस्पतालको क्यान्टिनलाई…
धनगढी: अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीका प्रमुख तथा प्रहरी हवल्दार शिद्धराज विष्ट सम्मानित भएका छन्। धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरमा लागेको श्री शिवपुराण ज्ञान महायज्ञ अभिषेकात्मक अनुष्ठान तथा श्रृंगारिक महाआरती कार्यक्रममा उनलाई सम्मान गरिएको हो। उनले साउन महिनाभर बेहडाबाबा मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि यात्रा सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको कमाण्डमा अहिलेसम्मकै राम्रो ट्राफिक व्यवस्थापन भएको दाबी गरिएको छ। यसअघि सो क्षेत्रमा दर्शन गर्न जाँदा भीडभाड लाग्ने गरेको थियो। साथै उनले धनगढी उपमहानगरपालिका–१९ फुलवारी लगायतका क्षेत्रमा पछिल्लो समय उत्कृष्ट काम गर्दै आएका छन्। उनले त्यहाँका नागरिकमा जनचेतना फैलाउनेदेखि ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै आएका छन्।
डडेल्धुराः डडेल्धुरामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको मृत्यु भएको हो। उनलाई राति सुतेका बेलासर्पले डसेको थियो। उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका-१० मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। खमौराका ५ वर्षीय अखिल मालीको सर्पले डसेर मृत्यु भएको हो। सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले उनलाई डसेको थियो। लगत्तै मालीलाई धनगढीको नोभा अस्पतालमा पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ।
धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको संयोजकमा राजेन्द्र रावललाई नियुक्त गरेको छ। संगठनले लामो समयदेखि नेतृत्वविहिन रहेको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीलाई नयाँ नेतृत्व प्रदान गर्दै रावललाई संयोजकको जिम्मेवारी सुम्पिएको हो। संगठनको विधानअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिँदै रोहित बम इन्चार्जले जानकारी दिए। रावलको नियुक्तिसँगै सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले अब संगठनका गतिविधिहरूलाई थप सशक्त बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ।
काठमाडौँ : रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको बताएका छन् । आज सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा उनले संविधानप्रदत्त जिम्मेवारी एवं अन्य चुनौतीपूर्ण कार्य निर्वाह गर्न भविष्यमा पनि सेना सफल हुने विश्वास व्यक्त गरे । रक्षामन्त्री राईले भने, “नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका हुन्छ । उच्च हौसलासहित कर्तव्यपथमा समर्पित भई काम गर्नुस् ।” रक्षा सचिव रामेश्वर दङ्गालले सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायत विषयमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । सो अवसरमा कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले सेनाका…
धनगढी : डोटीमा एक जना मृत फेला परेका छन्। जिल्लाको जोरायल गाउँपालिका––२ बुडर बजारस्थित होटलमा हाल नाम, थर, नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
काठमाडौं : नेपाल प्रहरीले प्राविधिक प्रहरी नायब निरीक्षक (सई)लागि लिएको परीक्षामा ५८ जना उत्तीर्ण भएका छन् । प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत इन्जिनियरिङ र स्वास्थ्य उपसमूहतर्फ रिक्त सई पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न २०८० कात्तिक १७ गते विज्ञापन खुलाएको थियो । त्यसअनुसार प्रहरी प्रधान कार्यालयमा सञ्चालित अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको हो । tec-asi-final_result-2081-04-24Download