काठ्माडौं : सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढीमाई नगरपालिका-१० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए । ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर (सिरहा) फर्केका थिए । त्यसपछि नुहाई धुवाइ…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः अछाममा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिकामा मंगलबार दिउँसो एक बालकको ज्यान गएको हो। तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको ज्यान गएको छ। करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको हो। मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताइएको छ। बिमलसँगै गएका झंकर भने सकुशल रहेका छन। मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ।
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको रातो किताब बिचौलियाहरुले लिक गरेका छन् । सरकार र अर्थ मन्त्रालयले सार्वजनिक गर्नुअघि नै लिक भएर भाइरल बनेको हो। सरकारले असार १ गते ल्याएको बजेट छलफलकै क्रममा रहेको छ । बजेट ल्याएपछि प्रदेश सभा सञ्चालन नहुदाँ बजेट पास हुन सकेको छैन् । तर विचौलियाहरुले रातो किताब सामाजिक सञ्जालमा भाइरल गरिरहेका छन् । उनीहरु रातो किताब भएको भन्दै बजेट र योजनाहरुको पिडिएफ फाइल भाइरल गरिरहेका छन्। विचौलियाहरुले सामाजिक सञ्जाल, ह्वाट्सएप, म्यासेन्जरमा सो फाइल भाइरल छ। प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको…
काठमाडौँ : अर्थ मन्त्रालयले ५ जना सहसचिवहरुको आन्तरिक सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सहसचिवविरुद्ध मुद्दा दायरबाट गरेको थियो। सोसँगै उनीहरु निलम्बनमा परेपछि मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो। अर्थ मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख र नरेन्द्र रानालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै नारायण सापकोटालाई प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालय, सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ।
काठमाडौं : निर्माणको ठेक्का लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने डेढ दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका ठेकेदारहरुमा अमर–उदय सागर जेभी, शोभा विल्डर्स एण्ड सप्लायर्स प्रालि, वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि, सुप्रभात निर्माण सेवा, समृद्धि यशहश्वी कन्स्ट्रक्सन प्रालि, देउती कन्स्ट्रक्सन प्रालि, राजधानी कन्स्ट्रक्सन छन् । यस्तै, न्यून कालिका निर्माण सेवा, युसक कन्स्ट्रक्सन, भुमा निर्माण सेवा, तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, आत्रेय÷शिवाको÷बस्नेत जेभी, तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बुढाथोकी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बिभोर निर्माण सेवा, एमडी ब्रो कन्स्ट्रक्सन प्रालि, नेपाल भूमि कन्स्ट्रक्सन कम्पनी प्रालि र मान्यता निर्माण…
काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘विनियोजन विधेयक २०८१’ बहुमतले पारित भएको घोषणा गरे । गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट तर्जुमामा केही कमजोरी रहेको स्वीकार गर्दै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए। उनले अर्थमन्त्री वर्षमान पुन, भौतिक योजनामन्त्री रघुवीर महासेठ र शहरी विकासमन्त्री धनबहादुर बुढालाई…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको बताएका छन् । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताए। प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल सरकार नेपाल भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ।’ आफूले भारत भ्रमणका क्रममा नेपाल भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया आएको प्रधानमन्त्री प्रचण्डले बताए ।…
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए । ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले गृह मन्त्रालयलाई पनि यो निकाय राष्ट्रिय अनुसन्धान विभाग चाहिने नै भयो भनेर मसँग विषय राखिरहनुभएको छ । यसमा एउटा राजनीतिक समझदारी बनाएपछि त्यसो गर्न सकिँदैन भन्ने मलाई लाग्दैन’, उनले भने । तर विश्वका अरु देशमा पनि गुप्तचर निकाय मुलुकको प्रमुख कार्यकारी मातहत रहने अभ्यास रहेको प्रधानमन्त्रीले बताए…
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा (रिजल्ट) बिहीबार (असार १३) सम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनले बताए। परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम…
धनगढी : साल्ट ट्रेडिङ कर्पोरेसनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भिड नलाग्न आग्रह गरेको छ। नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भिड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो। कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीनवटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत् रहेको बताए। उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए। उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ। बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भिड नगर्न आग्रह गरे।…