Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीसँग नाका जोडिएको गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका एक युवकबाट दुई जना अटो चालकले नेपाली सुरक्षाकर्मीलाई दिने भन्दै पैसा मागेपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अटो चालक धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षका मानबहादुर बयाडी र धनगढी-२ चौराह बस्ने ३१ वर्षका करन बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुले शुक्रबार गौरीफन्टा नाकाबाट नेपाल आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षका लोकेन्द्र ओझाबाट दुई हजार भारतीय रुपैयाँ मागेका थिए। नेपालका सुरक्षाकर्मीलाई दिनुपर्छ भन्दै पैसा मागेको पाइएपछि दुबै जनालाई सशस्त्र प्रहरी त्रिनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर कैलाली प्रहरीको जिम्मा लगाइएको जनाइएको छ। सुरक्षा संगठनलाई नै बदनाम…

Read More

धनगढी: धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन। घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन्। डिपोका कारण सधैं त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ। स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्छन्। पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्‍क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ। ‘घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ,’ माधवीले भनिन्, ‘डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ।’ केही वर्ष पहिले जङ्‍गल…

Read More

काठमाडौँ: सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालद्वारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ। गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ। गीतको भिडियोमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियङ्का कार्की, जीवन कुमार ज्ञवाली, शिव शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ। गीतलाई ओएस आर डिजिटल युट्युब च्यानलले सार्वजनिक गरेको हो। https://youtu.be/AP-sD_x1Rtc?si=CdmFyHYDvnJ7D-do

Read More

काठमाडौं: डोटीको एक अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको छ। बुधबार राति राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो। शिखर नगरपालिका वडा नम्बर ३ मा पर्ने मामा घरमा खेल्ने क्रममा उनको हात भाँचिएको थियो। १७ गते आमा ज्ञानु सार्कीसँगै मामाघर गएकी रजनीको मामाघरका बालवालिकासँग खेल्नेक्रममा हात भाँचिएको हो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। स्रोतका अनुसार सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले रियाक्सन गरी मृत्यु भएको हो। त्यसपछि प्रहरीले सो घटनामा जिल्ला…

Read More

धनगढी: दार्चुलामा एक प्रहरी सहायक हवल्दारले आतंक मच्चाएको आरोप लागेको छ। जिल्लाको नौगाड गाउँपालिका ६ स्थित सुकेखोला अस्थायी प्रहरी पोष्टका इन्चार्ज समेत रहेका सहायक हवल्दार वीर बहादुर धामीले आतंक मच्चाएको आरोप लागेको हो। उनले स्थानीय क्षेत्रमा असुली गर्ने, मदिरा माग्ने लगायत व्यापारी तथा स्थानीयलाई त्रसाउने गरेको आरोप छ। यस्तै उनले सोही क्षेत्रको खोलामा अवैध तरिकाले करेन्ट प्रयोग गरेर माछा पनि मार्ने गरेका छन्। सो विषयमा तालुक कार्यालयले भने छानबिन गर्ने जनाएको छ।

Read More

बुटवल: रुपन्देहीमा सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धानको टोलीमाथि एक समूहले आक्रमण गरेको छ। सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको बेलामा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीमाथि आक्रमण भएको हो। जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट सशस्त्र प्रहरी र राजश्वको टोलीले ११२ बोरा चिनी बरामद गरेको थियो। उक्त चिनी लिएर फर्किने क्रममा स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको हो। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो। सो टोलीले मुजहनाका…

Read More

धनगढी: पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति यहीँ महिनाको २५ गते गृहजिल्ला डडेल्धुरा आउने भएका छन्। सुरक्षा स्रोतका अनुसार उनी जिल्लास्थित विभिन्न मेला तथा पर्वमा सहभागी हुनका साथै पार्टी एवं राजनीतिक कार्यक्रमका लागि गृहजिल्ला आउन लागेका हुन्। उनी अर्को महिनाको १ गतेसम्म जिल्लामै बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। यसक्रममा काँग्रेस कैलालीले भने नेता कार्यकर्तालाई २५ गते स्वागतको तयारी गर्न उर्दी नै जारी गरेको बताइएको छ। त्यसपछि डडेल्धुरा गएर चौलोले प्रख्यात बडाल जात, उग्रतारा मेलालगायतमा देउवा सहभागी हुनेछन्। यस्तै जोगबुढामा हुने आम भेलालाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। देउवा मंसिर १ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको जनाइएको छ।

Read More

काठमाडौं:  काठमाडौंको नागढुंगा चेकपोस्टमा आधा किलो सुनसहित युवक पक्राउ परेका छन्। कैलाली टिकापुर नगरपालिका-४ बस्ने २३ वर्षीय एलिस ढकाल पक्राउ परेका हुन्।  बुधबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा-२ नागढुङंगा चेक प्वाइन्टमा नेपालगंजबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक चेकजाँच गर्नेक्रममा  ढकाललाई पक्राउ गरिएको हो। सुनकाे तौल पाँच सय दुई ग्राम रहेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं: मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। यस्तै दुईजना घाइते भएका छन्। क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। मृतक दियाल लेसनायक पदमा कार्यरत थिए। करेन्ट लागेरै डडेल्धुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। घाइते दुवै…

Read More

काठमाडौं: मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ घर भएका लेसनायक पदमबहादुर दियाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी–८, दोभानमा फास्टट्र्याकको बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो। उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो।

Read More