Author: महेन्द्रनगर पोष्ट

धनगढी: छुट्यौ भने रुनुपर्ला… नदेउ भो धेरै माया, तिमी कहाँ म कहाँ हुनुपर्ला। गायिका अन्जु पन्तको यो गित सुन्न आजकाल बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष अमर महरलाई फोन गर्नुपर्छ। उमेरले ५० कटेका महरको फोनमा राखिएको रिङटोन तन्नेरी केटाकेटीको जस्तै छ। मानौँ कि उनी कतै गहिरो मायापिरतीमा छन्। सेवाग्राहीले फोन गर्दा फोनै उठ्दैन। बरु नचिनेको नम्बरबाट फोन आए काट्छन। सेवाग्राहीको भन्छन्-अध्यक्ष महरलाई फोन गर्दा सुनिने त्यहीँ एउटा रिङटोन हो छुट्यौ भने रुनुपर्ला। उनको फोन नउठ्न समस्या नौलो होइन। तर जरुरी कामले फोन गर्दा पनि उनको फोन नउठ्ने सेवाग्राहीले गुनासो गरेका छन्। उसो त अध्यक्ष महर गाउँपालिकाकै कर्मचारीको फोन उठाउदैनन्। प्रसंग बजेटको हो।…

Read More

धनगढी: अछाममा इलाका प्रहरी कार्यालय कमलबजारको उद्घाटन गरिएको छ। हिजो (सोमबार) कमलबजार नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय कमलबजारको नव-निर्मित कार्यालय, आवास तथा मेश भवनको उद्घाटन गरिएको हो। भवनको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले उद्घाटन गरेका हुन्। उनले एक कार्यक्रमका बिच उद्‍घाटन गरेको जनाइएको छ। सो कार्यक्रममा केसीले नयाँ भवन उपलब्ध भएसंगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च हुनुका साथै सुविधासम्पन्न भवनले प्रहरीमा थप जोश, जाँगर र उर्जा बढेर जाने हुँदा सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले नागरिक-मैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए। यस्तै उनले त्यहाँका प्रहरीलाई समय सापेक्ष र गुणस्तरीय सेवा प्रदान गर्न…

Read More

काठमाडौं : महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा आएका थिए ।

Read More

काठमाडौं : जम्मु-कश्मिरको डोडास्थित डेसा जंगलमा भएको भिडन्तमा क्याप्टेनसहित ४ भारतीय सैनिक शहिद भएका छन् । सेनाका जवानले चरमपन्थीहरूलाई जंगलमा घेरेर राखेको अवस्थामा भिडन्त भएको हो । चरमपन्थीहरूले आफूलाई बचाउन गोली चलाउँदा सेनातर्फ हताहती भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसक्रममा भारतीय सेनाका जवानले पनि जवाफी फायरिङ गरेका थिए । उक्त भिडन्तका क्रममा एकजना क्याप्टेनसहित ४ जना सेना गोली शहिद भएका हुन् । ज्यान गुमाउनेहरूमा भारतीय सेनाका क्याप्टेन ब्रिजेश थापा, नायक डी राजेश तथा सिंपाहीहरू विजेन्द्र र अजय रहेका छन् । अहिले पनि उक्त जंगल इलाकामा सेनाले सर्च अपरेशन चलाइरहेको छ । सेनालाई जंगलमा चरमपन्थीहरू लुकिरहेको सूचना मिलेको थियो ।…

Read More

धनगढी : धनुषामा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ। ढल्केबर—जनकपुर सडकमा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीको महदेवा –६ का २८ वर्षीय प्रहरी जवान पंकज कुमार यादवको मृत्यु भएको हो। महोत्तरीको प्रहरी चौकी मटिहानीमा कार्यरत उनलाई महोत्तरी प्रहरीले विशेष कामका लागि सप्तरी पठाएको थियो। आइतबार सप्तरीबाट महोत्तरी फर्किने क्रममा यादव आफैंले चलाउँदै आएको को २७ प ९६८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर भएर दुर्घटना हुँदा उनको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रञ्जन अवाले जानकारी दिए। उनका अनुसार उनी मोटरसाइकलमा एक्लै सवार थिए। उनले भने,मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको खबर प्राप्त भएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान…

Read More

धनगढी : बझाङमा यर्सागुम्बा र चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको सुर्मा गाउँपालिका–१ घर भई हाल जयपृथ्वी नगरपालिका–१० चैनपुरमा बस्ने ४८ वर्षीय लोकबहादुर बोहरा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बोहराले संञ्चालन गरेको खुद्रा पसलमा खानतलाशी गर्दा कपडाको थैली भित्र लुकाई राखेको प्लाष्टिक डिब्बासहितको तौल ९३९ ग्राम यर्सागुम्बा (जडीबुटी) र ६ ग्राम लागूऔषध (चरेश) फेला पारि उनलाई नियन्त्रणमा लिएको जनाएको छ। यर्सागुम्बा र चरेशसहित बोहरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले पहिलोपटक सेती प्रादेशिक अस्पतालका चिकित्सकलाई बोलाएर छलफल गरेका छन्। मन्त्री भाटले मंगलबार मन्त्रालयमै धनगढीस्थित सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहितका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि चिकित्सकहरुलाई बोलाएर छलफल तथा अन्तरक्रिया गरेका हुन्। मन्त्री भाटले मन्त्रालयका सचिवसहितलाई राखेर अस्पतालमा रहेका समस्या समाधान र चिकित्सक प्रोत्साहनका लागि गर्नुपर्ने विषयमा छलफल गरेका थिए। छलफलमा सहभागी चिकित्सकले सुदूरपश्चिम प्रदेश सरकारको इतिहासमै पहिलोपटक सामूहिक छलफल तथा अन्तरक्रिया गरिएको बताएका छन्। यस अगाडि मन्त्री भाटले सुदूरपश्चिमभरका अस्पतालका अध्यक्षसहित मेडिकल सुपरिटेन्डेन्टलाई पनि बोलाएर सामूहिक छलफल गराएका थिए। आजको छलफलमा मन्त्री भाटले चिकित्सकका समस्या समाधानका लागि मन्त्रालयबाट…

Read More

काठमाडौं: नेपाली काँग्रेसमा सुदूरपश्चिमबाट आफूलाई सभापति शेरबहादुर देउवाको उत्तराधिकारी दाबी गर्ने नेताद्वयमध्ये एकजना अलपत्र पर्दा अर्काले मौका पाएका छन्। कञ्चनपुरबाट राजनीति गर्ने नेता रमेश लेखक र एनपी साउँदले आफूलाई देउवाको उत्तराधिकारी दाबी गर्थे। तर, स्रोतका अनुसार अहिले देउवाले लेखकलाई च्यापेको र एनपीलाई बेवास्ता गर्दा उनी अलपत्र परेका छन्। पहिला रमेशलाई मन्त्री नबनाएर एनपीलाई मन्त्री बनाएका देउवाले अहिलेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रमेशलाई मन्त्री बनाएका छन्। एनपी भने यसपाली मन्त्री बन्न पाएनन्। उनकै एक पार्टी नेताका अनुसार एनपीलाई देउवाको आशीर्वाद नभएकाले उनी मन्त्री बन्न पाएनन्। रमेशलाई पहिले प्रमुख सचेतक बनाएका देउवाले अहिले गृहमन्त्री बनाएका हुन्। उसो त नेपाली…

Read More

धनगढीः कैलालीमा पुलबाट नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ। गोदावरी नगरपालिका–८ स्याउले स्थित खुटिया नदीको पुलबाट नदीमा हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरुङको मृत्यु भएको हो। गुरुङले सोमवार राति ११ः३० बजे नदीबाट हाम फालेका थिए। पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। उनलाई डाक्टरले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका सचिव कम्मान सिंह खत्रीको सरुवा भएपछि नयाँ सचिव आएका छन्। खत्रीको सुदूरपश्चिमबाट सरुवा भएकोमा अर्थमा सहसचिव झकलराम अधिकारी आइपुगेका हुन्। उनी केही दिन अगाडिमात्र मन्त्रालयमा हाजिर भएको बताइएको छ। झलकराम उनै मान्छे हुन्, जो केही समय अगाडि अध्यागमन विभागको महानिर्देशकको रुपमा कार्यरत थिए। सो समयमा उनी निकै विवादित बनेका थिए। विवादित मात्र होइन, उनलाई सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस नै गरेको छ। ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो। ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको थियो। हङकङबाट…

Read More