Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईका जिल्लासंग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। भीमदत्त राजमार्गअन्तर्गत डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन्। बुधबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दुई ठाउँमा पहिरो खसेको र पन्छाउने कार्य जारी रहेको जनाएको छ। यस्तै डडेल्धुरादेखि डोटी जाड्ने केआईसिंह राजमार्ग भने आशिंक रुपमा सुचारु भएको छ। डडेल्धुराको रडुवामा पहिरो गएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो। अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको तर आशिंक रुपमा यातायात सेवा…

Read More

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न पाइने भएको छ। निर्वाचन आयोगले बुधवार सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ताका लागि भनेको हो। आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो। सुदूरपश्चिमका यी पालिका र वडामा हुनेछ उपनिर्वाचनगत वर्षको माघ पहिलो साता बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना…

Read More

धनगढीः प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। कार्यालयले बिहिबार सूचना प्रकाशित गर्दै आफूखुसी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। सूचना अनुसार ३ जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार र १९ जना प्रहरी जवान चार महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेका छन्। उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।

Read More

धनगढीः बाजुरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही ठाउँका ३० वर्षीय रमेश शाही पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा धिरेन्द्रको घर तथा बारीमा तलासी गर्दा घर नजिकै रहेको ओडारमा लुकाइछिपाई राखेको अवस्थामा अबैध भरुवा बन्दुक एक थान बरामद गरिएको छ। यस्तै रमेश शाहीको गोठभित्र लुकाइछिपाई राखेको अवस्थामा अबैध भरुवा बन्दुक एक थान पनि बरामद गरिएको छ।

Read More

धनगढी: देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। देशभर साधारणदेखि पूर्णतया बदली हुँदा केही भू–भागमा वर्षा भइरहेको हो। आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिमका कैलाली, डोटी र अछाममा भारी वर्षाको सम्भावना छ। कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। तराई भू–भागका केही स्थानमा हावाहुरीको…

Read More

धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका एक इन्सपेक्टरसहितका कर्मचारीहरु कुटिएका छन्। हिजो (बुधबार) जिल्लाको पुनर्वास क्षेत्रमा त्यहाँका प्रहरी इन्चार्ज इन्सपेक्टरसहितका गस्तीका प्रहरी कुटिएका हुन्। स्रोतका अनुसार गस्तीमा गएको इन्सपेक्टर महेशविक्रम शाहीको टोली र खडखडे खेल्ने टोलीबीच विवाद भएपछि घटना घटेको हो। घटनाका क्रममा नेपाल प्रहरीको भ्यान पनि तोडफोड गरिएको र शाहीसहित ५ जनालाई आक्रमणबाट सामान्य चोट लागेको बताइएको छ। रातको करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज एवं ईन्स्पेक्टर शाहीसहितको टोली गस्तीमा थियो। ९ जनाको प्रहरी गस्ती टोलीलाई खडखडे खेल्ने समूहले आक्रमण गरेको हो।पुनर्वास नगरपालिका–७, बुद्धबस्तीमा खडखडे खेलिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको थियो।…

Read More

धनगढी: नेकपा एमालेका नेता तथा पूर्वमन्त्री एवं प्रतिनिधि सभाका माननीय योगेशकुमार भट्टराईले भदौ १२ गतेको प्रतिनिधि सभामा माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’को संज्ञा दिए। उनले सो कुरा उठाएपछि माओवादी नेताहरु क्रुद्ध भए। संसदमा सत्ता र प्रतिपक्षबीच जुहारीमात्रै चलेन, ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटेपछि माओवादीले सभाुमख देवराज घिमिरेको भूमिकामाथि समेत प्रश्न उठायो। यो विवाद अझै टुंगिएको छैन।  यसैबीच एमाले महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वकालमा हिंसा मात्र नभएर आतंक नै मच्चिएको दावी गरेका छन्। पूर्वमाओवादी नेता लेखराज भट्टकै सामुन्ने हिजो धनगढीमा उनले माओवादी युद्धको चर्को निन्दा गरेका हुन्। ‘माओवादी द्वन्द्वकालमा हिंसा मात्रै भएन, यथार्थ रूपमा भन्नुहुन्छ भने त्यो समयमा आतंक नै भयो’, पोखरेलले…

Read More

काठमाडौं: ‘विवादित’ प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाउने तयारी थालिएको छ। प्रहरी स्रोतका  अनुसार यस अगाडि पनि पटकपटक बदनाम भएकी इन्सपेक्टर शाही पुनः एकपटक घुस प्रकरणमा मुछिएपछि उनलाई जिम्मेवारीमुक्त गर्ने तयारी थालिएको हो। शाही हाल ललितपुरको भैंसेपाटी प्रभागकी इन्चार्ज छन्। उनै शाही, अहिले लाखौँ घुस लिएको घटनामा मुछिएकी छन्। सोही आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान तथा छानबिन सुरु गरेको छ। जेठ २३ मा भैंसीपाटी इन्चार्ज गएकी शाहीले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको आरोप छ स्रोतका अनुसार शाहीले बलात्कार मुद्दा चलाउने भन्दै एक व्यक्तिलाई ल्याएर थुनामा राखि मिलापत्र गराएकी थिइन्। करिब २० लाख रुपैयाँ लेनदेनमा…

Read More

धनगढी: कैलालीमा साढे तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ। बुधबार जिल्ला प्रहरी कार्यालयको टोलीले तीन किलो चार सय ८० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका–८ बडैपुर बस्ने बझाङको केदारस्युँ गाउँपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय गोविन्द धामी र बाजुरा खप्तड छेडेदह गाउँपालिका–४ घर भएर धनगढी उपमहानगरपालिका–३ मा बाजुरा होटल सञ्चालन गर्ने ४१ वर्षीया मनमति ऐडी रावत रहेका छन्। पक्राउ परेका धामीको झोला चेकजाँच गर्दा दुई किलो ७४० ग्राम चरेस र रावतको होटल खानतलासी गर्दा आधा किलो भन्दा बढि सात सय ४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। अहिले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको…

Read More

काठमाडौं: नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानबाट रोक्न माग सर्वोच्च अदालतमा रिट दायर गरेका प्रहरीले आफ्नो निवेदन फिर्ता गरेका छन्। नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिट रिटकर्तामध्येका डीएसपी गोविन्द पन्थीको निवेदनमा बुधबार फिर्ता भएको हो। उनीहरूले दायर गरेको रिटमा भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालले प्रहरीहरूको पक्षमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा कसैलाई पनि नपठाउन अन्तरिम आदेश जारी गरेका थिए। यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो। सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदिएको थियो। भदौ १६ गते ३० वर्षे सेवा अवधिकै…

Read More