काठमाडौं: मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। यस्तै दुईजना घाइते भएका छन्। क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। मृतक दियाल लेसनायक पदमा कार्यरत थिए। करेन्ट लागेरै डडेल्धुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। घाइते दुवै…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको गन्याधुरा गाउँपालिका-१ घर भएका लेसनायक पदमबहादुर दियाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी–८, दोभानमा फास्टट्र्याकको बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो। उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो।
काठमाडौं: नेपाल प्रहरीका एसपी र इन्सपेक्टरसमेत जोडिएको हनिट्र्याप घटनामा सीआईबी पसेको छ। सो घटनाको अनुसन्धानको जिम्मेवारी सीआईबी (केन्द्रिय अनुसन्धान व्युरो) ले पाएको हो। ललितपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारी ३० लाख रुपैयाँ असुल गर्ने गिरोहमाथिको बृहत्तर अनुसन्धान अब सीआईबीले गर्ने जनाएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार, हनी ट्रयापको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले बुधबार उक्त प्रतिवेदन सीआईबीलाई बुझाएको छ। हनी ट्रयापको घटना अनुसन्धान गर्न एक टोली बनाइएको र काम थालिसकेको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। अनुसन्धानको क्रममा प्रहरीका एसपी कमल थापा नै मुछिएको र सो गिरोहले अन्यत्र समेत त्यसैगरी प्रहरीसँग मिलेर फसाउँदै आएको खुलेपछि सिआइबीले अनुसन्धान अघि…
काठमाडौं: उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ। कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो खालको लेदरको पैसा लुटपाटमा उक्त कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढाको संलग्नता देखिएको हो। उनीहरू दुवैजनालाई महाशाखाको टोलीले पक्राउ गरेर थप अनुसन्धानका निम्ति बुधबार (हिजो) जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ। काठमाडौं प्रहरी स्रोतका अनुसार, अनुसन्धान कार्यालयको कीर्तिपुर प्रहरी वृत्त (पीसीबी)मा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो। पुरानो लेदरको पैसासहित रेस्टुरेन्टमा पुगेका युवकलाई हत्कडी लगाउन उनीहरूले बिचौलियालाई हत्कडी समेत दिएको खुलेको छ। लेदरको पैसा लुट्न उनीहरूको टोलीले २५ लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेको खुलेको…
डडेल्धुराः डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध मुद्दा दायर गरिएको छ। ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिटमा संलग्न पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई अमरगढी नगरपालिका–५ बागबजार पोष्टमा चेकजाँचका लागि रोकिएको थियो। चेकजाँच गर्ने क्रममा सोही भारतीय गाडीमा सवार अजयमेरु–४ का २८ वर्षीय बिनोद बैज लगायत ५ जनाले सहायक प्रहरी हवल्दारमाथि कुटपिट गरेका थिए। कुटपिटबाट प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडि चोट लागेको थियो। त्यसपछि भारतीय गाडी चालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो।…
धनगढी: डोटीको एक अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको छ। बुधबार राति राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो। शिखर नगरपालिका वडा नम्बर ३ मा पर्ने मामा घरमा खेल्ने क्रममा उनको हात भाँचिएको थियो। १७ गते आमा ज्ञानु सार्कीसँगै मामाघर गएकी रजनीको मामाघरका बालवालिकासँग खेल्नेक्रममा हात भाँचिएको हो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। स्रोतका अनुसार सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले रियाक्सन गरी मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अहिले…
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले कैलालीमा ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ। आज (बिहीबार) सशस्त्र प्रहरी बल, इन्टेलिजेन्स व्युरो र नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको टोलीले विशेष सूचनाको आधारमा सो सामान बरामद गरेको हो। धनगढीकै ठूला व्यवसायीले तस्करी गराउन खोजिएको उक्त सामानको मूल्य झण्डै आधा करोड भएको बताइएको छ। त्रिनगरका गुल्मपती डीएसपी विष्णुराज उप्रेतीका अनुसार धनगढी उपमहानगरपालिका- ४ स्थित उत्तरबेहेडी ईलाकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको ४६ लाख १९ हजार ६०० रुपैयाँ बराबरको सामान बरामद गरेको हो। अहिले सो बरामद गरिएको सामान थप कारबाहीका लागि भन्सार पठाइएको छ।
धनगढी: डडेल्धुरामा प्रहरीमाथि नै कुटपिट भएको छ।ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिट गरिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका- ४ बस्ने २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई डडेल्धुराक अमरगढी- ५ बागबजार पोष्टमा चेकजाँचका लागि रोकिएको थियो। `चेकजाँच गर्ने क्रममा सोही भारतीय गाडीमा सवार अजयमेरु-४ बस्ने २८ वर्षीय बिनोद बैज लगायत ५ जनाले हातपात गरेका रहेछन्,´ उनले भने, `हातपातपछि प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडिको चोट लागेको छ। ´ इन्सपेक्टर बमका अनुसार भारतीय गाडी चालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने घटनामा संलग्न अन्य तीन जनाको…
काठमाडौं: गुण्डा नाइकेको परिचय बनाएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकाएक फरार भएका छन्। ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएलगत्तै उनी हिजोदेखि बेपत्ता भएका हुन्। अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी हानेर ज्यान लिन खोजेको पुरानो मुद्दामा सर्वोच्चले हिजो मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो। त्यसलगत्तै प्रहरीले उनको खोजी गरेको थियो तर अहिलेसम्म फेला परेका छैनन्। उनलाई फरार सूचीमा राखेर खोजी गरिरहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बाबुराम गौतमले मनाङेसँग सम्पर्कको प्रयास भइरहेको बताएका छन्। अलग–अलग सिमकार्ड प्रयोग गर्ने भएकाले सम्पर्कमा…
धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका ७२ जना कर्मचारीको एकैपटक सरुवा भएको छ। डिभिजन वन अधिकृतहरुको यसअघि नै सरुवा गरेको मन्त्रालयले आठौँ तहका चार जना कर्मचारीसहित ७२ जनाको सरुवा एकैपटक गरिएको हो। मन्त्रालयले २७ जना श्रेणीविहीन वन रक्षकदेखि डिभिजन वन अधिकृतसम्मै सरुवा गरेको छ। जसमा डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई डिभिजन वन कार्यालय धनगढी र धनगढीमा कार्यरत रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय पहलमानपुर सरूवा गरिएको छ। डिभिजन वन कार्यालय पहलमानपुर दरबन्दी भएका रामविचारी ठाकुरलाई डिभिजन वन कार्यालय कञ्चनपुर तथा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेललाई डिभिजन वन कार्यालय डडेल्धुरा पठाइएको छ। आँठौ तहदेखि श्रेणीविहीन कर्मचारीहरुको समेत…