धनगढी : बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजु बहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ । बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजदुरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए । “दुवै दाजु बहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भने, “दुवैको शरीरमा चोटपटक देखिन्छ ।” बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ । घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नापी विभागका बदनाम उपसचिव दामोदर ढकालको अर्को दलालीको कनेक्सन भेटिएको छ। झण्डै एक दशक राजनैनिक पावरको भरमा विभागमा अड्डा जमाएका ढकालको सेटिङ र दलालीको सञ्जाल पनि ठूलै छ। स्रोतका अनुसार ढकालले विभिन्न भूमाफिया र नेताहरू एवं मालपोतका कर्मचारीसमेतलाई मिलाएर अनेकौं जग्गा हडप्न सहयोग गर्ने गरेका छन्। उनले विगतदेखि नै काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सरकारी एवं ऐलानी (प्रती) जग्गा कब्जामा लिने सञ्जाल निर्माण गरेका हुन्। सोही सञ्जालका एक सदस्य हुन्, बाराका बलराम उप्रेती। उसो त उप्रेती ढकालका मात्रै होइनन्। उनका अनेकौं सेटिङवाला पार्टनर र विधाहरु छन्। ढकालसँगको सेटिङमा उप्रेतीले जग्गा दलाली थालेको र ठगीसमेत गर्ने गरेको बताइन्छ। यतिसम्म कि…
काठमाडौँ : प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा पत्नी आरजु राणाले टिकापुरको जग्गा ५० हजारमा किनेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले २०५३ सालमा ५० हजारमा किनेको बताएकी हुन् । ‘मैले ५० हजारमा २०५३ सालमा जग्गा किनेको हो । घेटाला २०६८ सालमा भएको छ’ राणाले भनिन् । उनले उक्त जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबि गरेकी छिन् ।
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कारबाही गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद सांसद बद्रीप्रसाद पाण्डेले सिरोहियामाथि कारबाही भए कांग्रेसले नसहने बताए । उनले राणा र राजालाई समेत नसहेको कांग्रेसले गृहमन्त्रीलाई पनि त्यस्तै अवस्थामा पुर्याइदिने चेतावनी दिए । कांग्रेस सांसद पाण्डेले भने, ‘भर्खर सुनिएको समाचार अनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानुनी दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई पनि सहँदैन त्यो पनि म…
काठमाडौं : नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ । संघीय संसद भवनको बैठक हलमा जाने क्रममा आरजुले रास्वपा सांसद मनिषलाई भेटेर पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन् । मनिषले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, उनकी पत्नी आरजु र छोरामाथि समेत छानबिन गर्नुपर्ने माग गरेका थिए । आरजुले राजनीतिमा संलग्न नै नभएको आफ्नो छोरा जयवीरलाई किन मुछेको भनेर सोधेकी थिइन् । जवाफमा मनिषले जयवीरले जग्गा किनेको भनेर आएका समाचारतर्फ इंगित गर्दै यत्रो सम्पत्ति कहाँबाट आयो भनेर सोधेका थिए । आरजुले यस्ता गलत प्रचार नगर्न आग्रह गरिन् । मनिषले भने…
धनगढी : कैलालीको टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्थलगत अनुसन्धान अघि बढाएको छ । सरकारी कागजपत्र किर्ते गरी जग्गा हिनामिना गरेको देखिएपछि सिआइबीले यससम्बन्धी विस्तृत अनुसन्धान गर्न डिएसपी नेतृत्वको टोलीलाई सोमबारदेखि फिल्डमै खटाएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकोमा प्रहरीले लिखत किर्ते सम्बन्धमा अनुसन्धान अघि बढाएको हो । टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए । ‘टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली…
काठमाडौँ : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।
काठमाडौं : सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक/सचेतकबीचको छलफल सुरु भएको छ । सभामुखले आजै यसअघि विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँग छलफल गरेका थिए । “विपक्षी दलका प्रमुख सचेतक/सचेतकसँगको छलफलपछि सभामुखले अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहनुभएको छ,” सभामुखको सचिवालयले भन्यो । सभामुख र दलका सचेतकहरू छलफल गरिरहेकाले बिहान ११ बजेका निम्ति बोलाइएको संसद बैठक बस्न ढिलाइ भएको छ ।
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा विकसित भइरहेका घटनाक्रमहरू सुखद नरहेको बताएका छन्। मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए। उनले संसद्को गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए। अध्यक्ष नेपालले कुनै पनि पार्टीहरू नफुटुन् भन्ने आफूहरूको चाहना रहेको बताए।
कञ्चनपुरः जुवातास मुद्दामा फरार रहेका कञ्चनपुरका २ जना पक्राउ परेका छन्। जुवातास मुद्दामा २७५ जरिवाना ठहर भएका बेदकोट नगरपालिका–३ का ३० वर्षीय मोहन खड्का र १७५ जरिवाना ठहर भएका सोही ठाउँ बस्ने ४२ वर्षीय तारा दत्त जोशी पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले जुवातास मुद्दामा जरिवाना ठहर गरेपछि फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।