Author: महेन्द्रनगर पोष्ट

रमेश रावत अछाम : नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डाक्टर भीम रावल गृह जिल्ला अछाम पुगेका छन् । उनलाई सोमबार साँझ साँफेबगरमा एमालेका नेताहरूले स्वागत गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रमहरूमा प्रमुख अतिथि हुन अछाम पुगेको भनिएका रावलको जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । रावलले जिल्लामा आफू निकट नेता कार्यकर्ताहरु संग आगामी राजनीतिबारे छलफल गर्न सक्ने अटकल गरिएको छ । नेता रावलको गृह जिल्ला प्रवेशले एमाले वृत्तमा हलचल ल्याएको छ । रावल पक्षधरले जिल्ला भ्रमणलाई खुसीका साथ समर्थन गरेका छन् भने एमाले अध्यक्ष केपी ओली पक्षका नेताहरू रावलको नजिक पर्ने डरले भाग्न थालेका छन् । उनीहरू रावललाई…

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धनगढीका मेयर गोपाल हमालसँग सहकार्यको प्रस्ताव राखेका छन् । पार्टीको कार्यक्रमका लागि सोमबार बिहान धनगढी आइपुगेका पूर्वगृहमन्त्रीसमेत रहेका रविले मेयर हमालसँगको भेटमा यस्तो प्रस्ताव राखेका हुन् । सभापति लामिछाने धनगढी उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । उनले धनगढी मेयर हमालसहित उपमहानगरका जनप्रतिनिधिसँग छलफल गरेका थिए । सोही छलफलका क्रममा सभापति लामिछानेले मेयर हमालको खाँचो आफूहरुलाई रहेको बताए । उनले भने, ‘तपाईंको साथको हामीलाई ठुलो अपेक्षा छ । हाम्रो साथको त्यति धेरै अर्थ नहोला । तपाईंको साथको अझ धेरै जरुरत छ ।’ यस्तै सभापति लामिछानेले आफूहरु सहकार्य गर्न खुला रहेको बताए । ‘सहकार्य…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशसरण महत धनगढीबाट काठमाडौं फर्किएका छन्। हिजो धनगढी हुँदै डडेल्धुरा पुगेका महत र आज पार्टीको कार्यक्रममा सहभागी भएका रवि एकसाथ काठमाडौं फर्किएका हुन्। उनीहरू बेलुका एकसाथ राजधानी फर्किएको बताइएको छ। यसैक्रममा नेपाल प्रहरीका एआईजी सुदीप गिरी सुदूरपश्चिम पुगेका छन्। उनी आज बेलुका धनगढी ओर्लिएको बताइएको छ। स्रोतका अनुसार गिरी प्रहरीको आन्तरिक निरीक्षण एवं अनुगमनका लागि त्यहाँ पुगेका हुन्।

Read More

काठमाडौँ : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने उनले बताए। भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठकमा आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने सहमति भएको थियो।

Read More

काठमाडौं : नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले आधिकारिक रूपमा नेपाली सेनाको कमाण्ड सम्हालेका छन्। प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सोमबारबाट सिग्देलले ‘जंगी अड्डा’मा पुगेर प्रधानसेनापतिको कमाण्ड सम्हालेका हुन्। शर्मा प्रधानसेनापतिको तीन बर्षे सेवा अवधि पूरा गरेर सोमबार देखि नै अवकाशमा गएका थिए । पदभार ग्रहण गर्नु अगाडि सिग्देलले आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण र दर्ज्यानी चिह्न प्राप्त गरेका थिए।

Read More

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् । ‘वरिष्ठ उपाध्यक्ष समक्ष राजीनामा पत्र बुझाउनु भएको छ।’ महासंघका एक पदाधिकारीले बताए । महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् । ‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ । सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न…

Read More

काठमाडौं: नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद प्रेमबहादुर आले भारतको राजधानी नयाँ दिल्ली गएका छन्। उनी व्यापारिक काम भन्दै दिल्ली उडेको बताइएको छ। उनी सोमबार भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौंबाट उडेको बताइएको छ। गत असारमा सम्पन्न समाजवादीको महाधिवेशनमा पनि आले अनुपस्थित भएर दिल्ली गएका थिए। सुदूरपश्चिमको डोटीबाट निर्वाचित सांसद आले पार्टी संगठन बाहिर छन्। उनै आले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार समितिका सदस्य लक्ष्मी पुरी र विकास स्वरुप उडेको उडानमार्फत दिल्ली गएका हुन्।

Read More

धनगढी: डोटीमा कालु सिंह बिष्टको हत्या भएको छ। जिल्लाको दीपायल सिलगढी नगरपालिका-६, सिलगढीका ७५ वर्षीय कालुसिंह विष्टलाई प्रहरीले उनकै घरभित्र हत्या गरिएको अवस्थामा फेला पारेको हो। परिवारका सदस्यहरूले बिहीबार बिहान विष्ट हराएको भन्दै प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा विष्टलाई बिहीबार उनी बस्ने घरकै कोठा भित्रै हत्या गरेर बाहिरबाट ढोकामा ताल्चा लगाइएको अवस्थामा प्रहरीले फेला पारेको हो। शव सड्न लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दीपायल सिलगढी-६ सिलगढी बस्ने २२ वर्षीय सरोबर श्रेष्ठलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी भट्टराईले बताए। श्रेष्ठले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको…

Read More

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन्। यसअघि आफूलाई यो विषयमा केही थाहा नभएको जिकिर गर्ने गरेका उनले सोमबार धनगढीमा पत्रकारहरूसँग भने सहकारीको रकम गाेर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको बताए। ‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारीको रकम आएको कुरा ठीक हो,’ उनले भने, ‘त्यो स्थापित भइसकेको कुरा हो। अनुसन्धानले पनि देखाइसकेको कुरा हो। तर, त्यो कसले गर्‍यो भन्ने कुरा पनि अदालतमा प्रवेश गरिसकेको छ। क–कसले बदमासी गर्‍यो भन्ने पनि स्पष्ट भइसकेको छ।’ गलत ढंगले सहकारीको रकम गोर्खा मिडियामा ल्याउन आफू संलग्न नभएको उनको दाबी छ। उनले संसदीय…

Read More

धनगढी: डडेल्धुरा मेडिकल कलेजमा अब बिएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन गर्ने तयारी भएको छ। बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेको छ। सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले बिएस्सी नर्सिङका लागि २० र पब्लिक हेल्थको लागि २० सिट आयोगले निर्धारण गरेको जानकारी दिए। उनका अनुसार अघिल्लो वर्षदेखि अध्ययन सुरु भएको ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्ययनका लागि भने १० सिट निर्धारण भएको छ। ‘बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि सिट त निर्धारण भइसकेको छ,´ उनले भने, ‘तर त्यहाँ एउटा कैफियत उल्लेख छ। अर्थ मन्त्रालयले स्रोत सहमति दियो भने मात्रै…

Read More