Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।  प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको छ । उक्त दिन आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

Read More

धनगढी : कैलालीमा अवैध सालको काठसहित चार जना पक्राउ परेका छन् । धनगढी-१६ त्रिनेत्र सामुदायिक वनबाट काठ तस्करी गरिरहेको अवस्थामा स्थानीय राहुल चौधरी, अशोक चौधरी, धानिराम चौधरी र मनिराम जोशीलाई नियन्त्रणमा लिएको छ । उनिहरुले २ वटा गोरू गाडामा काठ ओसारपसार गरी रहेको अबस्थामा ४०.२५ क्युफिट अवैध सालको काठसहित पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सव—डिभिजन वन कार्यालय फुलवारीको जिम्मा लगाएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Read More

धनगढी: कैलालीको धनगढीस्थित एक दोहोरी साँझमा लफडा भएकोमा प्रहरीले अनुसन्धान थालेको छ। अस्ति शुक्रवार राति धनगढीको चटकपुरस्थित इन्द्रेणी दोहोरी साँझमा लफडा भएकोमा प्रहरीले अनुसन्धान थालेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मध्यरातमा भएको लफडामा एक पत्रकारलाई चोटपटक लागेकोले घटनाको अनुसन्धान थालिएको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार दोहोरीकी साहुनी राधिकाराज लम्सालका छोराविरुद्ध पीडित पत्रकार पक्षबाट प्रहरीमा निवेदनसमेत परेको छ। तर ती साहुनीका छोरा प्रहरी सम्पर्कमा नआएपछि प्रहरीले उनलाई खोजतलास गरेर पक्राउ गर्ने तयारी गरेको बताइएको छ। अहिले घाइते पत्रकारको भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ भने प्रहरीले घटनाको थप छानबिन गरेर कारबाही अगाडी बढाइने जनाएको छ।

Read More

काठमाडौं : नेपाल वायुसेवा निगमले विमान एयरहोस्टेजको नतिजा सार्वजनिक गरेको छ ।  निगमले आज नतिजा सार्वजनिक गर्दै सिफारिसमा परेका ३० जना लाई दश दिनभित्र नियुक्ति पत्र बुझ्न सूचना पनि गरेको छ । सुमी तामाङ, रेखाकुमारी रोकाया, पुजन गौतम, एल्जीना रायमाझी, चेतना राई, स्पर्श न्यौपाने, सुमिना श्रेष्ठ, अदिती भुजेल, कल्पना गौतम, बिनी महर्जन, वेइ हाङमा राई, आयुषा प्याकुरेल, अज्नली शाही, पूजा लामा छनौट भएका हुन् ।  त्यस्तै, सोनिया तामाङ, अनुशा महर्जन, सुनिता श्रेष्ठ, रितिका थापा, बबिना गुरुङ, सिजल कडरिया, लिला पुरी, पुजा तामाङ, ममता बस्नेत, सुशिला खनाल, आशिका गिरी, एलिसा खड्का, अस्मिता श्रेष्ठ र वर्षा श्रेष्ठ पनि छानिएका छन्।  शारीरिक तथा…

Read More

काठमाडौं : नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो । तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन । आन्तरिक छलफलअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।

Read More

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमै छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि सत्तारुढ दलहरूले छलफलका लागि कांग्रेसलाई बोलाएका थिए । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।

Read More

काठमाडौं  : सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौंको गेटमा काठमाडौं महानगरले फोहोर थुपारेपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् । शनिबार साँझ महानगरले डिभिजन कार्यालयअगाडि फोहोर फालेको थियो । महानगरले अगाडि बढाएको काममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ठाडो आदेशमा काम रोकिएकाले ‘धुलो उपहार पठाएको’ महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत बताएका थिए । यता, महानगरले गेट अगाडि फोहोर फालेपछि सडक डिभिजन प्रतिवादमा उत्रिएको छ । शनिबार राति विज्ञप्ति जारी गर्दै काठमाण्डौ महानगरको कदमलाई अराजक व्यवहार भनेको छ । विभागको अनुमतिबिना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले स्पष्टीकरण दिएको छ…

Read More

धनगढी : बझाङमा एक पुरुष मृत फेला परेका छन्। बित्थडचिर गाउँपालिका-४ का ४५ वर्षीय रामबहादुर बोहरा आज बिहान मृत फेला परेका हुन्। शनिवार साँझ घर परिवार सँगै खाना खाएर आफ्नै घरको कोठामा सुतेको बोहरा आज बिहान मृत फेला परेका हुन् । अबेर सम्म नउठेपछि कोठामा गई उठाउन खोज्दा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ब्यापक चन्द्र शाहले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भईरहेको सूचना अधिकारी शाहले बताए। 

Read More

धनगढी : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले शनिबार धनगढीमा प्रदर्शन गरेको छ । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनिहरुले राके जुलुससहितको प्रदर्शन गरेका हुन । नेविसंघ कैलालीलेको आयोजनामा सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा विभिन्न माग राख्दै नारा लगाएका थिए । सहकारी ठगलाई कारबाही गर, गिरिबन्धु प्रकरणको छानबिन गर, प्रेस स्वतन्त्रताको रक्षा गर जस्ता नाराहरु लगाएका थिए । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै आधारमा सरकारले आतङ्ककारी शैलीमा गिरफ्तार गरेको बिरोधमा मसाल जुलुस र कोण सभा आयोजना गरिएको बताइएको छ।

Read More