Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै रिक्त भएको एसएसपी पदमा बढुवाको तयारी थालिएको छ। रिक्त पद पूर्तिको लागि प्रहरी प्रधान कार्यालयले तयारी थालेको हो। बढुवा सिफारिस समितिले गत शुक्रबार एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै नेपाल प्रहरीमा चार एसएसपी दरबन्दी रिक्त भएको छ। सोही रिक्त एसएसपीको दरबन्दीमा बढुवाका लागि तयारी थालिएको हो। बढुवाको गृहकार्य थालिएकोमा एसएसपी बढुवाका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। जसका लागि केही अधिकृतहरुले विचौलियामार्फत दौडधुप सुरु गरेका छन्। स्रोतका अनुसार अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएका छन्। २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा…

Read More

खगेन्द्र गिरीप्रस्तुत चित्रमा देखिने चार जना आकर्षक व्यक्तित्वशाली महिलाहरु नाताले एउटै परिवारका दिदीबहिनी हुन् तर प्रकारान्तरले उनीहरु सम्धिनी हुन पुगे । यी चारै जनाको माइती नेपालको सम्भ्रान्त राणा परिवार हो । उनीहरु बिहे गरेर भारतका विभिन्न ठाउँमा गएका हुन् । उनीहरु भारतको सामाजिक र राजनीतिक जनजीवनमा आफ्नो विशिष्ट परिचय बनाउन सफल भएका हुन् । भारत सन् १९५१ मा गणतन्त्र हुनुपूर्व त्यहाँ ६ सय वटा राज्य रजौटा थिए । ती राज्य रजौटामध्ये धन सम्पत्ती र विविध दृष्टिकोणले ग्वालियर, कस्मिर, बडोदा र टेहरी गढवालका रजौटालाई सबैभन्दा प्रभावशाली र र बलिया रजौटा मानिन्छ । सौभाग्यले यी चार जना नेपाली चेलीहरु ती चारवटा प्रभावशाली…

Read More

धनगढी : कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो । गौतम सोही उद्योगमा काम गर्दै आएका थिए ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश दिशाविहीन रूपमा अघि बढिरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आज विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर हुँदै गएको बताए । यसलाई रोक्न पत्रकारहरू सचेत हुनुपर्नेमा उनको जोड छ ।  उनले पत्रकारहरूलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारसँग आग्रह गरे । कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने बताए ।  उनले कैलाश सिरोहियालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका…

Read More

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि बुधबार सुन तोलामा १ लाख ४० हजार ५०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

सुर्खेत : वीरेन्द्रनगरमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाही रहेका छन् । प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले उनलाई ठक्कर दिएको थियो । शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं : ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् । प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ पशुपती टोलबाट बैतडीको दोगडाकेदार गाउँपालिका-२ बस्ने ३६ वर्षीय नरबहादुर बिष्ट ९३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरीया नहर रोडबाट सोही ठाउँ बस्ने ३० वर्षीय हर्कबहादुर देउवा बुुधवार पक्राउ परेका हुुन्। देउवाको साथबाट ३८० मिलिग्राम र उनकै घरमा खानतलासि गर्दा ४.५४० ग्राम लागूऔषध (खैरो हेरोईन) तथा नगद २५ हजार ४१० रुपैँयासहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

काठमाडौं : सहकारी ठगी सम्बन्धमा बनाइने संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । मंगलबार सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटाउन बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो । रवि लामिछानेको नाम उल्लेख गरेरै टीओआर बनाउन सत्ता पक्षका सदस्यसमेत रहेका रास्वपा लचक भएको थियो ।व्यक्तिको नाम किटान गरेर जाँदा गलत नजिर स्थापित हुने भन्दै त्यसमा सत्ता पक्ष तयार नरहेकाले छलफल नटुंगिएको कानूनमन्त्री पदम गिरीले बताएका थिए । कानूनमन्त्री गिरीले कांग्रेस लचक बनेको भन्दै आज बैठकमा सहमति जुट्ने बताइएका छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर…

Read More

काठमाडौँ : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।  सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।  बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा…

Read More