Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की करिब १७ वर्षीया किशोरी बेपत्ता भएको चार दिनपछि किटानी जाहेरी परेको छ। शुक्रबार बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार कृष्णराज जोशी विरुद्ध किटानी जाहेरी दिएका हुन्। पञ्चेश्वर–२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार जोशी विरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ। प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरण समेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन्। किशोरी बेपत्ता भएपछि हवल्दार जोशी भारतपट्टीबाट भाग्दै गरेको अवस्थामा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिएका थिए। बेपत्ता किशोरीको…

Read More

काठमाडौं: नेपाल प्रहरीका इन्सपेक्टर गौरीप्रसाद जैसी सम्मानित भएका छन्। ६९औं प्रहरी दिवसको अवसरमा उनी सम्मानित भएका हुन्। मंगलबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनलाई पुरस्कृत गरेका थिए। नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ अन्तर्गत उत्कृष्ट कार्य गरेको भन्दै उनलाई सम्मानित गरिएको हो। उनी यस अगाडि ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरको प्रमुख थिए। हालै सरुवा भएका उनले बेलौरीमा बस्दा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान पाएका हुन्। यस्तै कैलालीस्थित प्रहरी चौकी सत्तीका प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर चन्द र नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायब निरीक्षक जोख बहादुर विक पनि सम्मानित भएका छन्। उनीहरूलाई आज एक कार्यक्रमका बीच सम्मानित…

Read More

काठमाडौं: नेपाल प्रहरीको ६९औं दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रविन्द्र केसी पुरस्कृत भएका छन्। उनले पुलिस व्याटन पुरस्कार प्राप्त गरेका हुन्। उनलाई मंगलबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमकाबीच पुरस्कार तथा सम्मानपत्र प्रदान गरे। उनले यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन (पुलिस ब्याटन) २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ पुरस्कार प्राप्त गरेका हुन्। यस्तै उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङलाई पनि प्रशंसा पत्र एवं पुरस्कार प्रदान गरिएको छ। त्यस्तै ब्याटनमा प्रथम भएको लुम्बिनी प्रदेश प्रहरीका प्रमुख कुबेर कडायतलाई…

Read More

डडेल्धुरा: डडेल्धुराकी १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर आरतीको मृत्यु भएको देखाएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको बताए। बलात्कारपछि हत्या भएको हो ? भन्ने प्रश्नमा डिएसपी श्रेष्ठले भने, `ठ्याक्कै पोस्टमार्टम रिपोर्टमा बलात्कार नै भनेर लेखिएको छैन। तर, प्राइभेट पार्टमा घर्षण भने देखाइएको छ। विस्तृत परीक्षणपछि थप कुरा खुल्छ।´ डिएसपी श्रेष्ठका अनुसार मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। २५ गते आरती अमरगढी नगरपालिका-७…

Read More

धनगढी: सुदूरपश्चिमका एक जनाको भारतमा सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। बझाङको दुर्गाथली गाउँपालिका–१ थापागाउँ घर भएका ३६ वर्षीय नरेन्द्र थापाको स्कुटर दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमवार दिउँसो बैंगलोरको चन्दापुराबाट इलेक्ट्रोनिक सिटि तर्फ जानेक्रममा आफैले चलाएको स्कुटी अनियन्त्रित भएर टाइल्स बोकेर गइरहेको ट्रकको पछाडिको टायर मुनी पर्दा थापाको घटनास्थलमै मृत्यु भएको उनका आफन्त विक्रम भण्डारीले बताए। उनी २० वर्षदेखि परिवारसहित भारतमा रोजगारी गर्दै आएका थिए। ट्रक चालक भारतीय नागरिकलाई त्यहाँको प्रहरीले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाइएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीले आज ६९ औं प्रहरी दिवस मनाउँदैछ। प्रहरी प्रधान कार्यालयसहित विभिन्न कार्यालयमा आज र भोलि दिवस मनाइन लागेको हो। सो अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरिदैछ। यसैक्रममा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रविन्द्र केसीसहित उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिन लागेको बताइएको छ। प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। सो अवसरमा उत्कृष्ट प्रहरीलाई सम्मानित तथा पुरस्कृत गर्ने पनि गरिन्छ।

Read More

धनगढी: बैतडीमा बेपत्ता पारिएको भनिएकी किशोरीको खोजतलासका लागि प्रहरी निरीक्षककै टोली खटाइएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीबाट इन्सपेक्टरको कमाण्डमा जम्भो टोली खोजीका लागि खटिएको हो। बैतडी प्रहरीले किशोरीको खोजी कार्य तीब्र पारेको पनि जनाएको छ। अस्तिमात्र बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज नै पक्राउ परेका थिए। पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका तत्कालीन इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी समातिएका थिए। उनी अहिले पनि थुनामै छन् भने किशोरी भेटिएकी छैनन्। स्रोतका अनुसार उनीहरूबीच पहिलेदेखि लसपसको सम्बन्ध थियो। हवल्दार जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन्। जोशीलाई शुक्रबार पक्राउ गरिएकोमा किशोरीका आफन्तले…

Read More

काठमाडौं: विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरको निधन भएको छ। असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा इन्स्पेक्टर दिलबहादुर बडुवालको निधन भएको हो। विपद् व्‍यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका-५ आइटी पार्कमा मनसुनजन्य विपद् व्‍यवस्थापन स्थापना गरेको थियो। सोही आधारमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए। असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल खटिएको थियो। सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना…

Read More

रौतहट: प्रहरीको घुमुवा भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले परोहा नगरपालिका-२ बस्ने ३५ वर्षीय सुनिलकुमार बैठालाई पक्राउ गरेको हो। उनले घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधरणसँग रकम असुल गर्न खोजेको, विभिन्न व्यक्तिहरूको जिउ तलासी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अस्थायी प्रहरी पोष्ट जिङगड्वा रौतहटबाट खटिएको टोलीले परोहा-२ लालबकैया पुलबाट पक्राउ गरेको हो।प्र २–०३–०१९प९५३७ नम्बरको मोटरसाईकल चढेर राजमार्गतर्फ आउँदै गरेका बैठाको झोला जाच गर्ने क्रममा नगद १७ हजार ९ सय पैतिस रुपैया, लागुऔषध नाईट्रोभेट ट्याब्लेट १० पिस,  २०० ग्राम लागुऔषध गाजा, मोबाईल थान १ र कोरेक्स बोटल फेला परेको प्रहरीले जनाएको छ ।उनलाई कार्यालयले…

Read More

कैलालीः कैलालीबाट ८ लाख बढी मुल्यका मोबाइलका सामान बरामद गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोड स्थित पदमा अस्पताल अत्तरिया नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख १४ हजार मूल्य बराबरका मोबाइलका सामान प्रहरीले बरामद गरेको हो। उक्त मूल्य बराबरको मोबाईलको कभर र ग्लास लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More