Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : काभा महिला नेसन्स लिगमा नेपालले सोमवार माल्दिभ्सलाई सोझो सेटमा हराएको छ। यसअघि नै सेमिफाइनल फाइनल पुगिसकेको नेपाल लिगको उपविजेता बनेको छ। ४ खेलमा ३ जित र १ हारको नतिजामा ९ अंक सहित नेपाल लिगमा दोस्रो भएको हो। अब नेपालले सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ। अर्को सेमिफाइनलमा शीर्ष टोली भारतले चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्नेछ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा मात्र ८ अंकमा रोक्यो। निरिह माल्दिभ्सलाई नेपालले २५-८ ले हरायो। दोस्रो सेटमा भने प्रशिक्षक जगदीश भट्टले बेन्चका खेलाडीलाई उतारे। यसपछि दोस्रो सेट केहि बेर प्रतिस्पर्धात्मक बन्यो। एक समय नेपाललाई…

Read More

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा सोमबार दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच ७ जना मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँबाट र ३ राज्यमन्त्रीहरुले मुख्यमन्त्री कमलबहादुर शाहबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । मुख्यमन्त्री शाहले विस्तार गरेको मन्त्री मण्डलमा भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका हीरा सार्की, सामाजिक विकास मन्त्री मेघराज खडका, आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा रहेका छन् । यस्तै राज्यमन्त्रीमा सरस्वती खड्का, प्रकाशबहादुर बम र निर्मला साउद रहेका छन् ।

Read More

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । शाहलाई आइतबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बनेका छन्। उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए।पुन: समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाह फेरि मुख्यमन्त्री बनेका हुन्। उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन्। प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै…

Read More

धनगढी : बूढीगंगा नदीको कटानले बाजुरा र अछाममा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । यो वर्ष पनि नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौं बस्तीसमेत जोखिममा परेका छन् । कटानका कारण बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बूढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा छन् । गत वर्षको मनसुनमा बूढीगंगा नगरपालिका १ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमिन बूढीगंगा नदीले कटान गरेको थियो । यो वर्षको मनसुन सुरु भएपछि सोही नगरपालिका ३ ताप्रिसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत गरेको स्थानीय हिरा थापाले बताए । बाजुराको बडिमालिका नगरपालिका २ घागरमा १९ मुरी धान फल्ने खेत बगाएको…

Read More

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिएका छन् । साथै उनले आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा समेत गरेका छन् । आज बिहान धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने, ‘यो आयोजनाको प्रगति ३६ प्रतिशत सकियो, हामी तोकिएको अवधिमै आयोजना सक्छौं ।’ मुख्य चुनौती सुरुङ निर्माण भएको र त्यो काममा सफल भइसकेकाले अब बाँकी काम पनि निर्धारित समयमै सकिने उनले बताए । सुरुङ निर्माणमा सफल भएको र त्यो ज्ञान नेपाली इन्जिनियरहरुलाई पनि बाँड्ने उनले बताए । ‘हामी आफैं यस्ता संरचना बनाउन सक्छौ भन्ने यो सन्देश पनि…

Read More

धनगढी : कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ । मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्। आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने भएका छन । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले संसदीय दलले लक्ष्मण किशोर चौधरीलाई सरकारको मन्त्रीमा पठाउने निर्णय भएको जानकारी दिए ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको एक नेताले बताए । यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले गर्नेछ । एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा सहभागी थिए । सुदूरपश्चिममा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति भएको एक नेताले बताए । नेपाली कांग्रेसले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय तथा नागरिक उन्मुक्ति पार्टीले…

Read More

काठमाडौं : नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज माल्दिभ्ससँग खेल्दै छ छ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५ः१५ बजेदेखि शुरु हुने छ । नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ । त्यस्तै माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ । त्यस्तै आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुदै छ । प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्ने छ ।

Read More

धनगढी : भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीम भदेलगडाकी ४० वर्षीया जुनकीरी भुलको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो। आइतवार बिहान साढे ११ बजेतिर घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भिरबाट खसेको ढुंगा लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त धनीराम सार्कीले बताए। मृतक जुनकीरीका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका छन्। उनका दुई छोरा र दुई छोरी रहेका छन्।

Read More