Author: महेन्द्रनगर पोष्ट

धनगढी : नरभक्षी चितुवाले २८ जना बालबालिकाको सिकार गरिसकेको बैतडी जिल्लामा घाइतेहरू पनि उत्तिकै छन् । चितुवाले विशालपुर गाउँमा मात्रै छ बालकको ज्यान लिएको छ । १७ जना घाइते अवस्थामा जीवन बिताइरहेका छन् । बैतडीमा चितुवाको जोखिम बढेपछि मान्छे र चितुवाबिच एकअर्काको शत्रुता घटाउन सहअस्तित्व अभियान सञ्चालन गरिएको छ । यस अभियानमा लागेका मेलौली नगरपालिका–९, विशालपुरका शङ्करदत्त भट्ट चितुवा र मावनबिच सहअस्तित्व बढाउने समूहको अध्यक्ष बनेका छन । आँगनमा खेल्दै गरेको छोरा चितुवाको सिकार बनेपछि उनि जङ्गली जनावर चितुवा भगाउने र बचाउने अभियानमा लागेका हुन । त्यस्तै विशालपुर गाउँकी गुनडी लोहारकी छ वर्षीय छोरी चितुवाको आहारा बनिन् । यस गाउँमा लगातार छ बालबालिकालाई चितुवाले सिकार बनाएपछि चितुवा…

Read More

काठमाडौं :नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको छ। कोरोना भाइरस (कोभिड-१९) महामारीसँगै बन्द भएको टिपताला नाका शुक्रबारदेखि खुलेको हो।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा पर्ने नेपाल तिब्बतको सिमाना टिपताला कोरोना महामारीपछि चीनले एकपक्षीय रुपमा बन्द गरेको थियो। नेपाल सरकारसहितका निकायबाट निरन्तर हुँदै आएको पहल र प्रयत्नपछि बल्ल नाका खुला भएको हो।

Read More

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा प्रहरीले पुनः ३ दिनको म्याद पाएको छ । धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए । काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै मंगलबार पक्राउ परेका सिरोहियामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक…

Read More

काठमाडौं : सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन् । सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार, सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको लेखिएको छ । प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ । परीक्षणको प्रतिवदेन आउन बाँकी छ । पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि वन…

Read More

बाजुराः बाजुरामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। ढोलीले ती किशोरीलाई पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

धनगढीः कैलालीको अत्तरियाबाट लागु औषधसहित एक जना पक्राउ परेका छन्। शुक्रबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ३५ वर्षीय राजेश सुनार पक्राउ परेका हुन। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले २.९२० मिलिग्राम लागुऔषधसहित अत्तरियाबाट पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ। से ४ प १४३० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–०१ प ९७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा बिहीवार राती दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–५ देउकलियाका ३९ वर्षीय चनकलाल चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज  कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। घाइते एक जनाको घोडाघोडी अस्पताल र एक जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि कहिल्यै क्षम्य नहुने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १९१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताए । उनले विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न निर्देशन दिए । गृहमन्त्री लामिछानेलेले शान्ति सुरक्षा प्रवद्र्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराए । सङ्गठनको लामो इतिहासको जगेर्ना गर्ने नवप्रवेशी अधिकृतको काँधमा जिम्मेवारी रहेको उल्लेख गर्दै…

Read More

काठमाडौँ– आधारभूत तालिम पुरा गरेर नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरे। प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमारा परियार प्रथम, सगुन खड्का द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन्। दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन्। कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पास आउट भएर कार्यक्षेत्रमा जान लागेका इन्स्पेक्टरहरुले इमान्दार र व्यवसायीक भएर जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ। धावनमार्गमा खाल्डो परेपछि शुक्रबार मध्याह्न एक घन्टाका लागि विमानस्थल बन्द गरिएको हो। रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको लागि विमानस्थल बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल बन्द भएसँगै एक घन्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू पनि बन्द भएका छन्।

Read More