धनगढी : काभ्रे प्रहरीले अनलाइनमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दार्चुलाका एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको ब्यास गाउँपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा डेरा गरेर बस्ने भुवनसिंह धामी छन् । उनलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको हो । धामीले डोल्पाको ताङसो, गाँउपालिका-६ घर भई हाल काभ्रेको नमोबुद्द नगरपालिका-१ मा रहेको नमोबुद्ध गुम्बामा अध्ययन गरी बस्ने १७ वर्षीय कार्मा तेन्जेन गुरूङबाट १९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । धामीले ती किशोरसँग सामाजिक सञ्जालमार्फत् सम्बन्ध स्थापित गरी पटकपटक गरेर खल्ती एपमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको पाइएको हो । उनले किशोरलाई सामसुङ मोबाईल…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदलीछ । बाँकी भूभागमा मुख्यतया सफा छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ। राति…
काठमाडौं : वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो । भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो। भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो। मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। २२ हजार भन्दा घाइते भए। पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए। दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो । यो भूकम्पका…
काठमाडौं : नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपुगेका थानीले आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि उनीहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । थानी आजै अपराह्न स्वदेश फर्किनेछन् ।
काठमाडौं : इलाम-२ र बझाङ-१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन। वैशाख १५ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ। प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभा बझाङमा १(१) मा ११ उमेदवार प्रतिस्पर्धामा छन् ।
गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ । यसैबीच पछिल्लो समय इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी सङ्गठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ । कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ ।
काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति चेन्नईमा भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै भेट्टायो । लखनउका मार्कुस स्टोइन्सले अविजित १ सय २४ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । उसका कप्तान रितुराज गायकवाडले शतक बनाए । उनले अविजित १ सय ८ रन जोडे । त्यस्तै शिवम दुवेले ६६ रन बनाए । जितसँगै लखनउको ८ खेलमा १० अङ्क भएको छ । लखनउ तालिकाको…
धनगढी: सुदूरपश्चिम घर भएका नेपाली सेनाका ३ कर्मचारी गायब भएका छन्। स्रोतका अनुसार उनीहरू बिदा मागेर फिर्ता नआएको बताइएको छ। यसरी भगौडाको सूचीमा पर्नेमा दार्चुला घर भएका सिपाही रमेशसिंह खाति छन्। उनी गत वर्षको चैत २२ गते एक दिने बिदा मागेर गएकोमा फर्किएका छैनन्। उनी दार्चुलाका दलजित सिंह खातिका नाति एवं धनसिंहका छोरा हुन्। यस्तै पाँच दिन बिदामा बसेका कैलालीको लम्कीचुहा घर भएका सिपाही दिनेश भुल पनि सम्पर्कमा नआएको बुझिएको छ। कैलालीको लम्किचुहा नगरपालिका ९ का खन्टे भुलका नाति एवं गर्वेका छोरा उनी घरायसी समस्या परेको भन्दै चैत १५ गतेबाट बिदामा थिए। यता, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भएका गणेशबहादुर…
काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागिता जनाएका छन् । फ्रान्सको लियोनमा वैशाख आजदेखि १३ गतेसम्म सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा डीआईजी कुँवर सहभागी भएका हुन् । हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ। सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुनेछ। सम्मेलनका क्रममा नेपालले भारत, चीन, जापान, मलेसियालगायतका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट २० वर्षीया चेतना सेट्टी अवस्थी लागुऔषधसहित पक्राउ परेकी हुन्। आज (मंगलबार) साँझ ३६० मिलीग्रामी लागुऔषधसहित धनगढी उपमहानगरपालिका–३ बस्ने चेतनालाइ वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।