काठमाडौँ : बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिकाले राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ । पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं. उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ । पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन्। उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहीन ढङ्गले छलफल गरी नीति ल्याइने बताए। मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने जानकारी गराए। उनले भने, “उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिति आउन नदिन सरकार…
धनगढीः सुदूरपश्चिम प्रदेश १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ। १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेश पहिलो भएको हो। काठमाडौंमा सम्पन्न प्रतियोगितामा ६ वटै प्रदेशलाई पछि पार्दै सुदूरपश्चिम पहिलो भएको हो। सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कास्यसहित ४९ पदक जितेको हो। यस्तै दोस्रो भएको बागमतीले ४५ र तेस्रो स्थान हासिल गरेको कर्णाली प्रदेशले ३१ पदक हात पारेको छ। प्रतियोगितामा कोशी प्रदेशले २६, लुम्बिनीले ३५, गण्डकीले २६ र मधेस प्रदेशले १८ पदक जितेको छ।
काठमाडौं: नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) का ३ पद रिक्त भएका छन्। तत्कालीन दुई डीआइजीको एआइजीमा बढुवा र एक डीआइजी अनिवार्य अवकाशमा गएपछि ३ पद रिक्त बनेका हुन्। यस अगाडि ५ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी र ७ गते (आज) देखि एआईजी मिरा चौधरी अनिवार्य अवकाशमा गएका छन्। यस्तै प्रहरी नायब महानिरीक्षक (डिआईजी) विकासराज खनाल पनि अनिवार्य अवकाशमा गएका हुन्। एआइजीद्वय भण्डारी र चौधरीको अवकाशसँगै उनीहरूको स्थानमा डीआईजीद्धय उमेशराज जोशी र भीमप्रसाद ढकाल बढुवा भएका छन्। तर, उनीहरुलाई दर्ज्यानी चिन्ह लगाउन बाकी छ। योसँगै रिक्त बनेका ३ डीआइजी पदमा पदपूर्ति एवं ३ एसएसपीको बढुवा गर्ने तयारी थालिएको…
काठमाडौं : राष्ट्रिय पेमेण्ट गेटवे प्रणालीमा अनियमितता गरेको आरोप लागेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको छ । त्यस्तै, उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित आठ जनाले सफाइ पाएका छन् । पौडेलले संस्थाको प्रमुखको हैसियतमा प्रणाली खरिदका लागि २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भुक्तानी दिन निर्देशन दिएको र सञ्चालनमा ल्याउनुपर्ने प्रणाली थन्काएर सरकारको स्रोतको दुरुपयोग गरेको ठहर छ । आदेशमा भनिएको छ, ‘प्रतिवादीले संस्थाको प्रमुखको हैसियतमा भुक्तानी दिने आदेश गरी २३,२७,५८,०७७ भुक्तानी गरेको देखिन्छ । उक्त रकम भुक्तानी गरी…
धनगढी: कैलालीमा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा एक जना साइकलयात्री घाइते भएका छन्। गोदावरी नगरपालिका-५ गेटास्थित ६ लेन सडकमा नजिकै यूपी ३२ एनपी १०४३ भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकलयात्री घाइते भएका हुन्। घाइते हुनेमा कैलारी गाउँपालिका-७ का तुलसीराम चौधरी रहेका इलाका प्रहरी कार्यालय मालाखेती जनाएको छ। घाइते चौधरीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको र कार चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडौं : भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०२ सिटका लागि मतदान हुन लागेको हो। दशौँ लाख मानिसहरूले चुनावमा मत खसाल्ने ठानिएको छ। जून १ तारिखसम्म चल्ने मतदानका लागि झन्डै १ अर्ब मानिसहरू भोट खसाल्न योग्य छन् र यो निर्वाचनलाई संसारकै हालसम्मको सबैभन्दा ठूलो चुनाव भनिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि चुनिने लक्ष्य राखेका छन्। मोदीलाई चुनौती दिन कैयौँ विपक्षी दलहरूले मिलेर गठबन्धन बनाएका छन्। चुनावको परिणाम जून ४ मा घोषणा गरिनेछ। सोहीक्रममा आज उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले खटिमाको तराई क्षेत्रको…
धनगढी : बैतडीमा बिजुलीको बिल नर्तिने पार्टी कार्यालयको लाइन काटिएको छ । ६ वर्षदेखि विद्युत् महसुल नतिरेपछि तीन वटा मुख्य राजनीतिक पार्टीको कार्यालयमा जडान गरिएको बत्तीको लाइन काटिएको हो । नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र बैतडीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालयको लाइन काटेको हो । नियम अनुसार तीन महिनाभित्र विद्युत् महसुल बुझाउनुपर्ने भए पनि राजनीतिक पार्टीले छ वर्षसम्म बिजुली बालेर महसुल नतिरे पछि बाध्य भएर लाइन काटिएको विद्युत् वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी दिए । उनका अनुसार कांग्रेसले ४१ हजार, एमालेले १८ हजार र माओवादी केन्दले ४७ हजार विद्युत् महसुल तिर्न बाँकी छ…
काठमाडौं : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई धरौटीमा छोडेको हो । जिल्ला न्यायाधीश डा। श्रीप्रसाद उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । आदेशमा दीपेशसँग ४ लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटीको मागिएको छ । गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको सुप्रिम सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका…
काठमाडौँ : नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जङ्गी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने भए पनि दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ ।