धनगढी : तराईका दुई र पहाडमा सात जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले अझै अरु निकायका भवन र भाडाका भवनमा आश्रय लिएर समाज सुरक्षाको जिम्मेवारी बहन गरिरहेको छ। उत्तरमा चीनको सीमादेखि कैलाली र कञ्चनपुरमा भारतसितको खुला सीमाना जोडिएको सुदूरपश्चिम प्रदेशमा प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिकको जीउधनको रक्षाका निम्ति भाडा र स्थानीय तह, विद्यालय, तथा अन्य सार्वजनिक भवनमा चौकी स्थापना गरिएको अवस्था छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले जिल्ला प्रहरी कार्यालय र इलाका स्तरसम्म प्रहरीको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना बनिनसकेको बताए। उनले गाउँघरमा चौकी र बिटहरुको भौतिक संरचना निर्माण कार्य दोस्रो चरणमा…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालको सचिवालयबाट कृपाराज उपाध्यायलाई फिर्ता पठाउन निर्देशन दिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा कृपाराजलाई फिर्ता पठाउन निर्देशन दिएको हो। उनी ठेकराज माध्यामिक विद्यालयका शिक्षक हुन्। हमालले आफू निर्वाचित भएपछि कृपाराजलाई सचिवालयमा ल्याएका थिए। यसरी शिक्षकलाई नगर शिक्षा ऐन २०७४ को दफा ४१ विपरीतको कार्यमा खटाईएको भन्दै फिर्ता पठाउन निर्देशन दिएको छ। महालेखाले कृपाराजको ठाउँमा करारमा थप शिक्षक नियुक्त गरेर आर्थिक व्ययभार थपिएको उल्लेख गरेको छ।
धनगढी : रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो । गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ ।
काठमाडौं : सरकारले सोमबार (असार ३)मा सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
धनगढी : बैतडीमा एक घरमा एक आगलागी भएको छ। जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीका सुरेन्द्रसिंह धामीको पत्थरले छाएको घरमा आज (शुक्रवार) दिउँसो आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार आगलागी हुँदा ८ पुशचौपाया जलेर मरेका छन्। भैंसीका लागि कुडो पकाउन बालेको आगो नजिकै राखेको खरमा सल्केपछि उक्त आगो घरमा सल्किन गई आगलागी भएको हो। आगलागीबाट घरको तल्लो तला जलेर नष्ट भएको छ भने गोठमा बाँधेका एक भैैंसी, एक हल गोरु र ५ बाख्रा जलेर मरेका छन्। यस्तै धामीको घरभित्र राखेको मकै, गहुँ र लत्ताकपडामा समेत क्षति पुगेको प्रहरी निरीक्षक केसीले बताए।
काठमाडौं : नेकपा (एमाले) ले शनिबार संसदीय दलको बैठक बोलाएको छ। एमाले संसदीय दलको बैठक संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने बर्तौलाले बताए।
काठमाडौं : गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए । तर माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो । यससँगै सांसदसँगै मन्त्री पद पनि गएको छ ।
काठमाडौं : नेपाल प्रहरीका चारजना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ । डीएसपीबाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसपीमा बढुवा भएसँगै उनीहरुले नयाँ जिम्मेवारी पाएका हुन् । उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता पाउने गरी प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयानुसार पदस्थापना र काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी गण बिराटनगर मोरङमा प्रदिप बहादुर क्षेत्री गएका छन् । मधेश प्रदेश प्रहरी गण जनकपुर, धनुषामा नारायण रंजितकारलाई पदस्थापन गरिएको छ । यस्तै अनन्त राम शर्मालाई गण्डकी प्रदेश प्रहरी गण पोखरा, कास्की र एक नारायण कोईरालालाई मानव बेचविखन अनुसन्धान व्यूरो मानव…
काठ्माडौं : वर्षौँको प्रयासपछि अन्ततः नेपाल प्रहरीमा स्टाफ कलेज सुरु हुने भएको छ । प्रहरी महानिरीक्षक नेतृत्वको नीति समन्वय समिति (पिसिसी) बैठकले यससम्बन्धी प्रस्ताव गत साता स्वीकृत गरी असारदेखि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी नेतृत्वको समितिले बनाएको प्रतिवेदन गत शुक्रबार प्रहरीको नीति समन्वय समितिमा प्रस्तुत भएको थियो । समितिले प्रस्ताव स्वीकृत गरेपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कार्यान्वयनको तयारी अघि बढाइसकेको छ । समितिले समन्वय समितिको बैठकमा आएका सुझावलाई समेत समेटेर केही दिनभित्रै प्रतिवेदन बुझाउँदै छ । प्रतिवेदनमा असारभित्रै पुलिस साइन्स संकाय स्थापना गर्ने उल्लेख छ । मास्टर इन पुलिस साइन्स (एमपिएस) कोर्सका रूपमा स्टाफ कलेज लागू हुन…
धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । हिजो ३१ गते वडा नम्बर ६ का वडाध्यक्ष हरिष खड्काले गाउँपालिका शिक्षा शाखा प्रमुख नरबहादुर धामीलाई धम्क्याएको भन्दै कर्मचारीहरुले आज पेन डाउन गरेका हुन् । पालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जनप्रतिनिधीबाट ज्यान मार्ने धम्की र दुव्र्यवहारको विरोधमा शुक्रबार पेन डाउन गरेको जनाएका छन् । साथै घटनाको छानबिन गरी वडाध्यक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने र आफुहरुको सुरक्षाको ग्यारन्टी हुनुपर्ने माग राखेका छन् । यस्तै सम्बन्धीत निकायले मुखदर्शक भएका सामुहिक रुपमा प्रतिकारमा उत्रिने बताएका छन् । के हो लफडा ? केदारस्युँ गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षक कमल स्याँडाको सरुवाको बिषयमा लिएर…