धनगढी: रेशमलाल चौधरीकी पत्नी एवं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले चुनावताकाको उधारो नतिरेको पाइएको छ। रञ्जिता टीकापुरमा चुनाव लड्दाको उधारो रकम नतिरेको पाइएको हो। उनले उधारो नतिरेको भन्दै टीकापुर नगरपालिकाको न्यायिक समितिमा उजुरीसमेत परेको छ। रञ्जिताले उधारो नतिरेको भन्दै टीकापुर नगरपालिका वडा नं. १ बम ब्रदर्सका प्रनितिधि राजकुमार चौधरीले उजुरी हालेका हुन्। उनले २०७९ मंसिर ०४ गते भएको आम निर्वाचनमा संघिय सांसदमा रञ्जिता श्रेष्ट र प्रदेश सभा सभासदमा लक्ष्मणकिशोर चौधरीले चुनाव लड्दा उधारो मागेका थिए। चुनावी मैदानमा उनीहरूले कार्यकर्ता परिचालनका लागि मोटरसाईकल, जिप, ट्याक्टर प्रयोग गर्दा बम ब्रदर्स टिकापुरबाट पेट्रोल, डिजेलसमेतको गरेर एक लाख अठतीस हजार…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: नेपाल भारत सीमा नजिकैको भारतीय भूमिमा एक व्यापारी आफ्नै घरमा मृत भेटिएका छन्। अस्ति बिहान व्यापारी मृत भेटिएको घटनामा अहिले प्रहरीले तीव्र अनुसन्धान थालेको छ। भारतीय प्रहरीका अनुसार मृतक व्यापारी लखिमपुर खेरी जिल्लाको सम्पूर्णनगर थानाको नेपाल सीमा बजार भानपुरी खजुरियाका कृष्णकुमार सेठी उर्फ बब्लु सेठी रहेका छन्। प्रहरीले उनको शव घरमा शंकास्पद अवस्थामा फेला पारेको थियो। घरमा एक्लै बस्ने व्यवसायी कृष्ण कुमारको शव आइतबार बिहान हात खुट्टा कपडाले बाँधिएको अवस्थामा फेला परेको थियो। सो शव फेला परेपछि स्थानीय त्रसित बनेका छन् भने बजारमा थप प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनको घरमा लुट भएको र लुटेराले उनको हत्या गरेको हुनसक्ने…
धनगढी: केन्द्रमा सत्ता समीकरणमा उथलपुथल भएसँगै प्रदेश राजनीति पनि तरंगित भएको छ। केन्द्रमा नेकपा माओवादी केन्द्रसहितलाई छोडेर एमालेले नेपाली काँग्रेससँग समीकरण निर्माण गरेसँगै प्रदेशको राजनीति र सरकारको समीकरण पनि प्रभावित बनेको हो। हाल सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, एमाले र नाउपाका २ मन्त्रीसहितको सरकार छ। तर केन्द्रमा भएको नयाँ समीकरणमा सुदूरपश्चिम प्रदेशको नेतृत्व पनि फेरबदल गर्ने सहमति गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भएको सोही सहमतिअनुसार सुदूरपश्चिम नेपाली काँग्रेसको भागमा परेको हो। त्यसमा एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको…
काठमाडौं : नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।गएको मध्यराति देउवा-ओलीसहित बसेर नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ । नयाँ कोर्ष अघि बढिसकेकोले समर्थन फिर्तादेखि राजीनामासम्मका सबै काममा विलम्ब नगरिने बर्तौलाले बताए । एमालेसँग भएको सहमतिबारे पार्टी पंक्तिमा औपचारिक जानकारी गराउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । रास्वपा र माओवादीले पनि सचिवालय र पदाधिकारी बैठक बोलाएको छ ।
काठमाडौं : कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् । ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश…
काठमाडौं : प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको हो । शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेका एक नेताले जानकारी दिए । सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने…
काठमाडौँ: नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ। सहमति पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच हस्ताक्षर भएको हो। दुई दलबिच भएको वार्तामा सहभागी नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ। यस्तै एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो।
काठमाडौँ: कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस–एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका हुन्। अस्वस्थ रहेका देउवा यस अगाडि निवासमै आराम गरिरहेकोमा अहिले उनी पनि शीतल निवास हानिएका हुन्। स्रोतका अनुसार कांग्रेसका तर्फबाट सभापति देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरू त्यहाँ गएका छन्। एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को…
काठमाडौं: नेपालमा सत्ता समीकरण फेरबदलबारे दुई ठूला दलबीच रस्साकस्सी भइरहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिरामी परेका छन्। स्रोतका अनुसार अस्वस्थ देउवा निवासमा आराम गरिरहेका छन्। उता नयाँ समीकरणमा जोडिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने शीतल निवास पुगेका छन्। माओवादीलाई छोडेर काँग्रेससँग मिल्दै आफू प्रधानमन्त्री बन्ने लाइनमा गएका ओली मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्शका लागि त्यहीँ पुगेका हुन्। एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा दुई दलले करिब सहमति जुटाइसकेका छन्। त्यसका लागि उनले राष्टपतिसँग आवश्यक परामर्श गर्दैछन्। त्यसपछि मंगलबार नै नयाँ सरकारका लागि ठोस निर्णय लिइने बताइएको छ। नयाँ सरकार गठनका लागि दलका नेताहरूबीच बिहानसम्म हस्ताक्षर हुने…
काठमाडौँ: संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ सत्ता गठबन्धन गर्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो। सोमबार राति भएको सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि छन्। सहमतिको ड्राफ्ट तयार गर्ने एक नेताले दिएको जानकारी अनुसार ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने’ पहिलो बुँदामा उल्लेख छ। ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय…