धनगढी : अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-१४ पातलकोटका ४१ वर्षीय पदम बोहराको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार साँझ करिब ४ः३० बजेको समयमा सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको विद्युत् ट्रान्समिटर जडित पोलमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर बोहरा गम्भीर घाइते भएका थिए। ४१ वर्षीय बोहरालाई उनलाई उपचारको लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनास्थलमा पुगेका प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। बोहरा विद्युत् कार्यालयका कर्मचारी नभएको प्रहरीले जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : बझाङमा यार्सा संकलन गर्ने क्रममा भिरबाट लडेर एक जना गम्भिर घाइते भएका छन । जिल्लाको साइपाल गाउपालिका वडा नम्बर १ का २० बर्षिय लक्ष्मण धामी यार्सा संकलन गर्ने क्रममा भिर बाट लडेर गम्भिर घाइते भएका हुन । उनि जेठ २७ गते बिहान साइपाल गाउपालिकाको बाटुलसेरामा यार्चा संकलन गर्न गएका थिए । उक्त बाटुलसेरा भिर बाट लडेर उनि गम्भिर घाइते भएको वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र धामिले बताए । उनलाइ सो भिर बाट स्थानीयले हिजो राती निकालेका थिए । यार्चा संकलन गर्ने क्रममा भिरबाट लडेका धामिको एक हात भाचिनुका साथै टाउकोमा गम्भिर चोट लागेको जनाइएको छ ।
काठमाडौं : विमानस्थल र सीमानाकास्थित अध्यागमनका काम गर्ने कर्मचारीलाई गृह मन्त्रालयले छुट्टै पोसाकको व्यवस्था गरेको छ । विमानस्थलमा तथा नाकामा अन्य कर्मचारीभन्दा फरक र स्मार्ट देखिने गरी नयाँ पोसाक स्वीकृत भएको हो । असार महिनादेखि अध्यागमनको फ्रन्टमा खटिने कर्मचारीले नयाँ पोसाक लगाउने अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले बताए । ‘अध्यागमनका कर्मचारीको सजिलै पहिचान होस् भनेर नयाँ पोसाकको व्यवस्था गरेका हौँ,’ निरौला भन्छन्, ‘साथै अध्यागमनलाई स्मार्ट बनाउने उद्देश्यअनुसार यसलाई कार्यान्वयनमा लगेका हौँ ।’ अध्यागमनमा कार्यरत सबै कर्मचारीको नाप लिएर सिलाउने काम भइरहेको विभागले जनाएको छ । नयाँ पोसाकमा दायाँतर्फ कर्मचारीको नाम र बायाँतर्फ अध्यागमन भनेर लेखिएको छ । गत १६ जेठमा गृहमन्त्रीस्तरीय निर्णयबाट नयाँ पोसाकको डिजाइन स्वीकृत…
काठमाडौँ : टी–२० विश्वकपमा ओमानमाथि शानदार जित हासिल गर्दै स्कटल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा स्कटल्याण्ड ७ विकेटले विजयी बनेको हो । ओमानले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य टोलीले मात्र ३ विकेटको क्षतिमा ४१ बल अगावै पछ्यायो । टोलीका लागि ब्रान्डन म्याकमुलेन नायक बने । उनले मात्र ३१ बलमा ६१ रन जोडे । यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे । ओपनर जर्ज मुन्सेले २० बलमा ४१ रनको योगदान दिए । उनले २ चौका र ४ छक्का हिर्काए । माइकल जोन्सले १६ रन तथा म्याथ्यु क्रसले नटआउट रहँदै १५ रन…
काठमाडौँ : आज सोमबार, २८ जेठ २०८१ (१० जुन २०२४)। हेर्नुस् आजको राशिफल- मेष : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर व्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने। वृष : छोटो दूरीको लाभदायक यात्रा रहला। काममा लगनशील भइनेछ। दाजुभाइ तथा दिदीबहिनीले…
काठमाडौँ : अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको १९औँ खेलमा भारतले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको भारतले पाकिस्तानलाई जितका लागि २० ओभरमा १० विकेट गुमाउँदै १२० रनको लक्ष्य दिएको थियो। न्युयोर्कमा आइतबार राति भएको खेलमा लक्ष्य पछ्याएको पाकिस्तानले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ११३ रन मात्र जोड्न सक्यो। भारतको जितमा जसप्रित बुमराह नायक भए। उनले १४ रन दिएर पाकिस्तानको ३ विकेट झारे।
काठमाडौँ : विशेष अदालत काठमाडौँले सडक निर्माणको ठेक्का हात पार्ने प्रयोजनका लागि गलत लिखतका आधार बैंक ग्यारेन्टी राख्ने कार्यमा संलग्न राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्ने सजाय आइतबार सुनाएको हो । विशेषले तीनवटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर रामजनक चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीनवटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका…
काठमाडौँ : जम्मु–कस्मिरको रियासीमा भक्तजन बोकेको बसमा आइतबार साँझ आतंककारीले आक्रमण गरेका छन्। घटनामा १० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिइरहेका बेला रियासी जिल्लाको कांडा क्षेत्रमा यो आतंकवादी हमला भएको हो। रियासी एसएसपी मोहिता शर्माले प्रारम्भिक रिपोर्टका अनुसार शिव खोडीबाट कटरा जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका हुन्। जसका कारण चालक घाइते भए र बस खाल्डोमा खस्यो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र ३३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसमा सवार अन्य यात्रुको उद्धार गरिएको मोहिता शर्माले बताए। यात्रुहरुको पहिचान हुन सकेको छैन। अधिकांश भक्त…
महेन्द्रनगर : भारतको उद्यमसिंह नगरस्थित नानकमत्तामा कञ्चनपुरका दुई जना मृत भेटिएका छन्। भारतीय प्रहरीका अनुसार महेन्द्रनगरका २२ वर्षीय सागर र एक जना थप मृत भेटिएका हुन्। त्यहाँ १८ वर्षीय नीखिल र १९ वर्षीय सोहन पनि थिए। भारतीय प्रहरीका अनुसार उनीहरु तीनै जनालाई एम्बुलेन्सले अस्पताल पुर्याएको थियो। तर अस्पतालमा २ जनाको मृत्यु भएको हो। उनीहरू सडक दुर्घटनामा परेको बताइएको छ।
धनगढी : राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रादेशिक समिति धनगढी कैलालीद्वारा आयोजित प्रशिक्षण, भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेयको प्रमुख आतिथ्य र प्रदेश समिती अध्यक्ष राजेन्द्र बिष्टको सभापतित्व रहेको थियो। कार्यक्रमका विशेष अतिथिहरुमा राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक प्रबन्धक राजेन्द्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष बद्री तिमिल्सिना, उपाध्यक्ष इश्वर उप्रेती, महासचिव रबिन्द्र चौलागाईं, सचिव कृष्ण लम्साल, कोषाध्यक्ष ऋषि ज्ञवाली, केन्द्रिय सल्लाहकार सदस्य प्रतिभा भण्डारी, र केन्द्रिय सदस्य नारायण कुवँर तथा बेद बस्तोला रहेका थिए। यस्तै कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक सुदूरपश्चिम प्रदेशका उप प्रमुख कर्ण देब जोशी विशेष अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न शाखा…