काठमाडौं : भारतको विभिन्न प्रान्तमा आजदेखि लोकसभा निर्वाचन सुरु भएको छ । लोकसभा चुनावको पहिलो चरण २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान हुँदैछ । मतगणना असार ४ गते हुनेछ । पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड पश्चिम बंगाल, अण्डमान र निकोबार टापुहरू सहित राज्य र केन्द्र शासित प्रदेशहरू जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा मतदान हुँदैछ। निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई…
काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका थोरै तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना छ। राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको…
काठमाडौं : एन्फा उपाध्यक्ष दावा लामा बिहीबार प्रहरीको फन्दामा परे। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। बिनाकारण नियन्त्रणमा लिइएको दाबी गरेका लामालाई प्रहरीले भने पुरानो मुद्दाको फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिएको जनाएको थियो। तर, प्रहरीले उनलाई प्रभावमा परेर दुस्ख दिएको बुझिएको छ। एन्फाको आन्तरिक विवाद र दावालाई दुस्ख दिने किसिमले डीएसपी अनिल घिमिरेले एन्फाका पूर्व अध्यक्षसमेत रहेका कर्माछिरिङ शेर्पाको प्रभावमा परेर उनलाई पक्राउ गरेको बुझिएको हो। दावानिकट स्रोतका अनुसार जबर्जस्ती बिदाको दिन लगेर दुःख दिएको र एन्फामा लोकप्रिय भएपछि कर्माको सल्लाहमा उनलाई प्रहरीले नियोजित रुपमा पक्राउ गरेको जनाएको छ। दावा एन्फामा आगामी अध्यक्षको दाबेदारसमेत मानिएका छन्।…
डोटीः डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको शिखर नगरपालिका–११ बारपाटा स्थित सेती नदीमा सोही ठाउँकी अन्दाजी ७२ वर्षीया गौरी रोकाया बिहीबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
धनगढी : नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक विकास तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्। बिना विभागीय मन्त्रीको सपथ लिन अस्विकार गरेका कैलासले राति ९ बजे भौतिक मन्त्रालय दिने सहमतिपछि सपथ लिए। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन्।
धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्री बनेका छन । संविधानको धारा १६८ (२) बमोजिम सोडारी मुख्यमन्त्री बनेका हुन । प्रदेश प्रमुख नजिर मियाँले विहीबार नै सोडारीलाई पद तथा गोपनीयताको सपथ खुवाए । उनले आजै पदभार पनि ग्रहण गरेका छन । सोडारीले नेकपा माओवादीका सभामुख सहितका ११ , एमालेका १०, समाजवादीका ४, उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी ३३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । तर उनले रेशम पक्षका ५ जना उन्मुक्ति सांसदको समर्थन भने नपाउने सम्भावना बढेको छ । विहीबार पनि उन्मुक्तिका २ जना प्रदेश…
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ । आज सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । ‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ ’ उनले भने, ‘अर्काे निर्णय नहुँदा सम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ ।’ प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । आजै शपथको तयारी छ । सानो मन्त्रीमण्डल बनाउने सम्भावना पनि रहेको छ । तर, एमाले भने सरकारमा तत्काल सहभागी नहुने जनाएको छ ।एमालेसहित, माओवादी, नेकपा…
काठमाडौँ : सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बढुवा हुनेमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ रिक्त सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल रहेका छन् ।
धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीका का पाँचजना सांसदहरूले समर्थन नरहेको भन्दै पत्र बुझाएका छन्। आज एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको भन्दै उनीहरूले पत्र बुझाएका हुन्। उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पारेका छन्। उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन्। जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम…