काठमाडौं : रेष्टुरेन्टमा महिलाको गोप्य तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलाशले डिएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनी गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टबाट पक्राउ परेका थिए । एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्वीर तथा भिडियो खिचेका थिए। युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् । पछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई थुनाएका हुन् । पोखरा बाहिनीमा कार्यरत डिएसपी केसी सशस्त्रका अन्य अधिकृतसहित रेष्टुरेन्टमा बसेर…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : नेपाल क्रिकेट सघं (क्यान)ले चार समितिको संयोजक मनोनयन गर्ने निर्णय गरेको छ। क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजक तोकेको छ। केन्द्रीय सदस्य घले तीन दशकदेखि क्रिकेटमा सक्रिय छन्। सन् २००५ मा नेपालमा आयोजना भएको एसिसी यू-१९ प्रतियोगिताको संयोजक भएका घलेले त्यसयता विभिन्न प्रतियोगितामा नेपाली टिम र प्रतियोगिताको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए। क्यानले केन्द्रीय सदस्य विक्रम विष्टलाई प्राविधिक समितिको संयोजक तोकेको छ। कैलालीका विष्ट लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय छन्। यस्तै पूर्व खेलाडी तथा क्यान केन्द्रीय सदस्य धिरेन्द्र सावद विकास समितिको संयोजक तोकिएका छन्। धिरेन्द्रले सुवास शाहीसँग मिलेर १२ धनगढी क्रिकेट…
काठमाडौं : सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दा सोमबार अदालतमा दर्ता भएको छ । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ । उक्त ऐनअनुसार एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था…
काठमाडौं : टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए । कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाको आरोप छ । एक साताअघि इन्द्रेणीबाट निष्काशनमा परेका शर्मिलालगायतका कलाकारहरुले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । त्यसपछि कँडेलले गत शुक्रबार उनीसहित ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।
काठमाडौं : निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १(१) मा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए। निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगले जनाएको छ। सोमबार स्वीकृत कार्यतालिका अनुसार चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति…
डडेल्धुरा: डडेल्धुरा घर भइ हाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले एक मृर्गौला पीडितलाई सहयोग गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका–७ का मृर्गौला पीडित राम कैनीलाई उनले नगद १२ हजार सहयोग गरेका हुन्। यसका साथै मल्लले बेथस्दा बाल गृह लगायत ९ जनालाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छन्। उनले खगेन्द्र ठकुराठी र कृतीबहादुर ऐरको समन्वय तथा वडासदस्य राम परियार र शारदा ओझाको रहोबरमा चामल, दाल, तेल, साबुन लगायतका खाद्यान्न सामग्री सहयोग गरेका हुन्। समाजसेवी मल्ल डडेल्धुराका दुखी, पीडित, गरिब, विपन्न वर्ग साथै विद्यालयलाई सहयोग गर्दै आएका छन्। उनले हालसम्म १ करोड भन्दा बढीको सेवा गरिसकेका छन्। उनले डडेल्धुराका विद्यालयमा छात्रवृद्धिका…
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ‘स्ट्रिप रोपलाइट’ जडान गरिएको छ। जडित ‘स्ट्रिप रोपलाइट’को हिजो (आइतबार) साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरे। रात्रीकालीन सौन्दर्यकरणका लागि धनगढी उपमहानगरपालिकाले ‘स्ट्रिप रोपलाइट’ जडान गरेको हो। पहिलोचरणमा ६ लेन सडकअन्तरगत पर्ने भारतको नाका जोड्ने त्रिनगर भन्सारदेखि मोहनपुरसम्म ‘स्ट्रिप रोपलाइट’ जडान गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ। ‘स्ट्रिप रोपलाइट’ को उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले धनगढीलाई नमुना सुन्दर शहर बनाउन तीनै तहको सरकारको सहकार्यमा विकास निर्माणका काम भइरहेको बताए। उनले ६ लेन सडकमा जडान गरिएको ‘स्ट्रिप रोपलाइट’ले धनगढीको रात्रीकालीन सौन्दर्यलाई बढाउने बताए। उपमहानगरले ३१ लाखको लागतमा ६ लेन सडकका…
धनगढी : कैलालीमा एक महिला पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन्। सम्पर्कविहीन हुनेमा जिल्लाकाे गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार रहेकी छन्। उनी फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी बताइएको छ। उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए। सुनीताका ससुरा विनोद परियारका अनुसार, उनी राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी थिइन्। तर, अहिलेसम्म पनि घरमा आएकी छैनन्। भारतमा रहेका उनका श्रीमान उनी हराएपछि घर फर्किएका छन्। सुनिताका ४ छोराछोरी छन्।
बझाङ : बझाङमा मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रसाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
धनगढी : कञ्चनपुरमा स्थानीयको लाखौँ रकम ठगेर एक महिला फरार भएकी छन्। फरार हुनेमा जिल्लाको बेलौरी नगरपालिका-१० घर भएकी लक्ष्मी जोशी रहेकी छन्। उनी बेलौरीका स्थानीयबाट पैसा ठगेर फरार भएकी हुन्। उनले बेलौरी-८ का महेशसिंह विष्टबाट १८ लाख ५३ हजार, बेलौरी-१० शिवनगरकी शान्ति थापाको एक लाख ५० हजार, बेलौरी-१० शिवनगरकै हिमानी खड्काको ३ लाख २० हजार र शिवनगरकै सुनिता जोशीको परिवारबाट ८ लाख रुपैयाँ लगेकी छन्। उनले प्राय सबैसँग घरायसी खर्च भनेर मागेको बुझिएको छ। उनले कलकत्तामा कस्मेटिक पसल पनि सञ्चालन गरेकि थिइन्। पीडित महेशका अनुसार सुरुमा लक्ष्मीका बुढाले सो रकमको तमसुक बनाएर ६ महिनाको भाका दिएका थिए। भाका सकिएपछि…