Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रमेश लेखकलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेका छन्। देउवाले लेखकलाई मनोनीत गरेपछि पार्टीमा तरंग पैदा भएको छ। पार्टी सभापति देउवाले लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेपछि केन्द्रीय सदस्य एनपी साउद रुष्ट भएको बताइएको छ। लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन्। कांग्रेसको विधानमा पदाधिकारी र प्रतिनिधि सभा तथा राष्ट्रिय सभा दलको नेता पदेन सदस्य हुने व्यवस्था छ। सभापतिले केन्द्रीय समितिमा रहेका वरिष्ठ सदस्यहरूमध्ये ३१ लाई कार्यसम्पादन समिति सदस्यमा मनोनयन गर्ने र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउने भन्ने परम्परा रहेको थियो। जसमा १३ जना पदाधिकारी छन्। त्यसपछि ३१ जनालाई बनाउँदा वरियतामा ४४ नम्बरसम्म रहेका नेताहरू…

Read More

काठमाडौंः सेनाका ११ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) को सरुवा भएको छ। सैनिक सचिव विभागको पत्रानुसार भएको सरुवा आगामी मंगलबारदेखि लागु हुने जनाइएको छ। विभागले नरसिंहदल गणका प्रमुख सेनानी प्रमोदकुमार शर्मा ५ नम्बर बाहिनी अड्डामा,श्रीनाथ गणका सुरेश देवकोटालाई पूर्वी पृतना हेडक्वार्टर र रुरु भैरवदल गणका हिमाचलजंग शाहलाई नम्बर १८ वाहिनी अड्डामा सरुवा गरिएको जनाएको छ। त्यस्तै प्रमुख सेनानीहरुमध्ये सबुज गणका गणेशराज पन्थलाई चरक बाहिनीमा,श्रीजंग गणका डायमण्ड कार्कीलाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र नम्बर १८ वाहिनी अड्डाका सरोज कोइरालालाई सबुज गणको गणपति बनाइएको छ। सैनिक इन्टेलिजेन्स निर्देशनालयमा काजमा रहेका नम्बर ५ वाहिनी अड्डाका प्रमुख सेनानी निराजन कटुवाललाई श्रीजंग गणको गणपतिमा…

Read More

धनगढीः कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–३ ढुसाका २३ वर्षीय राजमहम्मद खाँको जानकी गाउँपालिका–७ स्थित पथरैया नदीमा डबेर मृत्यु भएको प्रहरीले बताएको छ। मंगलबार भैँसी पुर्याउन भनेर टीकापुर गएका उनी राति ११ बजेसम्म घर नफर्किएपछि उनको परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय भजनीमा खबर गरेका थिए। उनलाई प्रहरीले बुधबार पथरैया नदीमा मृत अवस्थामा फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै रिक्त भएको एसएसपी पदमा बढुवाको तयारी थालिएको छ। रिक्त पद पूर्तिको लागि प्रहरी प्रधान कार्यालयले तयारी थालेको हो। बढुवा सिफारिस समितिले गत शुक्रबार एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोज केसी र राजन अधिकारीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै नेपाल प्रहरीमा चार एसएसपी दरबन्दी रिक्त भएको छ। सोही रिक्त एसएसपीको दरबन्दीमा बढुवाका लागि तयारी थालिएको हो। बढुवाको गृहकार्य थालिएकोमा एसएसपी बढुवाका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। जसका लागि केही अधिकृतहरुले विचौलियामार्फत दौडधुप सुरु गरेका छन्। स्रोतका अनुसार अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएका छन्। २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा…

Read More

खगेन्द्र गिरीप्रस्तुत चित्रमा देखिने चार जना आकर्षक व्यक्तित्वशाली महिलाहरु नाताले एउटै परिवारका दिदीबहिनी हुन् तर प्रकारान्तरले उनीहरु सम्धिनी हुन पुगे । यी चारै जनाको माइती नेपालको सम्भ्रान्त राणा परिवार हो । उनीहरु बिहे गरेर भारतका विभिन्न ठाउँमा गएका हुन् । उनीहरु भारतको सामाजिक र राजनीतिक जनजीवनमा आफ्नो विशिष्ट परिचय बनाउन सफल भएका हुन् । भारत सन् १९५१ मा गणतन्त्र हुनुपूर्व त्यहाँ ६ सय वटा राज्य रजौटा थिए । ती राज्य रजौटामध्ये धन सम्पत्ती र विविध दृष्टिकोणले ग्वालियर, कस्मिर, बडोदा र टेहरी गढवालका रजौटालाई सबैभन्दा प्रभावशाली र र बलिया रजौटा मानिन्छ । सौभाग्यले यी चार जना नेपाली चेलीहरु ती चारवटा प्रभावशाली…

Read More

धनगढी : कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो । गौतम सोही उद्योगमा काम गर्दै आएका थिए ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश दिशाविहीन रूपमा अघि बढिरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आज विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर हुँदै गएको बताए । यसलाई रोक्न पत्रकारहरू सचेत हुनुपर्नेमा उनको जोड छ ।  उनले पत्रकारहरूलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारसँग आग्रह गरे । कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने बताए ।  उनले कैलाश सिरोहियालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका…

Read More

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि बुधबार सुन तोलामा १ लाख ४० हजार ५०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

सुर्खेत : वीरेन्द्रनगरमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाही रहेका छन् । प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले उनलाई ठक्कर दिएको थियो । शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं : ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् । प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Read More