Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : संगठनमा व्यापक नीतिगत सुधारसहित सशस्त्र प्रहरी बलले नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयमा बुझाएको छ । ऐनको मस्यौदामा उच्च पदाधिकारीको पदावधि घटाउने, ३० वर्षे सेवाहद हटाई उमेरहद बढाउने तथा १६ वर्षमै निवृत्तिभरण सुविधा दिनेलगायतका प्रावधान छ । केही दिनअघि गृहमा बुझाइएको ‘सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी बनेको विधेयक २०८१’ मा सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि तीन वर्षमा झार्ने प्रस्ताव छ । हालको ऐनमा चार वर्षको प्रावधान छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको पदावधि चार वर्ष रहेकामा उनले आफ्नै पदावधि घटाएर तीन वर्ष बनाउने प्रस्ताव गरेका छन् । संगठनको नेतृत्वमा तीन वर्षको अवधि उपयुक्त हुने र वृत्तिविकासमा पनि सहज हुने निष्कर्षका आधारमा आइजिपीको पदावधि घटाउन लागिएको…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलका खेलाडी तथा अदम्य साहसका साथ काम गर्ने प्रहरी अब एसपीसम्म विशेष बढुवा हुन पाउने भएका छन् । उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई संगठनले एसपीसम्मको पदमा बढुवा गर्न सक्नेछ । संगठनमा व्यापक नीतिगत सुधारसहित सशस्त्र प्रहरी बलले नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयमा बुझाएको छ । मस्यौदामा भनिएको छ, ‘अदम्य साहस, वीरता प्रदर्शन गरी वा अन्य प्रकारबाट संगठनको मान, प्रतिष्ठा र गौरव बढाउन अतुलनीय एवं विशिष्ट योगदान पुर्‍याई वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सशस्त्र प्रहरी उपरीक्षकसम्मको पदमा बढुवा गर्न सकिनेछ ।’ प्रहरी संगठनमा चर्चित राष्ट्रिय खेलाडीहरू तल्लो तहमा मात्र रहेका छन् । विशेष बढुवा गर्दा पनि एक…

Read More

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय…

Read More

काठमाडौँ :   बिहीबार  साँझ आएको हावाहुरीमा परि गोरखा र पर्सामा  २ जनाको ज्यान गएको छ।  हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय  गिरबहादुर राना मगर  मृत्यु भएको वडा अध्यक्ष  यम बहादुर थापाले जानकारी दिए। गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको  मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ।  हावाहुरीका कारण दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिबालीमासमेत   धेरै क्षति पुगेको छ। यस्तै वर्षासँगै आएको हावाहुरीले पर्सामा एक जना वृद्धको मृत्यु भएको छ। पर्साको विन्दबासिनी गाँउपालिका–२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका सूचना…

Read More

काठमाडौं : तराई मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण त्यहाँको जनजीवज प्रभावित बनेको छ । अझैं केहि दिन गर्मी यस्तै रहने मौसमविदले बताएका छन् ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमाको तापक्रम आज ४४ डिग्रीभन्दा माथि पुगेको छ । सबैभन्दा धेरै गर्मी लुम्बिनीमा हुने मौसमविद्को भनाइ छ । काठमाठौं उपत्यकामा पनि गर्मी धेरै महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Read More

धनगढी : कैलालीमा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले जेठ १८ देखि  २४ सम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए । धनगढी उपमहानगरपालिकासँगै अन्य पालिकाले पनि बिदा दिएका छन् । गोदावरी नगरपालिका, टीकापुर नगरपालिका र लम्की चुहा नगरपालिकाले गर्मी बिदा दिएका…

Read More

बझाङ : यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका-५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो। बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगा पुगेका बोहरा एक्कासी हिउँमा चिप्लेको स्थानीय दिपेश दमाईले जानकारी दिए।  उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलनका लागि निस्केका थिए। बझाङमा अहिले यार्सा संकलनको सिजन चलिरहेको छ।

Read More

दार्चुला : दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको हो । कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द रहेको छ । चीनको तिब्बत (बुराङकाउन्टी)का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग आज भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल (वीच्याट) बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

Read More

दाङ : दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका थिए…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् ।  राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन त्यहाँ जान लागेका हुन् । यस्तै बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Read More