धनगढी: कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ निर्देशक (डाइरेक्टर) आएका छन्। केही समय अगाडी निर्देशक फेरिएका हुन्। तत्कालीन निर्देशक डा. प्रमोद जोशीको स्थानमा अहिले डा. विप्लव सापकोटाले जिम्मेवारी सम्हालिरहेको बताइएको छ। उनी अनुभवी चिकित्सक मानिन्छन्। उनी आएपछि उनले विश्वविद्यालय सञ्चालनको विषयलाई प्राथमिकतामा राखेको बुझिएको छ। गेटामा विश्वविद्यालय सञ्चालनका लागि ६ अर्ब ५० करोडका भौतिक संरचना तयारी अवस्थामा छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असारसम्म बाँकी भौतिक संरचना निर्माणको काम पूरा गर्ने जनाएको छ। सो मन्त्रालयले नै राष्ट्रिय सभामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेय पेस गरेको थियो। राष्ट्रिय सभाबाट विधेयक प्रतिनिधि सभामा गएको…
Author: महेन्द्रनगर पोष्ट
बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा भएको घटनाप्रति गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुद्धारा सयुक्तरुपमा विज्ञप्ती जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । वडा नं ७ का ६२ वर्षीय किसन सिंह धामीले बिहिबार बिहान ९ बजे कोदालो प्रहार गरी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका थिए, भने, दशरथचन्द नगरपालिका–९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई घाइते बनाएका थिए । घाइतेद्वय कलौनी र भट्टको घरमा डेरागरी बस्दै आएका थिए । गाउँपालिकाले विज्ञप्ती जारी गर्दै उक्त घटना निकै निन्दनीय…
धनगढी : दार्चुलाको महाकाली नदीमा भारतीय नागरिक मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका–५ ठड्याकाठो सडकदेखि एक सय मिटर तल महाकाली नदीमा भारतका २५ वर्षीय प्रेम सिंह नेगीको शव फेला परेको हो। प्रहरीका अनुसार भारतको विथौरागढ चैसिल धारचुला जिप्टीका नेगीको शव बिहिवार दिउँसो नदीको ढुङ्गाको बिचमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय, दार्चुलाले घटनाको विषयमा थप अनुसन्धान गर्दैछ।
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइदैन । कोरोना भाइरसको सङ्क्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताउनुभयो । हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ ।“देशका अरु नाकामा यो रोगका सङ्क्रमित देखिएका…
धनगढी : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालयले बिहीबार साँझ केजरीवाललाई उनको निवासबाट पक्राउ गरेको हो। समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई शुक्रबार नै पीएमएलए अदालतमा पेश गरिनेछ। ईडीले सोधपुछका लागि उनको हिरासत खोज्नेछ। अहिले दिल्लीका मुख्यमन्त्रीको निवास बाहिर ठूलो संख्यामा अर्धसैनिक बल र दिल्ली पुलिसका जवानहरू उपस्थित छन्। मुख्यमन्त्री निवासबाहिर आम आदमी पार्टीका कार्यकर्ताको भीड लगातार बढिरहेको छ । यससँगै आम आदमी पार्टीले यस विषयमा सर्वोच्च अदालतको ढोका ढकढक्याइरहेको छ ।
काठमाडौं: काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन्। आज (बिहीबार) काठमाडौंमा प्रहरी जवान प्रकाशचन्द्र जोशी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। स्रोतका अनुसार उनी काठमाडौंमै कार्यरत थिए। यता, प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले भने मृत्युको ठ्याक्कै कारण नखुलेको र आन्तरिक पारिवारिक कुरा भएकाले खुलाउन नमिल्ने जानकारी दिए। मृतक जवानको स्थायी घर सुदूरपश्चिमको बझाङ भएको बुझिएको छ। अन्दाजी २९ वर्षीय जवान जोशीले केही समय अगाडी दोस्रो विवाहसमेत गरेको बताइएको छ। बहुविवाहकै कारण उनी समस्यामा परेको स्रोतको बुझाई छ। तर यसमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ।
धनगढी : धनगढीसँग सीमाना जोडिएको भारतीय बजार वनगाउँमा एक नेपाली महिलाको नाङ्गो भिडिओ खिचिएको छ। लुगा खरिदका लागि वनगाउँ गएकी महिलाको पसलमा काम गर्ने युवाले नाङ्गो भिडिओ बनाएका हुन्। वन गाउँमा रहेको नयन एण्ड सन्स कपडा पसलमा काम गर्दै आएका सत्यम गुप्ताले एक नेपाली महिलाको नाङ्गो भिडिओ बनाएको भन्दै पक्राउ गरिएको छ। उनले कपडा पसलको लुगा फेर्ने ठाउँमा अँध्यारो भएकाले महिलालाई मोबाइल दिएका थिए। मोबाइलमा बत्ती बालेर महिलालाई दिएका गुप्ताले भिडिओसमेत बनाएको फेला परेको हो। उनले नेपाली महिलाको कपडा फेर्दै गरेको नाङ्गो भिडिओ बनाएका हुन्। भारतीय प्रहरीमा नेपाली महिलाले खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको छ। उनीसँगै पसलका सञ्चालक निरज गुप्तालाई…
धनगढी : कैलालीमा चोरीको स्कुटर नम्बर परिवर्तन गरेर चलाइरहेको अवस्थामामा एक युवती समातिएकी छन् । बिहीबार दिउँसो गौरीगंगा नगरपालिका १ चौमालामा सुपप्र ०१००११प२७५३ नम्बरको स्कुटर नम्बर परिवर्तन गरेर चलाइरहेको अवस्थामा टीकापुरकि सन्ध्या चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले चन्दलाई स्कुटर चलाइरहेको अवस्थामा चन्दलाई नियन्त्रणमा लिइएको बताए । चन्दले सुरूमा श्रीमान आशिष खड्काको आमा सरिताले स्कुटर किनिदिएको बताएकी थिईन् तर ब्लुबुक देखाउनुस भन्दा नसकेपछि श्रीमानले किनेको बताएकि थिईन् । तर इन्जिन र चेसिस नम्बर चेक गर्दा उक्त स्कुटर स्थानीय धर्म बुढाको चोरीको भएको प्रहरीले जनाएको छ । अहिले सन्ध्या…
काठमाडौं : गृह मन्त्रालयले आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो । तर उक्त परिपत्र सार्वजनिक भएसँगै विरोध सुरु भएको थियो । त्यसपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी सञ्चार माध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको छ । ‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चार माध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु…
काठमाडौं : सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको भूमि आयोगले पछिल्लो समयमा विभिन्न ठाउँमा लालपूर्जा वितरण थालेको थियो । स्थानीय तहहरुबाट भूमिहीन दलित,…