कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् । अर्को वैकल्पिक सडक नहुँदा स्थानीय बासिन्दा, विद्यालय जाने विद्यार्थी, बिरामीलाई अस्पताल पुर्याउनुपर्दा सोही सडक भएर जानुपर्ने अवस्था रहेको स्थानीय धनसिंह ठगुन्नाले बताए । “चुनावकै बेला प्रचारप्रसार गर्न आएका उम्मेदवारले गाडी सडकमै फस्दा स्थानीयले घचेटेर निकालेका थियौँ”, उनले भने, “सडकको दुरावस्था देख्दा उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा पक्की पुल निर्माण…
Author: महेन्द्रनगर पोष्ट
कैलाली : बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् । विसं २०६४/ ०६५ देखि कैलालीमा सुरु गरेका दुई दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ । कार्यालयका अनुसार सङ्घीय सरकारले योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् । कैलालीमा सञ्चालित कतिपय योजना भौतिक संरचना तयार भए पनि आवश्यक बजेट विनियोजन नहुँदा पाइप बिछ्याउन सकिएको छैन । बजेट अभावमा पाइप लाइन बिछ्याउन नसक्दा भौतिक संरचना तयार भएका योजना पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ । सरकारले योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा २०६४…
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित निर्माणाधीन कभर्ड हल बजेट अभावले सम्पन्न हुन सकेको छैन । विसं २०७४ देखि निर्माण थालिएको उक्त कभर्ड बजेट अभावका कारण काम पूरा हुन नसकेको वडा नं २ का वडाध्यक्ष पदमसिंह रावलले जानकारी दिए । “कभर्ड हल निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट केही बजेट आए पनि रकम अभाव हुँदा निर्माणले पूर्णता पाउन सकेको छैन”, उनले भने । वडाध्यक्ष रावलले कभर्ड हल निर्माणमा अझै रु ४० लाख रकम लाग्ने अनुमान गरिएको जानकारी दिए । उनले आफूले नगरपालिकाबाट बजेट विनियोजन गर्न माग गरेपनि ठूलो रकम भएकाले बजेट विनियोजन नभएको बताए । “कभर्ड हलको छाना मात्रै…
काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरुलाई ७ दिने सूचना जारी गरेको छ। जसमा सुदूरपश्चिम घर भएका तीनजना प्रहरी रहेका छन्। प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न स्थानमा दरबन्दी रहेर लामोसमयदेखि बिना सूचना कार्यालयमा उपस्थित नभएको भन्दै २४ जना प्रहरीहरुलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको हो। उपस्थित नभएमा सेवाबाट हटाउने समेत सूचनामार्फत जनाइएको छ। सूचनाः
धनगढी : धनगढीको चैतन्य पाठशालाले चैतन्य स्टिम वर्कसप, २०८० आयोजन गर्ने भएको छ। पाठशालाको साइन्स एण्ड रोबोटिक्स विभागका विद्यार्थीहरूको आयोजनामा वर्कसप हुने भएको हो। मङ्गलवार पाठशालाले आयोजना गरेको पत्रकार सम्मेलनमा माघ १६ गतेदेखि २२ गतेसम्म चैतन्य स्टिम वर्कसप सञ्चालन हुने जानकारी दिइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको पाठशालाले विज्ञान,प्रविधि,अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरी वर्कसप गर्ने तयारी थालेको हो। पाठशालाले वर्कसपमा धनगढीका विभिन्न विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई निस्शुल्क सहभागी गराइने जानकारी दिएको छ। वर्कसपमा विभिन्न विद्यालयका करिब २ सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहने छ। विद्यार्थीहरुलाई विज्ञान,प्रविधि,अनुसन्धान तथा अन्वेषणको प्रयोगात्मक अभ्यास र सिकाइ…
धनगढी : सशस्त्र प्रहरी बल, नेपालले २३ औं बार्षिकोत्सव सुदूरपश्चिममा धुमधामसंग मनाइएको छ । सशस्त्र प्रहरी बल, वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया र मातहतका गणहरुले सप्ताहाव्यापी रुपमा विभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएका हुन । स्वास्थ्य शिविर तथा रक्तदान सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीको परिसरमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी संगको समन्वयमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । साथै स्वास्थ्य शिविरमा एक सय ३४ जना विभिन्न प्रकारका बिरामीहरुले स्वास्थ्य उपचार सेवा लिएका थिए । यस्तै बाजुरा, कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा कार्यरत जम्मा ७४ जना सशस्त्र प्रहरीहरुले रक्तदान गरेका थिए । भूकम्पीय…
धनगढी : सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन थप बोर्डर आउट पोष्ट (बीओपी) हरू आवश्यक रहेको बताएका छन्। मंगलवार २३ औं सशस्त्र प्रहरी दिवसका अवसरमा हलचोकमा भएको समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले राज्यको चिनारी उक्त राज्यको सीमामा निहित हुने भन्दै सशस्त्र प्रहरीले राज्यको सीमा रक्षार्थ बोर्डर आउट पोष्टको स्थापना गरी कार्यसञ्चालन गरिरहेको बताए । उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन थप बीओपीहरू, अत्याधुनिक उपकरणहरू र थप जनशक्ति अपरिहार्य रहेको उल्लेख गरे । उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन समकक्षी सुरक्षा निकायहरूसँग नियमित बैठक आयोजना गरी सौहार्दपूर्ण सम्बन्धका साथ समन्वय र सहकार्य गरिरहेको बताए । उनले राज्यको…
काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । लगातार दोस्रो जितले न्युजिल्यान्डले सुपर सिक्समा पुग्ने पहिलो टोली बनेको छ । न्युजिल्यान्डको यो जितले नेपाललाई पनि फाइदा पुग्ने भएको छ ।नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । नेपाल सुपर सिक्समा पुग्न अन्तिम खेलमा अफगानिस्तानलाई हराए पर्याप्त हुनेछ । न्युजिल्याण्डसँग अफगानिस्तान पराजित भएपछि नेपालले अन्तिम खेलमा जित हात पारे नेटरनरेटको बिना झन्झटले सुपर सिक्समा पुग्ने समीकरण तयार भएको हो । अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग १८१ रनले पराजित भएको थियो । नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । जितको लागि ९३…
धनगढी : प्रस्तावित सशस्त्र प्रहरी बल हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमबहादुर चन्द सम्मानित भएका छन् । मंगलबार सशस्त्र प्रहरी बलको २३औँ स्थापना दिवसको अवसरमा वैजनाथ बाहिनी अत्तरियाले डिएसपी चन्दलाई उत्कृष्ट गुल्मपतिको सम्मान दिइएको हो । डिएसपी चन्दले सीमा सुरक्षा गुल्म देविस्थान, कञ्चनपुरको गुल्मपति हुदाँ प्रदेशभरिबाटै उत्कृट कार्य सम्पादन गरेको भन्दै सम्मानित भएका हुन्। चन्दलाई मुख्यमन्त्री कमलबहादुर शाह र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले पुरस्कृत गरेका थिए। डिएसपी चन्दले आफ्नो नेतृत्वमा सीमामा हुने चोरी तस्करी अपराध नियन्त्रण, वन पैदावार नियन्त्रण, विपद् व्यवस्थापन एवं राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै…