काठमाडौं: बारामा एक प्रहरी जवानको मृत्यु भएको छ।जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ। काठमाडौंबाट काँकरभिट्टा गइरहेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो। चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो। प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिइएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीमा १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुरका एक युवकलाई १० वर्ष कैद हुने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद सजायको फैसला गरिएको हो। जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सुनारलाई बिहीवार (चैत्र २२ गते) कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिजवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला भएको जिल्ला अदालत कैलालीका शाखा अधिकृत कमल घलेले बताए। पीडित बालिकालाई २०७९ कात्तिक ७ गते सुनारले करणी गरेको भन्दै पीडित पक्षले २०७९ कात्तिक १२ गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए।
धनगढी: कैलालीको धनगढीमा हिजो (शुक्रवार) सशस्त्र प्रहरीले आधा करोड बढीका अवैध कपडा बरामद गर्यो। सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीका प्रमुख एसपी दलबहादुर पाण्डे आफैं खटिएर ५७ लाख बढी मूल्यका लत्ताकपडा बरामद गरेका थिए। धनगढी उप-महानगरपालिका वडा नं. ४ स्थित उत्तरखेहडी ईलाकाबाट ५७ लाख १८ हजार ५ सय रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरिएको थियो। धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडीस्थित जस्तापाताद्धारा निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरी लुकाईछिपाई राखेको अवस्थामा कपडा बरामद गरिएको सशस्त्रले जनाएको थियो। बरामद उक्त लत्ताकपडा कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको प्रहरीले जनाएको छ। तर, सशस्त्रले सो अवैध सामान कसको हो ? कसरी नेपाल भित्रियो भन्नेबारे…
धनगढी: कैलालीमा पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। आज (शुक्रवार) जिल्लाको मोहन्याल गाउँपालिका-६ सोल्टा बजार बस्ने धनादेवी शाहीको घरबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टका अनुसार पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका- ७ कुईने बस्ने वर्ष १८ का विकास नेपाली र सुर्खेत पञ्चपुरी नगरपालिका-११ बस्ने वर्ष १८ का उपेन्द्र शाही रहेका छन्। उनीहरू आफ्नी फूपू नाता पर्ने शाहीको घरमा पाहुना बसेका थिए। सोही समयमा उनीहरूले हतियार लुकाईछिपाई राखेको प्रहरीलाई सूचना मिलेको थियो। त्यसपछि स्थानीय प्रहरीको टोलीले घर खानतलासी गर्दा १ (एक) थान रिबल्बर (पेस्तोल) जस्तो देखिने हतियार बरामद गरेको थियो। अहिले घटनाको थप…
काठमाडौं : नेपाल प्रहरीका ७ एसपी कारबाहीमा परेका छन्। आज प्रहरी प्रधान कार्यालयले आज (शुक्रवार) विवादित छवि बनाएका एसपीहरुलाई कारबाहीस्वरुप अवधि नपुग्दै सरुवा गरेको हो। जसमा दयानिधी ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट नेपाल प्रहरी केन्द्रिय विषेश कार्यालय काठमाडौंमा तानिएको छ। यस्तै सन्जय सिंह थापालाई नुवाकोटबाट तानेर मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। उनलाई नेपालकै पछिल्लो चर्चित सुनकाण्डमा पनि संलग्न रहेको भन्दै कारबाही सिफारिस गरिएको थियो। यस्तै एसपी सुवास चन्द्र बोहरालाई पनि जिल्ला प्रहरी कार्यालय बाँकेबाट तानेर मधेश प्रदेश प्रहरीमै हालिएको छ। त्यस्तै मित्रबन्धु शर्मालाई धनुषाबाट तानेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौं हालिएको छ। यस्तै श्यामकुमार राइलाई महोत्तरीबाट तानेर अपराध…
डोटी : शुक्रबार कारागार कार्यालय बाजुराले ६ जना कैदीलाई डोटी सरुवा गर्यो । २५ जनाको मात्रै क्षमता भएको बाजुरा कारागारमा तेब्बरभन्दा बढी ७८ जना कैदीबन्दी पुगेपछि सरुवा गर्नुपरेको कारागार कार्यालयले जनायो । ‘हाम्रो कारागारको क्षमता २५ जनाको मात्रै हो । तर, ७८ जना पुगे’, कारागार प्रमुख अनिलकुमार तिवारीले भने, ‘६ जना डोटी पठाएपछि पनि ७२ जना कारागारमै छन् ।’ उनका अनुसार ७२ मध्ये २९ थुनुवा र ४३ कैदी छन् । उनले व्यवस्थापन गर्नै नसक्ने भएपछि सार्नु परेको बताए । डोटी कारागारको चाप पनि बाजुराको भन्दा कम छैन । ‘६७ जना पहिल्यै थिए । ७ बाजुराबाट सरुवा भई आएपछि ७३ जना…
धनगढी : बझाङको बुंगल नगरपालिकाकी एक महिला झुन्डिएको अवस्थामा फेला परेकी छिन् । बुंगल नगरपालिका-३ घर भएकी वर्ष २३ कि चन्दिका विष्ट आफ्नो माइतीघर नजिक मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार विष्ट विगत २ वर्षदेखि माइतीघर बित्थडचिर गाउँपालिका-९ धारीमा बस्दै आएकी थिइन् । आज साँझ साढे ६ बजेको समयमा माइतीघर भन्दा ३ किलोमिटर टाढा महादेव सामुदायिक वनमा कडायाको रुखमा दोपट्टाले घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
धनगढी : बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसइई परीक्षार्थीबिच झडप भएको छ । शुक्रवार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसइई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षीय खप्पिस थापालाई स्थानीय बाल्केश सिंह, आनन्द सिंह लगायत ३–४ जनाको समूहले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट थापाको पेट, टाउको र हातमा चोट लागेको छ । चक्कु प्रहार गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबिच जिल्लाको दुर्गाथली गाउँपालिका – १ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबिच झडप भएको छ…
काठमाडौं : चर्चित क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश दिएको छ। उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश भएको हो। पुनरावेदन गरिएको कुनै मुद्दामा अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउनु भनिन्छ। उच्च अदालत पाटन प्रशासनका अनुसार मुद्दाका दुवै पक्षलाई झिकाउने आदेशसँगै वैशाख ३ गतेलाई अर्को पेसी तोकिएको छ। गौशाला २६ सांकेतिक नाम दिइएकी एक युवतीले जाहेरी दिएपछि जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सन्दीप दोषी ठहर भएका थिए। त्यसपछि सन्दीपले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत, पाटनमा पुनरावेदन…
काठ्माडौं : नेपाल प्रहरीको डीएसपीबाट एसपीमा बढुवा भएका अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयको सचिवस्तर निर्णयले यही चैत २१ मा उनीहरुको बढुवा गरिएको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ्ग, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु, बिनोद घिमिरे र प्राविधिकतर्फका कमला लामा रहेका छन् । यसै गरी प्रावधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेत…