धनगढी : बझाङको बुंगल नगरपालिकाकी एक महिला झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।
बुंगल नगरपालिका-३ घर भएकी वर्ष २३ कि चन्दिका विष्ट आफ्नो माइतीघर नजिक मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार विष्ट विगत २ वर्षदेखि माइतीघर बित्थडचिर गाउँपालिका-९ धारीमा बस्दै आएकी थिइन् ।
आज साँझ साढे ६ बजेको समयमा माइतीघर भन्दा ३ किलोमिटर टाढा महादेव सामुदायिक वनमा कडायाको रुखमा दोपट्टाले घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
Facebook Comments Box