धनगढी : कैलालीको गेटास्थित मेडिकल कलेज नजिक एक अज्ञात महिलाको मृत्यु भएको छ। घटनास्थलबाट प्राप्त जानकारी अनुसार, अन्दाजी ३५/४० वर्षकी ती महिलाको टाउकोको पछाडि चोट लागेको अवस्थामा भेटिएकी थिइन्। उक्त महिलालाई अस्पतालको कर्मचारीले देखेपछि प्रहरी चौकी गेटामा खबर गरेका थिए। प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेर घाइते महिलालाई प्राथमिक उपचारको लागि पदमा अस्पताल अत्तरियामा पठाएको थियो। थप उपचारको लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो, जहाँ राति ८:१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ। मृतक महिलाको लाश सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। हालसम्म उक्त महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले सम्बन्धित व्यक्ति वा पीडितको आफन्तलाई पहिचानका…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : धनगढीको नेपाल वेस्टर्न कलेज र युनिग्लोबल कलेज काठमाडौंबीच सहकार्यको सम्झौता भएको छ । पोखरा विश्वविद्यालयद्वारा सम्बन्ध प्राप्त यी दुई कलेजहरूबीच छात्रवृत्ति, अनुसन्धान, र विद्यार्थीलक्षित कार्यक्रमहरूमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो। सम्झौताअनुसार, दुवै कलेजका विद्यार्थीहरूले एक-अर्काको कलेजमा अध्ययन र संकाय परिवर्तन गर्न पाउनेछन्। साथै, पाठ्यक्रममा समानता राख्ने प्रयास गरिनेछ। युनिग्लोबल कलेजले हरेक वर्ष १२ ओटा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने एकमात्र शैक्षिक संस्था रहेको प्रमुख डा. नरबहादुर बिष्टले बताए । यस कलेजले विदेशबाट प्राध्यापकहरू आमन्त्रित गरेर विद्यार्थीहरूलाई उद्यमशीलता र विदेश अध्ययन-अनुसन्धानमा सहभागी गराउँदै आएको उनले बताए। नेपाल वेस्टर्न कलेज धनगढीबाट मास्टर्स स्तरको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ४० प्रतिशत छात्रवृत्ति…
काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को तलब बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शारङ्गा सुवेदीको इजलाशले बुधबार परमादेश जारी गरेको हो । सईबाट बरिष्ठ सईमा बढुवा हुँदा तलब घटेपछि उनीहरुले रिट हालेका थिए । वरिष्ठ सईहरु विनय बहादुर चन्द, रामसिंह बोहरा, विनोद बहादुर डिसी, रामबहादुर कार्की, कृष्ण कुमार यादब, चन्द्रकान्त जोगी, चन्द्र शेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वर बहादुर थापा, अरुण कुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्य भान चौधरीलगायतले रिट दायर गरेका थिए ।
धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्। बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो। आक्रमणपछि बाघले महिलालाई घिसारेर नजिकैको उखुबारीमा लगेको थियो। महिलाको शव अहिले पोष्टमार्टमका लागि लगिएको छ। बाघको आक्रमणपछि त्रसित स्थानीय लाठी समातेर बसेका छन्। बाघको खोजी भइरहेको छ। आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ। त्यहाँ ठाउँ ठाउँमा धान खेती र उखुबारी छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले ड्रोनको सहायताले बाघको खोजी गरिरहेको संरक्षण अधिकृत मनोज ऐरले बताए। बाघको खोजी गर्दै डार्ट गरेर नियन्त्रणमा लिइने उनले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको…
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा तालमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको हो । तौलाहा तालमा केही वर्ष अगाडि पनि नुहाउने क्रममा एक किशोरको मृत्यु भएको थियो । धनगढी उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापन गरेर पछिल्लो समय सो ताललाई पर्यटकीय क्षेत्रको रुपमा सञ्चालन गर्नका लागि निजी क्षेत्रलाई ठेक्कामा दिएको छ । स्थानीय व्यवसायीले नै ठेक्कामा लिएर त्यसमा माछा पालन र रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । यो ताल अहिले तौलाहा गार्डेनको रुपमा परिचित छ । साँझपख ताल क्षेत्रमा घुमफिर गर्नेको भीडभाड हुने गरेको छ ।…
धनगढी: कञ्चनपुरमा बाघकाे आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ बस्ने २३ वर्षीया हिरा शाहकाे बाघकाे आक्रमणबाट मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जाेशीले बताए। उनकाअनुसार शाहलाई घर नजिकै उखुबारीमा काम गर्ने क्रममा बाघले आक्रमण गरेकाे थियाे। शाहकाे घटनास्थलमै मृत्युु भएकाे हाे। उनकाे शव परीक्षणका लागि दाेधाराचाँदनीस्थित अस्पतालमा राखिएको छ। शाह विवाहित महिला हुन्।
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख (एआईजी) श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेसकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । एआईजी ज्ञवालीमाथि छानबिनको विषयमा सांसद हृदयराम थानीले असन्तुष्टि व्यक्त गरेका हुन्। राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै एआईजी ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी बसन्त कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताए । उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्यो भन्दै प्रश्न गरे । सांसद थानीले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी सङ्गठन भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न आग्रह गरे । एआईजी ज्ञवालीले प्रहरी…
धनगढी : कैलालीको मोहन्याल गाउँपालिका–७ को पितमारी खोलाबाट सोमबार राति जीपका सहचालकलाई नियन्त्रणमा लिएर बन्दक बनाएको भन्दै पाँच जनाविरुद्ध उजुरी परेको छ । लम्कीचुहा नगरपालिका–९ बस्ने जीपका सहचालक लोकेन्द्र चौधरीले पाँच जनाविरुद्ध अपहरण तथा शरीर बन्धक शिर्षकमा किटानी जाहेरी दर्ता गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने नारायण शाही, गोविन्द साउँद, भावेश सापकोटा, सागर शाह र हेमन्त पौडेलविरुद्ध किटानी हेरी परेको जानकारी दिए । उनकाअनुसार किटानी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ । सहचालकलाई नियन्त्रणमा लिने मध्येका नारायण शाही र गोविन्द साउँदलाई पक्राउ गरेकाले अदालतबाट पाँच…
धनगढी : पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ । अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान (डिपार्चर) खुला गरेको छ । १० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती बनबसा अध्यागमन (इमिग्रेसन) कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो । कोरोना महामारीका बेला नेपालका केही सीमा नाका मात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो । गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई…
काठमाडौं : नेपाली सेनाको नेपालगञ्जस्थित ४ नम्बर बाहिनी अड्डामा ठेउला (चिकेनपक्स) र डेंगुको आतंक फैलिएको छ । तीन दर्जन बढी सैन्यमा ठेउला देखिएको छ । त्यस्तै, झण्डै आधा दर्जन सैन्यमा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त बाहिनीमा सञ्चालित सैन्य आधार तालिममा संलग्न लालबहादुर धामी स्वास्थ्य समस्या भएपछि उपचारका लागि गत साउन ६ गते अस्पताल गएका थिए । ब्याच नम्बर ५४५६२ भएका उनको स्वास्थ्य परीक्षणका क्रममा ठेउला देखिएको हो । हाल उनी बाहिनीमा सञ्चालित अस्पतालको ‘आइसोलेशन’ मा उपचाररत छन् । उनलाई ठेउला संक्रमण भएपछि अस्पतालका निमित्त कमाण्डेण्ट महासेनानी इन्दु केसीको प्रत्यक्ष सहभागितामा १०५ जना सैन्यको स्वास्थ्य परीक्षण गरिएको थियो ।…