Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको धनगढीस्थित एक दोहोरी साँझमा लफडा भएको घटना प्रहरीमा गएर मिलेको छ। अस्ति शुक्रवार राति धनगढीको चटकपुरस्थित इन्द्रेणी दोहोरी साँझमा लफडा भएकोमा प्रहरीमा गएर कुरो मिलेको हो। मध्यरातमा लफडा भएकोमा धकेलाधकेलमा परेर एक पत्रकारलाई चोटपटक पनि लागेको थियो। तर, घाइते ती पत्रकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा आफूलाई कुटपिट भएको भन्ने उजुरी गएपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरी स्रोतका अनुसार कुटपिट गर्ने दोहोरीका साहुनीकै अन्दाजी २६ वर्षीय छोरा सुशान्त सिंह बिष्टलाई प्रहरीले पक्राउ गर्दै जरिवाना गराएपछि घटनामा मिलापत्र भएको हो। दोहोरी साँझकी साहुनी राधिकाराज लम्साल बिष्टका छोरा शुशान्तविरुद्ध पीडित पत्रकार पक्षबाट प्रहरीमा निवेदनसमेत परेको थियो। निवेदनपछि साहुनीका छोरा…

Read More

धनगढी : कञ्चनपुरमा १४० क्युफिट अवैध काठसहित सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले पुर्नवास नगरपालिका-११ को अमरबस्तिबाट काठसहितको अवैध ट्याक्टर बरामद गरेको हो । गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खगेन्द्रबहादुर चन्दकाअनुसार सशस्त्रको टोलीलाई देख्न बित्तिकै ट्याक्टर छाडेर चालक र अन्य दुई जना भागेका थिए । बरामद गरिएको ट्याक्टर र काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय कुण्डाको जिम्मा लगाइएको चन्दले बताए ।

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै एसपी थापालाई पुरस्कृत गरेको हो। प्रदेश प्रमुख डिल्लीराज भट्टले एसपी थापालाई मंगलबार नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरे। शान्ति सुरक्षा तथा विपत् उद्धारको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रदेश सरकारले ‘शान्ति सुरक्षा तथा विपत् उद्धार प्रोत्साहन पुरस्कार’ प्रदान गरेको हो। उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले सो पुरस्कार प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। शान्ति सुरक्षा र विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा…

Read More

काठमाडौं : नेपाली सेनाले सुरक्षित बासस्थानका रुपमा प्रयोग गरेको बंकर विस्थापित गर्न सरकारले १ अर्ब ५० करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमा बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन्। नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाइने अर्थमन्त्री पुनले बताए। रक्षा मन्त्रालयलाई कुल ५९ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाएको उनले उल्लेख गरेका छन् । नेपाली सेनाले आर्थिक वर्ष २०६६/०६७ बाट १० वर्षे परियोजना अनुसार, बंकरलाई विस्थापित गर्ने अभियान चलाएको थियो ।

Read More

धनगढीः अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका छन्। संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात् १८ दशमलव ९४ प्रतिशत छ। यसैगरी, व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब बजेट उल्लेख गरिएको छ। संघीय सरकारले सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमलाई भने उपेक्षा गरिएको छ। केही पुराना योजनाबाहेक नयाँ योजना बजेटमा समावेश गरिएको छैन। संघीय अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा महाकाली सिँचाई आयोजना तेस्रो चरणको मुल नहर…

Read More

काठमाडौं : सरकारले विद्युतीय गाडीमा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ईभीको कर बढाएका हुन् । सरकारले ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको छ । १० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्‍याइएको छ । सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ । यसमा यसअघि अन्तःशुल्क लगाइएको थिएन । ५० किलोवाटसम्मको मोटर भएका ईभीमा पनि भन्सार बढाइएको छ भने अन्तःशुल्क लगाइने छ । उक्त मोटर क्षमता भएको ईभीमा १० प्रतिशत रहेको भन्सार महसुल १५ प्रतिशत पुर्‍याइएको छ । ५० देखि…

Read More

काठमाडौं : सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने बताए । काठमाडौं उपत्यकाका ४४ वटा चोकहरुमा ट्राफिक लाइन जडान गरिने सरकारले घोषणा गरेको छ । मुलुकमा शान्ति सुरक्षा तथा अमनचैन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइने तथा अध्यागमन प्रणाली ‘डिजिटलाइज’ गरी अत्याधुनिक बनाइने बजेट वक्तव्यमा उल्लेख छ । अनलाइनमार्फत ई–भिसाका लागि आवेदन दिन सक्न प्रणाली लागू गरिने तथा…

Read More

काठमाडौं : सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यवसायिक बनाइने बताए। मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइनेछ तथा अध्यागमन प्रणाली ‘डिजिटलाइज’ गरी अत्याधुनिक बनाइने बजेट वक्तव्यमा उल्लेख छ। अनलाइनमार्फत ई–भिसाका लागि आवेदन दिन सक्न प्रणाली लागू गरिनेछ तथा कारागारलाई सुधारगृहकारुपमा विकास गरिने उनले जानकारी दिए।

Read More

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्। संघीय प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा मंगलबार उक्त बजेट प्रस्तुत गर्दै उनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए। त्यसैगरी उनले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत बजेट छुट्याएका छन्। बजट-मसयद-२०८१-जठ-१५-गत-11_finalDownload

Read More

काठमाडौँ : सहकारीमा पाँच लाखसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता हुने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले समस्याग्रस्त सहकारीमा रहेको बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गरिने बताएका हुन्। बजेटमा समस्याग्रस्त भएर सञ्चालक भागेका सहकारीहरुका बचतकर्तालाई सञ्चालकको बापतको सम्पती विक्री गरेर बचत फिर्ता गर्ने व्यवस्था गरिएको हो। पाँच लाख भन्दा माथिको बचतलाई भने बजेटले समेटेको छैन। यस्तै, सहकारी क्षेत्रमा देखिएको समस्यालाई न्युनिकरण गर्न सहकारी ऐनमा संसोधन गर्ने तथा बचत छुट्टै नियमनकारी निकायको स्थापना गर्ने घोषणा गरिएको छ। यो सँगै अगामी वर्षबाट बचत तथा ऋण सहकारी संस्थालाई गाभेर सञ्चालनमा ल्याइने समेत व्यवस्था गरिएको छ।

Read More