Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीविरुद्ध परेको मुद्दामाथि निर्णय सुनाउने मिति सरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर भएको रिटमाथि निर्णय सुनाउने मिति सारेको हो।  अधिवक्ता वसन्त जोशीले चौधरीसहित निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई २०७९ चैत १७ गते मुद्दा दायर गरेका थिए। गत मंसिर १९ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा.मनोजकुमार शर्माको संवैधानिक इजलासले आज निर्णय सुनाउने भनिएको थियो।  तर निर्णय सुनाउने मिति सरेको जनाएको…

Read More

काठमाडौं: समयमै काम सम्पन्न नगर्ने एक दर्जन निर्माण कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।  कालोसूचीमा पर्ने ठेकेदार कम्पनीमा एसएएस कन्स्ट्रक्सन प्रालि, एमएस इस्पुर सफ्टवेयर ग्रुप, मृत सन्जवनी–ग्याल्वा जेभी, लक्ष्मी कन्स्ट्रक्सन, सुष्मी कन्स्ट्रक्सन प्रालि, रबिन कन्स्ट्रक्सन, थोक्रा सप्लायर्स–मोनेकोर कन्स्ट्रक्सन, एमएस एमडी अप्टिकल सोलुशन प्रालि, शिलादेवी एसबिडि निर्माण सेवा प्रालि, खिम निर्माण सेवा र मेनका निर्माण सेवा छन्।  सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षका लागि कालोसूचीमा परेका यी निर्माण कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग…

Read More

धनगढी: डडेल्धुराको आलिताल गाउँपालिका–२ की २२ वर्षीया आशा मल्लको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ। आशा गत शुक्रबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार घटनामा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले हालसम्मको अनुसन्धानका क्रममा मृतकको प्रेमीसमेत रहेका आलिताल गाउँपालिका–१ का ३५ वर्षीय हेमप्रकाश बोगटीलाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार मृतक मल्ल र बोगटी एक वर्षदेखि प्रेम सम्बन्धमा थिए। बोगटी विवाहित पुरुष भएको र मल्लले मृत्यु गर्नुअघि फेसबुकको स्टोरीमा “बुढाबुढी” लेख्दै तस्बिर सार्वजनिक गरेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा मल्लले प्रेममा…

Read More

काठमाडौं: बाल कलाकार सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत उनको आज बिहान सवा १० बजे मृत्यु भएको हो। युट्युव र टिकटकबाट चर्चामा आएका सचिनले थुप्रै गीत तथा म्युजिक भिडियोमा काम गरेका छन्। उनले महानायक राजेश हमालसँग पनि अभिनय गरेका थिए।  १३ वर्षीय सचिनको स्वास्थ्यमा समस्या आएपछि लामो समयदेखि उपचारमा थिए। दाताहरुको सहयोगमा उपचार चल्दै आएको थियो।  ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ। उता उनका बाबु तेजेन्द्र परियारमाथि भने उपचारका लागि उठेको सहयोग रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ।

Read More

धनगढी: बैतडी जिल्लामा एक महिलामाथि भएको बलात्कारको घटना छ महिनापछि सार्वजनिक भएको छ। सिगास गाउँपालिकाकी २४ वर्षीया महिलामाथि आफ्नै देवरले बलात्कार गरेको तथ्य बाहिर आएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार घटना गत असार १७ गतेको राति भएको थियो। घटना सार्वजनिक हुन छ महिना लाग्नुको कारण भने पीडित महिलाले तत्काल उजुरी दिन नसक्नु हो। ती महिला हाल छ महिनाकी गर्भवती रहेको पुष्टि भएपछि मात्र घटना बाहिर आएको हो। पीडित महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको समयमा यो घटना भएको हो। केही दिनअघि मात्र पीडित महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गरेकी थिइन्। अहिले पीडित…

Read More

धनगढी: धनगढीकाे सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाकाे मृत्युु भएकाेे छ। लम्कीचुहा नगरपालिका- ८ घर भएकी २५ वर्षीया टिकेश्वर शाहीकाे बुधबार मृत्युु भएकाे प्रहरीले जनाएकाे छ। टिकेश्वरले मंगलबार शल्यक्रिया मार्फत शिशु(छाेरा) लाई जन्म दिएकी थिइन्। शिशुलाई जन्म दिएपछि गम्भीर बनेकी शाहीकाे उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहराले बताए। उनकाअनुसार शिशु भने सकुशल छन्। मृतककाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालकाे शव गृहमा राखिएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीका २ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको छ।गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले नेपाल प्रहरीका डीआईजीद्वय कुबेर कडायत र रविन्द्र केसीलाई बढुवा सिफारिस गरेको हो। आज बसेको बढुवा समितिको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको जनाइएको छ। सुदूरपश्चिमको अछाम घर भएका कडायत हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल, काठमाडौंमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय, अन्तर्राष्ट्रिय योजना तथा विकास निर्देशनालय, नक्साल, काठमाडौंमा कार्यरत छन्। एआईजीमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कुवेर कडायत कुवेर कडायत प्रहरी सेवामा लामो…

Read More

धनगढी: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले समाचार प्रकाशनको बिषयलाई लिएर धम्कीविरुद्ध नेपाल पत्रकार महासंघ उभिएको छ। डडेल्धुराबाट सञ्चालन हुने एक मिडियाबाट समाचार हटाउन प्रमुख जिल्ला अधिकारीले लिखित निर्देशन दिएको भन्दै नेपाल पत्रकार महासंघको डडेल्धुरा जिल्ला, सुदूरपश्चिम प्रदेश र केन्दीय समितिविरुद्धमा उभिएको हो। तीन वटै कार्यसमितिले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट गरिएको पत्राचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेलधुरबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए कानूनी उपचारमा जान सकिने वा…

Read More

कञ्चनपुर: कञ्चनपुरमा प्रहरी प्रमुख (एसपी) चक्रराज जोशी बिदामा रहेका बेला गोली प्रकरण र अपहरणजस्ता गम्भीर आपराधिक घटनाहरू सार्वजनिक भएका छन्। यी घटनाले जिल्लामा सुरक्षा व्यवस्था कमजोर भएको देखाउँदै प्रहरी प्रशासनको प्रभावकारितामाथि प्रश्न उठाएको छ। जोशी केही दिन अगाडि नै बिदामा गएकोमा डीएसपी उमेशराज जोशीले जिल्लाको कमान्ड सम्हालिरहेका छन्। यस अगाडि पनि डीएसपी जोशीकै कमान्डिङ भएका बेला लालझाडी दम्पती हत्या प्रकरण भएको थियो। यद्यपि सो प्रकरण सुल्झिएको प्रहरीको दाबी छ। तर सो प्रकरणमा पनि हत्यामा प्रयोग भएको भनिएको हतियार अझै फेला परेको छैन। त्यसपछि अस्तिमात्र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवन्ध शाखामा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंमाथि गोली प्रहार गरेको घटना…

Read More

काठमाडौं: नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले नयाँ पार्टीको घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाउने भएका छन्। बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उक्त अभियान चलाउने बताए। ‘देशभक्तिपूर्ण बैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको छ,’ रावलले भने, ‘यसै दिशामा हाम्रा कदम अगाडि बढ्नेछन्।’ उनले नेपाली कांगेस (बीपी) र पूर्व सैनिकहरुको संगठनसँग एकता हुनसक्ने संकेत समेत गरे। ‘आजको उपस्थितिले देशको सर्वोपरी हितको भवनालाई प्रतिबिम्बित गर्छ भन्ने ठानेको छु,’ उनले भने, ‘अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ।’ दुर्गा प्रसाईं लगायतसँग सहकार्य हुनसक्छ भन्ने प्रकारहरुको प्रश्नमा उनले प्रसाईंले पनि नेपालीको लगानीको कुरा गरेको भन्दै भविष्यमा सहकार्य हुनसक्ने बताए।

Read More